काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, दुई जना घाइते
खत्याड गाउँपालिका-४ ज्युकामा रहेको मतदान केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भडप हुँदा दुई जना घाइते भएका छन । मतदान केन्द्रमा पार्टीको एजेण्ट बस्नका लागि काङ्ग्रेसले कसैको नाम सिफारिस नगरेको तथा दिउँसो फरक मतदान केन्द्रका काङ्ग्रेस कार्यकर्ता आएर विवाद गर्न थाले पछि झडप भएको एमालेको आरोप छ । झडपका…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा मतदातालाई धम्की
आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा सहभागी नहुन नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्काएको मतदाताले गुनासो गरेका छन् । निर्वाचनका दिन मतदान गर्न गए जे पनि हुन सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएको छायाँनाथ रारा नपा-१० का कृष्ण सेजवालले आरोप लगाए…
राहतका लागि पहल गरिदिन द्वन्द्व पीडितद्धारा इन्सेकलाई अनुरोध
विस्तृत शान्ति सम्झौता भएको ११ वर्षहुँदासम्म राहत पाउन नसकेको भन्दै छाँयानाथ रारा नपा-९ का ३७ वर्षीय विजलाल रोकाया, सोही ठाउँका ३१ वर्षीय सतसिंङ रोकाया, ३३ वर्षीय दङल्या रोकाया र ४५ वर्षीय सुकलाल रोकायाले कात्तिक २६ गते सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन इन्सेकलाई अनुरोध गरेका छन् । तत्कालीन विद्रोही पक्ष नेकपा…
पतिले रोजेको पार्टीलाई असहयोग गरेको आरोपमा पत्नीलाई घर निकाला
कार्मारोङ्ग गाँउपालिका-८ माँग्रीकी २६ वर्षीया कार्मा छुईकित तामाङसहति दुई छोराछोरीलाई आफूले रोजेको पार्टीलाई सहयोग नगरेको आरोपमा ३१ वर्षीय पति निमाछिरिङ तामाङले कात्तिक १२ गते घर निकाला गरेकोपीडित पक्षको आरोप छ । घटनास्थल सदरमुकामदेखि पैदल दुई दिन लाग्ने भएकोले यस घटना ढिलोगरी सार्वजनिक भएको जनाइएको छ । थानीय तहको निर्वाचनमा पनि…
मुगुका १८ मतदान केन्द्र अति सम्वेदनशील
जिल्ला सुरक्षा समितिले जिल्लाका १८ मतदान केन्द्र अति सम्वेदनशील रहेको जनाएको छ । ६० ओटा मतदान केन्द्रमध्ये सुरक्षा समितिले १८ अति सम्वेदनशील, १९ सम्वेदनशील र २३ सामान्यमा राखेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । सदुरमुकाम गमगढी नजिक रहेको छाँयानाथ रारा नपा-१२ शोभा गाँउमा रहेको मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टीका…
मतदान केन्द्र खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीको दबाव
छाँयानाथ रारा नपा-१२ शोभा गाँउस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शोभा मतदान केन्द्र खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एमाले र काङ्ग्रेसका कार्यकर्तालाई दबाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सचिवालय सदस्य सिद्धान्तले आफ्नो पकड मानिएको छाँयानाथ रारा नपा-१२ शोभा गाँउमा काङ्ग्रेस र बामगठबन्धनका कार्यकर्तालाई कात्तिक २० गते बोलाई दबाव…
मुगु जिल्लाको मानव अधिकार अवस्थाबारे सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नर्बेजियन राजदुताबासको सयुंक्त टोलीले मुगु जिल्लाको मानव अधिकारको अवस्थाबारे जिल्लाका सरोकारवालासँग छलफल गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, प्रलेख अधिकृत नारयण सुबेदी, नर्बेजियन दुताबासका प्रतिनिधि क्यारोलिन र राजकुमार ढुङ्गानको संयुक्त टोलीले जिल्लाका सरोकारवालासँग मानव अधिकारको अवस्थाका…
वडा अध्यक्षद्वारा सुरक्षाको माग
खत्याड गाउँपालिका-८ का नवनिर्वाचित वडाध्यक्ष रामबहादुर रावतले प्रहरी चौकी सुकाढिकमा असार १० गते सुरक्षाको माग गरेका छन् । अज्ञात व्यक्तिको समूहले असार ९ गते राति मार्ने धम्की दिएको भन्दै उनले प्रहरी समक्ष सुरक्षाको माग गरेका हुन । वडा कार्यालयको भवन भाडामा लिई कार्यालय सञ्चालन गरेका रावतलाई सोही भवनमा सुतिरहेको अवस्थामा…
अदालतमा तारेख बुझाउन गएकी महिलालाई कुटपिट
छाँयानाथ रारा नपा-७ की २८ वर्षीया चुनमती शाही जिल्ला अदालत मुगुमा बहुविवाहको तारेख बुझाउन जाँदै गरेको अवस्थामा जेठ २८ गते २३ वर्षीया सौता उब्जीता सिंहले कुटपिट गरेको पीडितले आरोप लगाइन् । जिल्ला अदालतमा तारेख बुझाउन जाँदै गर्दा गमगढी बजारको मिलन चोकमा सौता सिंहले कुटपिट गरेको चुनमतीले बताइन् । ढुङ्गाले टाउकोमा…
प्रहरीले कुटपिट गरेको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको पीडित पक्षको आरोप
छाँयानाथ रारा नपा-७ की २३ वर्षीया पुनीता शाहीलाई जेठ २१ गते रारा विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी यामलाल अधिकारी र सुनिता नगरकोटीले कुटपिट गरेको घटना सम्बन्धमा पीडितले सोही दिन साँझ जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता नगरेको पीडित पक्षले आरोप लगाएको छ । दुबै प्रहरीले आफूलाई कपाल लुछ्दै दाउराले कुटपिट…