भरूवा बन्दुक खेलाउँदा बालकको मृत्यु
भरूवा बन्दुक खेलाउँदा खत्याड गाँउपालिका—१० डुमानाका एक बालकको मृत्यु भएको छ । खत्याड गाँउपालिका—१० डुमानका परे रावलको घर भित्र भरेर राखेको भरूवा बन्दुक खेलाउँदा सोही ठाउँका १० वर्षीय बिकास रावलको कात्तिक ५ गते गते घटनास्थलमै मृत्यु भएको हो । बारीमा रोपेको आलु, मकै दुम्सिले खान थालेपछि दुम्सि मार्नको लागि तयारी…
औषधि अभाव हुँदा सेवाग्राही मर्कामा
मुगुम कार्मारोङ गाउँपालिकाको सामुदायिक अस्पतालमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन । मुगुम कार्मारोङ गाउँपालिका—५ रिउस बगरमा रहेको १५ शैयाको सामुदायिक अस्पतालमा एक साताबाट औषधि अभाव हुँदा अस्पतालमा उपचार गर्न आउने सेवाग्राही मर्कामा परेका हुन । मुगुम कार्मारोङ गाउँपालिका—५ का ४३ वर्षीय सोनाम लामाले अत्यधिक ज्वरो आएपछि उपचारका लागि…
पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइमा समस्या
कोभिड-१९ को कारण लामो समय बन्द भएर साउन २१ गतेदेखि सञ्चालनमा आएका खत्याड गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न सकेको छैन । कोभिड महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा पढाइ प्रभावित भएको र हाल पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरूको पढाइमा पुनः अवरोध भएको सरोकारवालाको गुनासो छ । गाउँपालिकाले समयमै पाठ्यपुस्तक नपुर्याउँदा आफ्नो…
पुल नबन्दा सर्वसाधारणलाई सास्ती
सदरमुकाम गमगढी देखि छाँयानाथ रारा नपाका १३ र १४ वडा जोड्ने मुगु कर्णाली माथि पक्की पुल निर्माण नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । छाँयानाथ रारा नपा—१ भट्टेचौरमा चार वर्ष अघि मुगु कर्णालीमा निर्माणाधिन पक्किपुल ठेकेदार पक्ष र तत्कालिन पुर्वाधार विकास कार्यालय बिच विवाद हुँदा छाँयानाथ रारा नगरपालिका –१३, १४ र…
सहुलियतको खाद्यान्न पाउनबाट बञ्चित
खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेड अन्तरगतका सबै डिपो तथा बिक्री केन्द्रहरूमा खाद्यान्न मौज्दात शुन्य भएपछि ग्रामिण भेगका सर्वसाधारणले सहुलियत दरको खाद्यान्न पाउन सकेका छैनन । मुगुम कार्मारोङ गाउँपालिकाको पुलु, सोरू गाँउपालिकाको सोरूकोट डिपो, कालै बिक्री केन्द्र, खत्याड गाउँपालिकाको श्रीकोट डिपो र रातापानी बिक्री केन्द्रमा असारदेखि खाद्यान्न मौज्दात शुन्य भएपछि…
रकम भुक्तानी नहुँदा जनता आवासका सेवाग्राही मर्कामा
जनता आवास कार्यक्रम अन्तर्गत घर निमार्ण भएको दुई वर्ष बितिसक्दा समेत तेस्रो र चौथो किस्ताको रकम नपाउँदा सेवाग्राही मर्कामा परेका छन । साविकको शहरी विकास तथा भवन कार्यालय जुम्लाबाट हस्तान्तरण भई हाल जिल्ला पुर्वाधार विकास कार्यालयबाट जिल्लाका ३ सय ५० जना दलितले जनता आवास कार्यक्रम अन्तर्गत तीन कोठे घर निर्माण…
औषधि अभाव हुँदा सेवाग्राही मर्कामा
खत्याड गाउँपालिका—१ मसानेमा रहेको स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि ज्वरो र पखाला लागेर स्वास्थ्य चौकी जाँदा औषधि नपाएर दुई घण्टा टाढा माथिचौरको निजी मेडिकलमा औषधि किन्न बाध्य भएको खत्याड गाउँपालिका—१ का ६० वर्षीय बाँचबहादुर बुढाले गुनासो गर्नुभयो । यसैगरी बिरामी भएर…
दुर्व्यवहार भएको भन्दै जिल्ला अस्पतालका डाक्टरहरू आन्दोलित
जिल्ला अस्पताल मुगुमा कार्यरत डाक्टरहरू विभिन्न माग राख्दा स्वास्थ्य सेवा कार्यालयका लेखा शाखा प्रमुखले जागिर खाइदिने धम्की दिँदै अपशब्द बोलेर दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । १५ बुँदे मागपत्र लिएर असार ३ गते लेखा प्रमुख सुरेस केसीसँग गएको १० जना डाक्टरहरूको टोलीलाई दुर्व्यवहार गरेपछि माग पुरा नहुन्जेल सम्म ३…
खाद्यान्न नहुँदा सर्वसाधारण मर्कामा
सोरू गाउँपालिका र खत्याड गाउँपालिकामा रहेको नेपाल खाद्य संस्थानको डिपो र बिक्रि केन्द्रमा खाद्यान्न नहुँदा त्यस क्षेत्रका सर्वसाधारण मर्कामा परेका छन । सोरू गाउँपालिकाको सोरू डिपो र खत्याड गाउँपालिकाको तातापानी बिक्रि केन्द्रमा एक महिनादेखि खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले ढुवानी नगर्दा सौलियतको चामल अभाव भएको हो । दुबै ठाउँमा ठेकेदारले…
स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा
खत्याड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा ०७७ चैत ९ गते देखि औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । १० महिनाको छोरालाई उपचार गर्न प्रथामिक स्वास्थ्य केन्द्र रातापानी जाँदा खोकीको औषधि नभएको भन्दै मेडिकलबाट किन्नु भनेपछि तीन घण्टा हिडेर बाजुराको धुला चौरमा रहेको मेडिकलबाट औषधि ल्याउनुपरेको रमेश नेपालीले बताउनु भयो ।…