हत्या घटनाका आरोपित गिरफ्तार

मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षीया भावना बिकलाई हत्या गरेको आरोपमा सानीभेरी गाउँपालिका –९ सिम्ली का ३३ वर्षीय लोकबहादुर बिकलाई प्रहरीले कात्तिक १ गते घरबाटै गिरफ्तार गरेको छ । मृतक शव असोज ३० गते  होटेलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो । मृतकको सासुआमा उजेली कामीले कात्तिक…

कर्णालीमा आत्महत्या घटना बढ्दै

कर्णाली प्रदेशमा आत्महत्या घटना बढ्दै गएकाे छ ।  पछिल्लो तीन वर्षको अवधिमा ९ सय १ जनाले आत्म हत्या घटना भएकाे तथ्याङ्कले देखाएकाे छ  । २०७७ साउन १ देखि २०८० साउन १ गते सम्मको अवधिमा प्रदेश भरीमा ९ सय १ जनाले आत्महत्या गरेका प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । जस मध्य ४…

आत्महत्या दुरूत्साहन दिएको आरोपमा गिरफ्तार

चौरजहारी नगरपालिका–१ लामिछाने गाउँकी १३ वर्षीया बालिकालाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । बालिकालाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका–१ स्थित भ्याली पब्लिक स्कूलका प्रिन्सिपल  ४२ वर्षीया प्रिन्सिपल पुष्पा भाट र स्कूल सञ्चालक ४३ वर्षीया युडेन भण्डारीलाई भदौ २५ गते गिरफ्तार गरेको हो ।…

उपप्रमुखद्वारा कर्मचारीमाथि कुटपिट गरेको पीडितको आरोप

मुसिकोट नगरपालिका उपप्रमुख बिमल कुमार पुनले साउन ९ गते कार्यालयको काम गरिरहेका बेला शिक्षा शाखा प्रमुख नरेन्द्र ओली माथि कुटपिट गरेको पीडितले आरोप लगाउनु  भएकाे छ । मुसिकोट नगरपालिका –१ मा रहेको त्रिभुबन जनता माध्यमिक विद्यालयको उच्च माध्यामिक तहको लेखा बिषयको शिक्षक पदपुर्तिको लागि निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खडकाको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–३ का १६ वर्षीय बालकलाई भदौ ४ गते घरबाट गिरफ्तार गरेको छ । पीडित आफन्तले आरोपित विरुद्ध साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो । पीडित बालिकालाई ०७९ फागुन महिनामा बलात्कार गरेको उजुरीमा उल्लेख छ ।…

हत्या गरेको आरोपमा आरोपितद्वय गिरफ्तार

मुसिकोट नगरपालिका–१ सल्लेमा की ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउ की २३ वर्षीया सिर्जना बुढा बोहरा र मुसिकोट नगरपालिका– ५ टटेला की ३० वर्षीया शोभाकुमारी सुनारलाई साउन २१ गते घरबाट गिरफ्तार गरेको छ । मृतक आफ्नै घरको कोठामा बहिरबाट चुकुल लगाएको अवस्थामा साउन १९ गते लाश…

हत्यामा संलग्न व्यक्तिकाे पहिचान गरी दोषी उपर कारवाहीको माग

मुसीकोट नगरपालिका – १ सल्ले निवासी ५२ वर्षीया हस्तकली बुढाथोकीको घर भित्र शव भेटिएको घटनामा संलग्न पक्षको पहिचान गरी दोषी उपर कारवाहीको माग गरेका छन् । आमा घरमा एक्लै बस्नु हुन्थ्यो । घर भित्र शव भेटिएको र घर बहिरबाट चुकुल लगाएकोले हत्या भएको हुन सक्ने भन्दै मृतकका छोरा शशीधर बुढाथोकीले…

कुटपिट घटनाका आरोपित गिरफ्तार

सानीभेरी गाउँपालिकामा कार्यरत इन्जिनियर ३० वर्षीय रमेश लम्साललाई  कुटपिट गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीयलका सदस्य सानीभेरी गाउँपालिका – ३ का ३१ वर्षीय गोविन्द वलीलाई असार २७ गते गिरफ्तार गरेको छ । गाउँपालिकामा कार्यरत इन्जिनियर लम्साललाई योजनाको मूल्याङ्कन कम गरेको भन्दै कुटपिट गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत…

नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि २०२३ जनवरीदेखि हालसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको अर्धवार्षिक पूर्व समीक्षा असार १५ गते मुसिकोट खलंगामा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्तले इन्सेकले प्रत्येक वर्ष मानव अधिकार उल्लङ्घनका घटना समेटेर वर्ष पुस्तक प्रकाशन गर्दा…

खानेपानीको समस्याले खलंगाबासी मर्कामा

जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट खलंगा बजार र आसापासका टोलहरुमा खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । गर्मीयाममा पानीका मुहान सुक्नुका साथै मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाबाट वितरित खानेपानीको पाइपलाइनमा अवरोध भएपछि खलंगा बजार, सल्ले, चन्दननाथ टोल र  सालघारी टोलमा दुई सातादेखि खानेपानी आपूर्तिमा समस्या भएको हो । मुसिकोट…