ज्येष्ठ नागरिकको हत्या घटनाका आरोपित गिरफ्तार
मुसीकोट नगरपालिका–८ घोरखानीका ७४ वर्षीय जितबहादुर बुढालाई हत्या गरेको घटनाका ६ जना आरोपितलाई प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा सोही ठाउँ निवासी २० वर्षीय अनिल पुन, १७ वर्षीय दुई जना बालक, १६ वर्षीय दुई जना बालक र १४ वर्षीय एक जना बालक रहेका छन् । जितबहादुरका…
उम्मेदवारबीच साँचो अर्थमा प्रतिस्पर्धा हुनु पर्नेमा जोड
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारबीच साँचो अर्थमा प्रतिस्पर्धा हुनुपर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले निर्वाचन पूर्वका अवस्था सम्बन्धमा ०७९ कात्तिक २६ गते रुकुम पश्चिममा आयोजित संचारकर्मीसँगको छलफल कार्यक्रमका सहभागिहरूले उक्त कुरामा जोड दिनु भएको हो । कार्यक्रममा…
सत्यतथ्यमा आधारित भएर पर्यवेक्षण गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा सत्यतथ्यमा आधारित भएर पर्यवेक्षण गर्न रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले इन्सेकलाई आग्रह गर्नु भएको छ । निर्वाचन पूर्वको अवस्थाका विषयमा अनुगमन गर्न कात्तिक २५ गते रुकुम पश्चिम पुगेको इन्सेकको टोली समक्ष मुख्य निर्वाचन अधिकृत केसीले उक्त आग्रह गर्नु भएको हो ।…
रुकुम पश्चिममा सम्बन्ध बिच्छेदका घटनामा वृद्धि
जिल्ला अदालत रुकुम पश्चिममा दर्ता भएका मुद्दामा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा रहेको पाइएको छ । पछिल्लो समय जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्नेको सङ्ख्यामा बृद्धि भएको जिल्ला अदालतका निमित्त श्रेष्तेदार बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभएको छ । निमित्त श्रेष्तेदार पौडेलका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला अदालतमा दर्ता भएका ६ सय…
एक वर्षअघि काम गरेको पारिश्रमिक नपाउँदा कामदार मर्कामा
चौरजहारी नगरपालिका–१२ सानाखोलामा रहेको जनकल्याण माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माणमा गत वर्ष काम गरेका कामदारहरूले हालसम्म पनि पारिश्रमिक नपाउँदा मर्कामा परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा उक्त विद्यालयमा चौरजहारी नगरपालिकाबाट दुई कोठे भवन निर्माणका लागि १३ लाख रुपियाँ बजेट विनियोजन भएको थियो । उक्त भवन निर्माण गर्नका लागि…
घरेलु हिंसापीडित महिलालाई कानुनी प्रक्रियामा जानको लागि इन्सेकको सहयोग
घरेलु हिंसा पीडित चौरजहारी नगरपालिका–१२ जोगीनेटाकी २१ वर्षीया मेनुका वलीलाई कानुनी प्रकृयामा जान साउन १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ । पीडितले आफ्नो आर्थिक अवस्था कमजोर भएका काराण कानुनी प्रक्रियामा पुग्न समस्या भएको भन्दै इन्सेकलाई सहयोग गर्न आग्रह गरेपछि कानुनी प्रक्रियामा जानको लागि इन्सेकले आर्थिक…
गाउँपालिकाका इन्जिनियर कार्यकक्षमा कुटिए, आरोपित गिरफ्तार
बाँफीकोट गाउँपालिका कार्यालयमा कार्यरत २८ वर्षीय इन्जिनियर दिपक शाहलाई ०७९ साउन ४ गते नेपाली काङ्ग्रेस निकट तरुण दल बाँफीकोटका अध्यक्ष ३३ वर्षीय राजु शाहले कार्यकक्षमा कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ । कुटपिटको घटनामा संलग्न भएको आरोपमा शाहलाई प्रहरीले सोहीदिन गिरफ्तार गरेको छ । आरोपित राजुले मोरावाङ–दोमाई सडकको काममा…
देवरले प्रहार गरेको धारिलो हतियारबाट भाउजु घाइते
त्रिवेणी गाउँपालिका–१ रुँघाकी ३७ वर्षीया दिलसरा बोहरा खड्कालाई ०७९ असार २६ गते ३६ वर्षीय देवर देउकुमार खड्काले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । धारिलो हतियार प्रहारबाट दिलसरा गम्भीर घाइते भएको र जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि उहाँलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर रिफर गरिएको डा.…
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २० गते जिल्लास्थित सरोकारवाला निकायबीच भएको कार्यक्रमबाट जिल्ला स्तरीय सिफारिस संयन्त्रको गठन गरिएको हो । अधिकारकर्मी व्युझना पुन देवकोटको संयोजकत्वमा पाँच…
एफएमले पारिश्रमिक नदिएको भन्दै पत्रकार आन्दोलित
काम गरेबापतको पारिश्रमिक नपाएपछि पत्रकारहरूले ०७९ असार ६ गतेदेखि चरणबद्द आन्दोलनकोे सुरुवात गरेका छन् । आठवीसकोट नगरपालिकामा संचालित रेडियो नयाँ नेपाल ९८.२ मेगाहर्जले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू आन्दोलित भएका हुन् । दुई वर्ष यता रेडियोमा काम गर्दै आइरहेका ६ जना पत्रकारले पारिश्रमिक नपाएको बताइएको छ । पारिश्रमिक नपाउने पत्रकारहरू हिरा…