शान्तिपूर्ण आन्दोलनका क्रममा गिरफ्तार गरेको आरोप

रारा, कालै र धैनकोट गाविसलाई समेटेर रारा गाँउपालिका बनाउनु पर्ने मागराख्दै आन्दोलनमा उत्रेका आठ जना प्रदर्शनकारीलाई प्रहरीले गमगढीबाट मङ्सिर ७ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा रारा गाविस-१ का २७ वर्षीय धर्मराज शाही, सोही ठाउँका २८ वर्षीय जितेन्द्र बम, आन्दोलन परिचालन समितिका संयोजक रारा गाविस-१ निवासी ५८ वर्षीय दानबहादुर…

२०७३ मंसिर ७, मंगलवार १४:२७ गते  
प्रहरी र आन्दोनकारीबिच झडप, आठ जना आन्दोलनकारी घाइते

गाउँपालिकाको विषयमा आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबिच मङ्सिर ६ गते मुगुको सदरमुकाम गमगढीमा भएको झडपमा आठ जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा कालै गाविस-३ का २७ वर्षीय ज्ञानबहादुर शाहीको टाउकोमा चोट लागेको छ । उनको उपचार स्थानीय मल्ल मेडिकलमा भइरहेको छ । त्यसैगरी सोही गाविस-४ का ३८ वर्षीय लोकबहादुर…

२०७३ मंसिर ६, सोमबार १६:४३ गते  
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

जिल्लाको पूर्वी क्षेत्रका मुगु, डोल्पु, किम्री र पुलु उत्तरी क्षेत्रका फोतु, भिई, जिमा, धैनाकोट, कालै, नार्थपु गाविसस्थित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीले स्वास्थ्य सेवा नपाएको गुनासो गरेका छन् । दसैँ र तिहारको विदामा घर गएका जिल्ला बाहिर र जिल्ला भित्रैका स्वास्थ्यकर्मी दसैँ तिहार सकिएको लामो समय बितिसक्दा…

२०७३ मंसिर २, बिहीबार ०५:३५ गते  
मुगुका २ सय ४९ बालबालिकामा कडा कुपोषण

यस वर्षको साउनदेखि असोज महिनासम्म जिल्लाका २४ गाविसका १ हजार ३ सय ११ बालबालिका मध्ये २ सय ४९ बालबालिकामा कडा कुपोषण देखिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम मुगुले जनाएको छ । रातापानी प्राथमिक स्वास्थ्य केन्द्र, खनाय, नाथर्पु, माँग्री, श्रीकोट, काँलै स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमको…

२०७३ मंसिर १, बुधबार ०९:२७ गते  
'तिहार आउनै लाग्यो चामल आएन'

नेपाल खाद्य संस्थानबाट सहुलियत दरमा वितरण हुने चामल नयाँ आर्थिक वर्षसुरू भएको चार महिना बितिसक्दा पनि ढुवानीको जिम्मा लिएका ठेकेदारका कारण गाउँमा चामल नआएको स्थानीयले बताएका छन् । जिल्ला खाद्य संस्थान अर्न्तगतका जिल्लाका तीन र हुम्ला जिल्लाको एक डिपोमा मुगुबाटै ढुवानी हुने भए पनि ग्रामीण भेगका खाद्य डिपोमा चामल ढुवानी…

२०७३ कार्तिक ७, आईतवार ००:५९ गते  
सडक अवरूद्ध भएपछि दैनिक उपभोग्य वस्तुको अभाव

वर्षाका कारण नाग्मा गमगढी सडकमार्ग विभिन्न स्थानमा भत्किएपछि यातायात अवरूद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य महासङ्घ मुगुले जनाएको छ । असार १५ गतेदेखि लगातार परेको वर्षाले ९४ किलोमिटर नाग्मा गमगढी सडकखण्डमध्ये सबैभन्दा बढी घुच्चिलेखदेखि सदरमुकामसम्म भत्किएपछि दैनिक १५ देखि २० ओटा व्यापारीका सामान ढुवानी गर्ने मालबाहक…

२०७३ श्रावण २६, बुधबार ११:०३ गते