अदालतमा तारेख बुझाउन गएकी महिलालाई कुटपिट
छाँयानाथ रारा नपा-७ की २८ वर्षीया चुनमती शाही जिल्ला अदालत मुगुमा बहुविवाहको तारेख बुझाउन जाँदै गरेको अवस्थामा जेठ २८ गते २३ वर्षीया सौता उब्जीता सिंहले कुटपिट गरेको पीडितले आरोप लगाइन् । जिल्ला अदालतमा तारेख बुझाउन जाँदै गर्दा गमगढी बजारको मिलन चोकमा सौता सिंहले कुटपिट गरेको चुनमतीले बताइन् । ढुङ्गाले टाउकोमा…
प्रहरीले कुटपिट गरेको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको पीडित पक्षको आरोप
छाँयानाथ रारा नपा-७ की २३ वर्षीया पुनीता शाहीलाई जेठ २१ गते रारा विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी यामलाल अधिकारी र सुनिता नगरकोटीले कुटपिट गरेको घटना सम्बन्धमा पीडितले सोही दिन साँझ जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता नगरेको पीडित पक्षले आरोप लगाएको छ । दुबै प्रहरीले आफूलाई कपाल लुछ्दै दाउराले कुटपिट…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदान केन्द्रका सामग्री कब्जा गरेको आरोप
छायाँनाथ रारा नपा-१२ स्थित शोभागाउँको मतदान केन्द्रका सम्पूर्ण मतदान सामग्री नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख ३० गते कब्जा गरेको स्थानीयले आरोप लगाएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला स्तरीय नेता सुरजीत साउदको नेतृत्वमा करिब १ सय जनाको समूहमा गएका कार्यकर्ताले बिहान १० बजे उक्त सामग्री कब्जा गरेको…
निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा छलफल
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा छाँयानाथ रारा नपा-४ ताल्चा गाउँमा निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा वैशाख ६ गते मतदाताहरूसँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ । छाँयानाथ रारा नपा-४ र ५ का मतदाता सहभागी कार्यक्रमका चिनकला बिकले मतदान गर्न नजानेको बताउँदै मतदाता शिक्षाको आवश्यकता भएको बताइन् । उनले भनिन्-'मतदान पत्र…
परिचय पत्र नपाउँदा एकै घरका तीन जना अपाङता भएका व्यक्ति सेवाबाट विमुख
सदरमुकामदेखि एक दिन टाढा रहेको मुगुम कार्मारोग गाउँपालिका-६ का एकै घरका तीन जना दिदीभाइले अपाङ्गता परिचय-पत्र नपाउँदा सरकारबाट अपाङ्गता भएका व्यक्तिलाई दिइने सेवाबाट विमुख भएको गुनासो गरेका छन् । मुगुम कार्मारोग गाउँपालिका-६ की ६८ वर्षीया छिरिङ पुटिक लामा, ४९ वर्षीया याङ्जम पुटिक लामा र ४१ वर्षीय दोर्जे लामालाई महिला तथा…
तीन महिनादेखि इलाका प्रशासन कार्यालय कर्मचारी विहीन, सेवाग्राही प्रभावित
जिल्लाको उत्तरी क्षेत्र सोरू भेगका सात गाविसलाई लक्षित गरी ०७३ भदौमा जिमा गाविसको सोरूकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय तीन महिनादेखि कर्मचारीविहीन भएपछि सेवाग्राही प्रभावित भएका छन् । इलाका प्रशासन कार्यालयका कर्मचारी ०७३ पुस १४ गतेदेखि कार्यालयमा नहुँदा सोरू भेगका जिमा, फोतु, नार्थपु, भिई, धैनाकोट, कालै र रारा गाविसका सेवाग्राही…
सरकारले ढुवानी नगर्दा एक वर्षसम्म राहतको चामल गाउँ पुगेन
गत वर्षको खडेरीले मुगुका २४ गाविसका लागि राहत स्वरुप सरकारले ७ हजार क्विन्टल चामल वितरण गर्ने भनेपनि सरकारले समयमा ढुवानी नगर्दा राहतको चामल एक वर्षबितिसक्दासमेत गाँउमा पुग्न सकेको छैन । गएको वर्ष २४ गाविस मध्ये १२ गाविस खाद्यान्न सङ्कटग्रस्त र १२ खाद्य उन्मुख गाविस घोषणा गरेको थियो । तत्काल राहतका…
दुई महिनादेखि धैनकोट स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन
धैनकोट गाविसमा रहेको स्वास्थ्य चौकी दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको स्थानीयले आरोप लगाएका छन् । धैनकोट गाविसको स्वास्थ्य चौकीमा कार्यरत अहेब सन्तोष मल्ल र सुरेन्द्र शाह मङ्सिर महिनामा सरुवा भएर अन्यत्र गएपछि रिक्त रहेको दरबन्दीमा जिल्ला स्वास्थ्य कार्यालयले अन्य स्वास्थ्यकर्मीलाई पठाउन नसक्दा स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन बनेको हो । स्वास्थ्य चौकीका दुवै…
सहुलियत दरको चामल ठेकेदारले २० रुपियाँ बढीमा विक्री वितरण गरेको आरोप
सहुलियत दरमा खाद्य संस्थानको श्रीकोट डिपोबाट सर्वसाधारणलाई विक्री गरिने खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकेदारले खत्याड भेगका सात गाविसका सर्वसाधारणलाई २० रुपियाँ बढीमा विक्री गरेको पाइएको छ । खप्त्याड भेगको सेरी, श्रीकोट, खमाले, गम्था, कोटडाँडा, सुकाढिक र हृयाँग्लु गाविसका स्थानीयवासीलाई संस्थानले विक्री गर्दै आएको खाद्यन्नको मुल्य भन्दा २० रुपियाँ बढी जोडेर…
ग्रामीण भेगका स्वास्थ्य संस्थामा निःशुल्क पाउने भनी तोकिएका औषधि अभाव
जिल्ला अस्पतालमा ७०, प्राथामिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकीहरूका लागि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने नेपाल सरकारको कार्ययोजना भएपनि ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा भने औषधिको अभाव भएको छ । स्वास्थ्य चौकीका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट पठाएको औषधिसमेत बिच बाटोमै चुहावट हुने भएपछि ग्रामीण भेगमा सामन्य खालका बिरामीले…