पहिरोले सडक अबरुद्ध हुँदा दैनिक उपभोग्य बस्तुको हाहाकार

जिल्ला सदरमुकाम गमगढी जोड्ने सडकखण्डमा लगातारको वर्षाले  गएको पहिरोका कारण सडक यातायात अबरूद्ध भएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको हाहाकार भएको छ । लगतारको वर्षाले सदरमुकाम गमगढी जोड्ने नाग्मा गमगढी सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरोल सडक यातायात अवरूद्ध भएपछि सदरमुकाम गमगढीलगायत अन्य स्थानीय तहमा समेत दैनिक उपभोग्य वस्तुको हाहाकार भएको हो…

२०७५ भाद्र २१, बिहीबार १९:४६ गते  
खाद्य संस्थानले सहुलियतको चामल महङ्गोमा बेचेको उपभोक्ताको आरोप

नेपाल खाद्य संस्थानले सर्वसाधरणलाई सुहलियत चामल विक्री गर्दै आएको भएपनि संस्थानको मुगु शाखामा खाद्यन्न अभाव हुन थालेपछि बाँकी रहेको खाद्यन्न महङ्गो दरमा बेच्न थालेको उपभोक्ताले आरोप लगाएका छन् । सर्वसाधरणका लागि सहुलियत दरमा चामल विक्री वितरण गर्दै आएको मुगु खाद्य संस्थाको गोदाममा चामल अभाव भएपछि बाँकी रहेको जापनिज चामाल महङ्गो…

२०७५ भाद्र ७, बिहीबार १२:५१ गते  
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुई प्रहरी घाइते

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच असार २२ गते गमगढीस्थित कृष्णाचोकमा भएको झडपमा दुई जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका असई देवेन्द्रसिंह धामी र सशस्त्र प्रहरी हवल्दार सुरन्द्र सिंह रहेका छन् । असई धामीको टाउकोमा बाँयातर्फचोट लागेको छ भने हवल्दार धामीको छातिमा चोट लागेको…

२०७५ असार २२, शुक्रबार २१:२५ गते  
डिपोमा खाद्यान्न नहुँदा महङ्गोमा खाद्यान्न किन्नु परेको स्थानीयबासीको गुनासो

खाद्य संस्थानको डिपोमा खाद्यन्न अभाव हुँदा जिल्लाका खत्याड, सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिकाका स्थानीयबासीले महङ्गोमा खाद्यान्न किन्न बाध्य भएका छन् । खाद्य संस्थानबाट सहुलियत दरमा विक्री हुने ३० केजी चामलको प्रति बोरा १ हजार ५ सय ५० रुपियाँदेखि १ हजार ९ सय ७० रुपियाँमा किन्ने गरेकोमा नजिकको डिपोमा चामल अभाव…

२०७५ असार १२, मंगलवार २२:०८ गते  
अन्त्तरजातीय विवाह गरेकै कारण नागरिकताबाट वञ्चित

अन्त्तरजातीय विवाह गरेको आरोपमा दुई जना महिलाले आफ्नै बावुबाट नागरिकता बनाउन बाट वञ्चित हुन परेको छ । दलित युवासँग अन्तरजातीय विवाह गरेकै आरोमा खत्याड गाउँपालिका-४ की २२ वर्षीया लक्ष्मि थापा र सोही वडाकी ३० वर्षीया सुशीला थापालाई दलित युवासँग विवाह गरेको आरोपमा नागरिकता बनाउँदा चाहिने आवश्यक कागजपत्र आफ्नै बावुले नदिँदा…

२०७५ असार ३, आईतवार २१:१८ गते  
स्वास्थ्य संस्थामा तीन हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

मुगुम कार्मारोङ्ग गाउँपालिकाको-१ को डोल्पु स्वास्थ्य चौकी र सोही गाउँपालिका-२ का मुगु स्वास्थ्य चौकीमा कार्यरत स्वास्वास्थ्यकर्मी तीन हप्तादेखि नहुँदा दुई वडाका सर्वसाधारण स्वास्थ्य सेवाबाट प्रभावित भएका छन् । मुगुम कार्मारोङ्ग गाँउपालिका-२ स्थित मुगु स्वास्थ्य चौकीका इन्चार्ज हिम छिरिङ्ग कामी जेठ १ गतेदेखि सदरमुकाम गमगढीस्थित आफ्नो निजी मेडिकलमा बस्दै आएका छन्…

२०७५ जेष्ठ ३०, बुधबार १३:५२ गते  
निकासा भएको दुई चौमासिकको सामाजिक सुरक्षा भत्ता वडा सचिवले वितरण नगरेको आरोप

नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता सोरु गाँउपालिका-५ का वडा सचिवले सामाजिक भत्ता पाउने व्यक्तिहरूको रकम दुई चौमासिक बितिसक्दा समेत वितरण नगरी हिनामिना गरेको स्थानीयबासीले आरोप लगाएका छन् । सोरु गाँउपालिका-५ का वडा सचिव हस्तबहादुर शाहीले पहिलो चौमासिक र दोस्रो चौमासिकको सुरक्षा भत्ता गाँउपालिकाबाट निकासा बुझे पनि वितरण नगरको…

२०७५ जेष्ठ १४, सोमबार १०:५७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरप्फ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । विद्यालयबाट घर फर्कदैँ गरेको अवस्थामा वैशाख २४ गते आरोपित बालकबाट यौन दुर्व्यवहारमा परेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…

२०७५ बैशाख २६, बुधबार २१:४२ गते  
यौन दुर्व्यवहार घटनाको उजुरी दर्ता, आरोपित फरार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १४ वर्षीय एक, १६ वर्षीय दुई र १७ वर्षीय एक बालककाविरुद्ध पीडित पक्षले वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितहरूले वैशाख २२ गते यौन दुर्व्यवहार गरेको र आफू चिच्याएपछि उद्धारका लागि आएका पीडितका दाजुलाई समेत कुटपिट गरेको…

२०७५ बैशाख २४, सोमबार १६:०२ गते  
स्वास्थ्य चौकी र प्रसुती केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

मुगुम कार्मारोङ्ग गाउँपालिकामा स्वास्थ्य चौकी र सुरक्षित प्रसुती सेवा केन्द्र भए पनि स्वास्थ्यकर्मीहरू नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । लामा समुदाय बसोबास गर्ने यो गाउँपालिकामा पाँच वटा स्वास्थ्य चौकी र चार वटा प्रसुती केन्द्र रहेका छन् । मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माङ्ग्री गाउँमा रहेको प्रसुती सेवा केन्द्रबाट वडा नम्बर ८ र…

२०७५ बैशाख ९, आईतवार २१:५३ गते