बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मङ्सिर २९ गते रुकुम पूर्वको भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २८ गते बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम…

गाउँपालिका अध्यक्षद्धारा सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा उजुरी

बाँफिकोट गाउँपालिकाका अध्यक्ष ५० वर्षीय धर्मबहादुर केसीले सुरक्षाको मागगर्दै इलाका प्रहरी कार्यालय बाफीकोटमा मङ्सिर २६ गते उजुरी दिएका छन् । बाँफिकोट गाउँपालिका-४ मा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही ठाउँका १८ वर्षीय चम्मन बिक, सोही ठाउँका १९ वर्षीय रेमन बिक र १७ वर्षीय बालकलगायतका समूहले मङ्सिर २५ गते राति आफूलाई…

बाल अधिकारका लागि नागरिक मञ्च गठन, इन्सेक प्रतिनिधि सदस्य सचिव

जिल्लामा बाल अधिकारको संरक्षण र प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले बाल अधिकारका लागि नागरिक मञ्च गठन गरिएको छ । जिल्लामा क्रियाशील नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा नौ सदस्यीय मञ्च गठन गरिएको हो । रूकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीको संयोजकत्वमा गठन गरिएको उक्त मञ्चमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, कानुन व्यवसायी, पत्रकारलगायतको…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा 

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि रूकुम पश्चिममा २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ५ गते मुसिकोट खलङ्गामा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले यस अवधिमा सङ्कलन गरेका ५९ ओटा मानव अधिकार उल्लङ्घन…

पत्नी र छोराको हत्या गरी आत्महत्याको प्रयास

त्रिवेणी गाँउपालिका–१ बल्लेजुराकी ४२ वर्षीया ईन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढालाई मङ्सिर १ गते बन्दुक र खुकुरी प्रहार गरी ईन्द्रकलाका ४९ वर्षीय पति शक्तबहादुर बुढाले हत्या गरेको प्रहरीले जनाएको छ । पत्नी र छोराको हत्यापछि आत्महत्याको प्रयास गर्दा सामान्य घाइते भएकाले उनलाई उपचारका लागि सदरमुकाम मुसिकोटस्थित जिल्ला अस्पताल…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका –२ सिम्रुतुका २२ वर्षीय राजिव खड्कालाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार…

नौ वर्षीया बालिका बलात्कृत, आरोपित फरार

नौ वर्षीया बालिकालाई कात्तिक २३ गते बलात्कार गरेको घटनाका आरोपित त्रिवेणी गाउँपालिका–८ पेउघाका १९ वर्षीय सुरेश बिक फरार रहेको प्रहरीले जनाएको छ । आरोपित बिकविरूद्ध बलात्कारको उजुरी दर्ता गरिएको र फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य…

प्रहरीद्वारा बालविवाह रद्द

रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा प्रहरीले एक जोडीको बालविवाह रद्द गरेको छ । उमेर नपुगी हुन लागेको विवाहलाई प्रहरीले ०७५ कात्तिक १५ गते रद्द गरेको हो । सानीभेरी गाउँपालिका–८ का १७ वर्षीय बालक र मुसिकोट नगरपालिका–१४ की १८ वर्षीया युवती बीच हुन लागेको विवाहलाई रद्द गरेको प्रहरीले जनाएको छ । भागेर…

कुटपिट घटनाका आरोपित गिरफ्तार

मुसीकोट नपा–८ की ३२ वर्षीया रिता रोका मगरलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति वीरबहादुर रोका मगरलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित महिलाकी आमाले कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद क्षेत्रीले बताए ।…

क्षमता भन्दा चौब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या

रुकुम कारागारमा क्षमता भन्दा चौब्बर बढी कैदीबन्दी बस्नु पर्दा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता रहेको उक्त कारागारमा हाल ९८ जना कैदीबन्दी रहेको रुकुम कारागारका जेलर लोकबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार कारागारमा ९२ पुरुष र ६ जना महिला कैदीबन्दी रहेका छन् । कारागारमा…