मुगुका २ सय ४९ बालबालिकामा कडा कुपोषण

यस वर्षको साउनदेखि असोज महिनासम्म जिल्लाका २४ गाविसका १ हजार ३ सय ११ बालबालिका मध्ये २ सय ४९ बालबालिकामा कडा कुपोषण देखिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम मुगुले जनाएको छ । रातापानी प्राथमिक स्वास्थ्य केन्द्र, खनाय, नाथर्पु, माँग्री, श्रीकोट, काँलै स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमको…

२०७३ मंसिर १, बुधबार ०९:२७ गते  
'तिहार आउनै लाग्यो चामल आएन'

नेपाल खाद्य संस्थानबाट सहुलियत दरमा वितरण हुने चामल नयाँ आर्थिक वर्षसुरू भएको चार महिना बितिसक्दा पनि ढुवानीको जिम्मा लिएका ठेकेदारका कारण गाउँमा चामल नआएको स्थानीयले बताएका छन् । जिल्ला खाद्य संस्थान अर्न्तगतका जिल्लाका तीन र हुम्ला जिल्लाको एक डिपोमा मुगुबाटै ढुवानी हुने भए पनि ग्रामीण भेगका खाद्य डिपोमा चामल ढुवानी…

२०७३ कार्तिक ७, आईतवार ००:५९ गते  
सडक अवरूद्ध भएपछि दैनिक उपभोग्य वस्तुको अभाव

वर्षाका कारण नाग्मा गमगढी सडकमार्ग विभिन्न स्थानमा भत्किएपछि यातायात अवरूद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य महासङ्घ मुगुले जनाएको छ । असार १५ गतेदेखि लगातार परेको वर्षाले ९४ किलोमिटर नाग्मा गमगढी सडकखण्डमध्ये सबैभन्दा बढी घुच्चिलेखदेखि सदरमुकामसम्म भत्किएपछि दैनिक १५ देखि २० ओटा व्यापारीका सामान ढुवानी गर्ने मालबाहक…

२०७३ श्रावण २६, बुधबार ११:०३ गते