बलात्कार कसुरमा १२ वर्ष कैद फैसला

१५ वर्षीया बालिका बलात्कार गरेको कसुरमा डुङ्गेश्वर गाउँपालिका–१ बेलपाटाका २६ वर्षीय सुरेश विकलाई दैलेख जिल्ला अदालतले पुस २८ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको अदालतका श्रेस्तार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । विकले ०७६ फागुन २५ गते बालिकालाई बलात्कार गरेको…

January 12, 2022  
शिक्षक हत्या घटनाको आरोपितका परिवार विस्थापित

मालिका मावि मुकुट्कका राहत शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसी हत्या घटना कानुनी प्रक्रियामा रहेको बेला हत्या आरोपितका परिवारहरू विस्थापित भएका छन् । बुहारी २६ वर्षीया मुना राना खड्काले शिक्षकको हत्या गरेको घटनामा पीडित पक्षले मार्ने धम्की दिएपछि दैलेखको गुराँस गाउँपालिका–८ छोटेपोखराका नवलसिंह खड्काको परिवार तीन महिनादेखि विस्थापित भएको हो ।…

January 5, 2022  
बलात्कार गरेको कसुरमा जन्मकैद फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर विकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट पुस १ गते कसुरदार विकलाई २५ वर्ष जन्मकैदसँगै ६ लाख रूपियाँ जरिवाना, १ लाख रूपियाँ पीडितलाई क्षतिपूर्ति र २८ सय रूपियाँ पीडित राहत कोषमा…

December 22, 2021  
बाल विवाह कसुरमा ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बाल विवाह गरेको कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाल्नेका २३ वर्षीय भक्तिराम कँडेललाई दैलेख जिल्ला अदालतले ६ महिना कैद र ५ हजार रूपियाँ जरिवाना गरेको छ । बालिकााई ०७८ कात्तिक २६ गते सुर्खेतबाट प्रलोभनमा पारेर विवाह गरेको भन्दै पीडित पक्षको उजुरीका आधारमा उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार…

December 15, 2021  
डेकेन्द्र थापा हत्या प्रकरण : अरूण लगायत तीन जनालाई जन्मकैदको फैसला

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपित मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्कासमेत तीन जनालाई दैलेख जिल्ला अदालतले मङ्सिर २६ गते जन्मकैदको फैसला गरेको छ । न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । डेकेन्द्र हत्याको १७ वर्षपछि दुल्लू नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय खड्कालाई सो सजाय…

December 13, 2021  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा ४८ वर्षीय पुरूषलाई प्रहरीले मङ्सिर २३ गते घरबाटै गिरफ्तार गरेको छ । मङ्सिर १७ गते राति १ बजेतिर छोरी सुतेको कोठामा पुगेर बलात्कार प्रयास गरेको भन्दै पीडितले बचाउ गर्दा च्यातिएको सुरूवालसहित मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको जिल्ल प्रहरी कार्यालयका…

December 11, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । सदरमुकाम स्थित बालिकाको डेरामा मङ्सिर १७ गते राति जबरजस्ती ढोका खोलेर बलात्कार गरेको भन्दै पीडित पक्षले १८ गते जिल्ला प्रहरी कार्यादय दैलेखमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…

December 4, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखका ३६ वर्षीय बाबुलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई तीन वर्षदेखि पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक गत साउन २८ गते बलात्कार गरेको भनी पीडित पक्षले मङ्सिर ९ गते दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका…

November 26, 2021  
बाल विवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई बाल विवाह गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौताराका २३ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ । बालिकालाई कात्तिक ३० गतेदेखि घरमा लिएर पत्नी तुल्याएको भन्दै मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको…

November 22, 2021  
घरेलु हिंसा कसुरमा २५ हजार जरिवानाको फैसला

चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ नुवाकोटकी २७ वर्षीया बन्दना गिरी माथि घरेलु हिंसा गरेको कसुरमा पति २९ वर्षीय बिनोद गिरीलाई दैलेख जिल्ला अदालतले २५ हजार जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति तिनुपर्ने फैसला गरेको छ । पीडितले अदालतमा ०७७ चैत २३ गते दिएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा घरेलु हिंसा गरेको ठहर गरी जिल्ला…

November 22, 2021