पत्नी र छोराको हत्या गरी आत्महत्याको प्रयास
त्रिवेणी गाँउपालिका–१ बल्लेजुराकी ४२ वर्षीया ईन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढालाई मङ्सिर १ गते बन्दुक र खुकुरी प्रहार गरी ईन्द्रकलाका ४९ वर्षीय पति शक्तबहादुर बुढाले हत्या गरेको प्रहरीले जनाएको छ । पत्नी र छोराको हत्यापछि आत्महत्याको प्रयास गर्दा सामान्य घाइते भएकाले उनलाई उपचारका लागि सदरमुकाम मुसिकोटस्थित जिल्ला अस्पताल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका –२ सिम्रुतुका २२ वर्षीय राजिव खड्कालाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार…
नौ वर्षीया बालिका बलात्कृत, आरोपित फरार
नौ वर्षीया बालिकालाई कात्तिक २३ गते बलात्कार गरेको घटनाका आरोपित त्रिवेणी गाउँपालिका–८ पेउघाका १९ वर्षीय सुरेश बिक फरार रहेको प्रहरीले जनाएको छ । आरोपित बिकविरूद्ध बलात्कारको उजुरी दर्ता गरिएको र फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य…
प्रहरीद्वारा बालविवाह रद्द
रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा प्रहरीले एक जोडीको बालविवाह रद्द गरेको छ । उमेर नपुगी हुन लागेको विवाहलाई प्रहरीले ०७५ कात्तिक १५ गते रद्द गरेको हो । सानीभेरी गाउँपालिका–८ का १७ वर्षीय बालक र मुसिकोट नगरपालिका–१४ की १८ वर्षीया युवती बीच हुन लागेको विवाहलाई रद्द गरेको प्रहरीले जनाएको छ । भागेर…
कुटपिट घटनाका आरोपित गिरफ्तार
मुसीकोट नपा–८ की ३२ वर्षीया रिता रोका मगरलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति वीरबहादुर रोका मगरलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित महिलाकी आमाले कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद क्षेत्रीले बताए ।…
क्षमता भन्दा चौब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या
रुकुम कारागारमा क्षमता भन्दा चौब्बर बढी कैदीबन्दी बस्नु पर्दा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता रहेको उक्त कारागारमा हाल ९८ जना कैदीबन्दी रहेको रुकुम कारागारका जेलर लोकबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार कारागारमा ९२ पुरुष र ६ जना महिला कैदीबन्दी रहेका छन् । कारागारमा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका–५ लहरेसिमलका २० वर्षीय समीर केसीलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २९ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । उक्त घटनामा संलग्न अर्का आरोपित सोही ठाउँका १९ वर्षीय तिलक केसी भने फरार…
तलब नपाएपछि विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित
निजी स्रोतबाट व्यहोर्ने गरी विद्यालयले भर्ना गरेका शिक्षकले तलब नपाएपछि मुसिकोट नपा–१४ स्थित जनजागृति आधारभूत विद्यालय घोयलीडाँडाका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयमा असोज २० गतेदेखि तालाबन्दी भएपछि यहाँ अध्ययनरत करिब १ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । आफूहरूले पाउनुपर्ने तलब र विद्यालयको समग्र व्यवस्थापनको पाटोमा विद्यालय व्यवस्थापन…
खानेपानी विषयको विवादमा स्थानीयद्वारा वडाध्यक्षमाथि हातपात
त्रिवेणी गाउँपालिका–२ रुकुम पश्चिमका वडा अध्यक्ष ३५ वर्षीय शोभाराम बोहरामाथि हातपात भएको छ । असोज १२ गते बिहान त्रिवेणी गाउँपालिका–२ का ४२ वर्षीय खेलबहादुर बुढाथोकी र ४३ वर्षीय टोपबहादुर घर्तीले आफूमाथि हातपात गरेको पीडित बोहराले बताए । बाँदरपानी खानेपानी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बुढाथोकी र स्थानीय घर्तीले बिहान ७ बजेतिर…
तीन महिनादेखि यातायात अवरूद्ध हुँदा बिरामी मर्कामा
जिल्लाका ग्रामीण सडकमा वर्षातका कारण गएको पहिरोका कारण यातायात सेवा अवरूद्ध हुँदा बिरामी मर्कामा परेका छन् । मौसम परिवर्तनको समयमा धेरै बिरामी हुने गरेको र उनीहरूलाई अस्पतालसम्म पुर्याउन यातायात सेवा अवरूद्ध नहुँदा डोको र स्टेचरमा राखेर अस्पताल लैजानु पर्ने बाध्यता रहेको छ । मुसिकोट खलङ्गादेखि पेउघा, नुवाकोट, खोलागाउँलगायतका क्षेत्रमा जाने…