समयमै पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित

नयाँ शैक्षिक सत्र सुरू भएको दुई महिना पुरा हुनै लाग्दा समेत मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक विक्री वितरणको जिम्मा लिएका वितरकहरूले आवश्यक किताब समयमै ढुवानी गरेर वितरण नगर्दा सोरु गाउँपालिकामा रहेका ४१ ओटा विद्यालयका विद्यार्थीले पुस्तक नपाएका हुन् । शैक्षिक…

२०७६ जेष्ठ २३, बिहीबार २०:५९ गते  
विद्यालयमा शिक्षक नहुँदा बालबालिकाले पढन पाएनन्

छायाँनाथ रारा नपा–६ रञ्जनबालैको दलित बस्तिमा रहेको विद्यालयमा ०७५ चैत  १५ गतेदेखि शिक्षक  नहुँदा सो गाउँका बालबालिका पढ्नबाट वञ्चित भएका छन् । छायाँनाथ रारा नपा–६ रञ्जनबालैमा १७ घरधुरीे दलित बस्ति रहेको बस्तिका २१ जना बालबालिका सोही गाउँमा रहेको कक्षा तीनसम्म पढाई हुने श्री महादेव आधारभुत विद्यालयमा पढ्ने गरेका थिए ।…

२०७६ जेष्ठ ४, शनिबार ०४:२२ गते  
सरकारी विद्यालय बन्द हुँदा विद्यार्थी निजी विद्यालयमा !

मुगुम कार्मारोङ्ग गाउँपालिका–७ मह गाउँमा रहेको जनकल्याण प्राथमिक विद्यालयका शिक्षक शिक्षिका विद्यालयमा अनुपस्थित हुँदा विद्यालय बन्द भएपछि यस शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थी निजी विद्यालयमा चर्को मुल्य तिरेर पढ्न बाध्य भएको स्थानीयले बताएका छन् । ०३४ सालमा स्थापना भएको मुगुम कार्मारोङ्ग गाउँपालिका–७ मह गाउँस्थित श्री जनकल्याण प्रथामिक विद्यालयमा कक्षा ५…

२०७६ बैशाख ३१, मंगलवार ०८:४१ गते  
जिल्ला समन्वय समितिको गेटमा बम भेटियो

जिल्ला समन्वय समितिको मुल गेटमै बम फेला परेको छ । गमगढी बजारको बिच भागमा रहेको जिल्ला समन्वय समितिको मुल गेटम बिहान बम राखिएको सर्वसाधरणले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । जिल्ला समन्वय समितिको कार्यालय गेटमा बम राखेको भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त डिएस्पी लालबहादुर ऐरले जानकारी गराए । उक्त…

२०७६ बैशाख १४, शनिबार २०:३१ गते  
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरप्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता सो पार्टीका जिल्ला समिति सदस्य खत्याड गाँउपालिका–११ का ४३ वर्षीय गोकर्ण कार्की(आर्कषण) लाई प्रहरीले वैशाख ११ गते गिरप्तार गरेको छ । शाहीलाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, मुगुका डिएसपी लालबहादुर ऐरले जानकारी दिए । प्रहरीले यसअघि सोरु गाउँपालिका–६…

२०७६ बैशाख १२, बिहीबार २१:०४ गते  
नगरपालिकामा पाँच दिन देखिको तालाबन्दीले सेवाग्राही मर्कामा

छायाँनाथ रारा नगरपालिकामा जनप्रतिनिधिहरू बीच आपसी विवाद बढेपछि जनप्रतिनिधिहरूकै तालाबन्दीले पाँच दिन देखि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाका मेयर हरिजङ्ग शाहीले हरेक काम गर्दा एकल ढङ्गले गर्न थालेको भन्दै उपमेयर सुन्तला रोकाया पक्षले चैत १० गतेदेखि नगरपालिकाको मुल गेट र अन्य फाँटमा…

२०७५ चैत्र १५, शुक्रबार १४:१२ गते  
औषधि अभाव हुँदा स्वास्थ्य सेवाबाट वञ्चित

सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्न सरकारी निकायबाट स्थापना भएका जिल्लाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सर्वसाधरण स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । छाँयानाथ रारा नगरपालिकामा–५, मुगुम कार्मारोङ्ग–५, सोरु–७ र खत्याड गाँउपालिकामा सात ओटा स्वास्थ्यचौकी, एक प्रथामिक सेवा केन्द्र र जिल्ला सदरमुकाममा १५ शैयाको जिल्ला अस्पताल रहेका छन् ।…

२०७५ चैत्र ३, आईतवार १६:०० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हुम्ला जिल्ला चङ्खेली गाउँपालिका दार्मा घर भई हाल प्रहरी चौकी चैना मुगुमा कार्यरत ४७ वर्षीय सई सुर्यबहादुर शाहीलाई प्रहरीले फागुन ३ गते गिरफ्तार गरेको छ । सापटी लिएको रकम दिने बहानामा आरोपितले फागुन ३ गते साँझ ६ बजे पीडितलाई बोलाई बलात्कार गरेको भन्दै पीडित…

२०७५ फाल्गुन ५, आईतवार ११:४९ गते  
हिमपातले सडक अबरूद्ध हुँदा दैनिक उपभोग्य सामग्री अभाव

गत माघ महिनाको ८ गतेदेखि पाँच पटक परेको भारी हिमपातले नाग्मा गमगढी सडक खण्ड अवरूद्ध भएपछि सरोकारवालाले सडक नखुलाउँदा जिल्लामा दैनिक उपभोग्य र विकास निमार्णका सामग्रीको अभाव हुन थालेको छ । पाँच पटक परेको भारी हिमपातले २३ दिनदेखि अवरूद्ध भएको नाग्मा गमगढी सडक खण्ड अन्तर्गत जुम्ला जिल्लाको बुलबुलेदेखि मुगुको घुच्ची…

२०७५ फाल्गुन २, बिहीबार १६:५३ गते  
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अमानवीय व्यवहार

जुम्ला जिल्ला चन्दननाथ नपा-५ घरभई छायाँनाथ रारा नगरपालिको कार्यालयमा कार्यरत इञ्जिनियर ३८ वर्षीय महेश कठायतलाई पुस ८ गते दिउँसो नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आफ्नै निवासमा रहेको अवस्थामा मोसो दलेर दुर्व्यवहार गरेका छन् । नगरपालिकाको विभिन्न योजनाका उपभोक्ताहरूसँग घुस माग्ने गरेको आरोपमा उनलाई मोसो दलेको सो पार्टीका…

२०७५ पुष १०, मंगलवार १३:३२ गते