बालविवाह विरुद्ध सञ्जाल गठन, इन्सेक सदस्य
जिल्लामा बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल गठन गरिएको छ । असार १५ गते दैलेखमा क्रियाशील नागरिक समाज संस्थाहरूको एक भेलाले सोसेक नेपालको संयोजकत्वमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) समेत संलग्न रहेको ११ सदस्यीय सञ्जाल गठन गरिएको हो । सञ्जालको सहसंयोजकमा सेतो गुराँस बाल विकास सेवा, सदस्यहरूमा इन्सेक एभरेष्ट क्लब,…
मानव अधिकार प्रवर्धनमा सबै क्षेत्रको सहयोग आवश्यक: घिमिरे
जिल्ला सरकारी वकिल कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले मानव अधिकार प्रवर्धनमा सबै क्षेत्रको सहयोग आवश्यक भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दैलेखमा असार ६ गते आयोजना गरेको वर्ष पुस्तकका लागि जिल्लामा सङ्कलित घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । जिल्ला न्यायाधिवक्ता घिमिरेले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आठबीस नपा–६ सिंगासैनका २० वर्षीय धीरेन्द्र रिजाललाई प्रहरीले जेठ २६ गते गिरफ्तार गरेको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसी जङ्गलमा जेठ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २५ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर सुजीतकुमार ओझाले बताउनुभयो…
सुत्केरी बेथाले च्यापेकी महिलालाई इन्सेकको समन्वयमा हवाई उद्धार
दुई दिनदेखि सुत्केरी बेथा लागेर बच्चा जन्माउन नसकेकी आठबीस नगरपालिका–३ निमायलकी १९ वर्षीया किशोरी संगीता नेपालीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा सेनाको हेलिकोप्टरले जेठ २३ गते उद्धार गरी सुर्खेत पु¥याएको छ । गर्भ बसेको सात महिनामा बेथा लागेकाले सुरक्षित सुत्केरी गराउन गाह्रो हुने भनेपछि राकम स्वास्थ्य केन्द्रका डा.…
मानव अधिकार रक्षक पक्षपात रहित हुनुपर्ने नगर प्रमुख रिजालको सुझाव
दुल्लू नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले मानव अधिकार रक्षकहरूले पक्षपात रहित तरिकाबाट काम गर्न सुझाव दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले जेठ २२ गते दुल्लूमा आयोजना गरेको मानव अधिकार रक्षकको अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मानव अधिकार रक्षकले पक्षपात रहित तरिकाले वकालत…
मानव अधिकार प्रवर्धनका लागि सचेत रहेको उपमेयरको भनाइ
नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले मानव अधिकार प्रवर्धनका लागि आफूहरु सचेत रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदी नेतृत्वको टोलीसँग जेठ २० गते उपमेयर थापाले सवाल प्राथमिकीकरणमा जुटेको सुनाउनु भयो । मानव अधिकारको सवाललाई प्राथमिकीकरण गर्दा सबै भन्दा धेरै महिला माथि हुने…
राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण
गुराँस गाउँपालिकाको ८ नम्वर वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्दै आएका राउटेहरूलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गुराँस गाउँपालिका–८ का नवनिर्वाचित वडाअध्यक्ष दीपेन्द्र ओलीको टोलीले जेठ १४ गते उक्त सुरक्षा भत्ता वितरण गरेको हो । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस…
प्रहरीको लाठी चार्जबाट पत्रकार र सर्वसाधारण घाइते
स्थानीय तह निर्वाचन अन्तरगत नारायण नगरपालिकाका जनप्रतिनिधिको मतगणना भइरहेको अवस्थामा जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अदालत बाहिर युवाहरूबीच विवादले उग्ररुप लिएपछि जेठ २ गते राति प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकार घाइते भएका छन् । जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि युवाहरूको दुई समूहबीच भएको आपसी विवाद…
चुनावी प्रचारको गाडीमा आगजनी
नेकपा एमालेबाट आठबीस नगरपालिका मेयर पदका उम्मेदवार तर्क बहादुर बडुवाल र उपमेयरका उम्मेदवार कल्पना थापाले चुनाव प्रचारमा प्रयोग गरेको गाडीमा अज्ञात समूहले वैशाख २६ गते बिहान आगजनी गरेको प्रहरीले जनाएको छ । कसले आगजनी गरेको भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नरेश बिकले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा…
मतदाता शिक्षाका लागि नमूना मतदान
बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय दैलेखले वैशाख २२ गते नमूना मतदान गराएको छ । बदर मत रोक्न नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताउनुभयो । मतदान केन्द्र तोकिएको त्रिवेणी संगम मावि चुप्राको प्रागणमा मतदानको व्यवस्था मिलाइएको थियो । इच्छुक…