प्रहरीको स्कर्टिङ टोलीमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा आक्रमण

ठुलीभेरी नगरपालिका-९ स्थित भेत्तीडाँडामा प्रहरीको स्कर्टिङ टोली माथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जेठ १ गते आक्रमण गरेको प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज अजित विष्टको नेतृत्वमा सात/आठ जनाको समूहमा आएका उक्त पार्टीका कार्यकर्ताले प्रहरी हवल्दार धनसिंह कठायत र प्रहरी जवान जयलाल बस्नेतमाथि ढुङ्गा प्रहार गरी प्रहरीको नियन्त्रणमा…

May 16, 2018  
धारिलो हतियार प्रहारबाट पत्नी घाइते, आरोपित गिरफ्तार

ठुलीभेरी नपा-७ जुफालकी ३२ वर्षीया बिसरा रोकायलाई छोरा नजन्माएको आरोपमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको घटनाका आरोपित ४१ वर्षीय पति कुमार शाहीलाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ । पतिले छोरा नजन्माउनेलाई घरमा राख्दिन घरबाट भागिहाल भन्दै वैशाख २१ गते धारिलो हतियारले दायाँ कन्चटमा प्रहार गरेको पीडितले आरोप…

May 7, 2018  
अझै सामाजिक सुरक्षाभत्ता पाएनन् डोल्पाबासीले

सरकारले प्रत्येक वर्ष उपलब्ध गराउँदै आएको समाजिक सुरक्षाभत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा समेत डोल्पाबासीले पाउन सकेका छैनन् । पहिलो किस्ता मंसिरको पहिलो साता दोश्रो किस्ता फागुनको पहिलोसाता र तेस्रो किस्ता असारको पहिलो सातामा सामाजिक सुरक्षा भत्ता वापतको रकम बुझदै आएकोमा यो आवको तेस्रो किस्ता लागि सक्दा समेत सुरक्षाभत्ता…

May 5, 2018  
घरेलु हिंसा पीडित इन्सेकको सहयोगमा घर फर्किइन्

घरेलु हिंसामा परेकी त्रिपुरासुन्दरी नगरपालिका-२ कि २५ वर्षीया गीता सुनार पाँच महिनापछि  ०७५ वैशाख ६ गते इन्सेकको सहयोगमा घर फर्कन सफल भएकी छन् । परपुरुषसँग सल्केको भन्दै पति ३६ वर्षीय प्रेम सुनारले चिरपट र लात्तीले कुटपिट गरि रातारात घर निकाला गरेपछि माइतीमा बस्दै आएकी सुनार इन्सेकको सहजीकरणमा आफ्नो घर फर्कन…

April 21, 2018  
नदीको फोहोर पानी पीउन बाध्य भएको कैदीबन्दीको गुनासो

दुनैस्थित जिल्ला कारागारमा खानेपानीको स्थायी व्यवस्था नहुँदा नदीको फोहोर पानी पिउन बाध्य भएको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा खानेपानीको व्यवस्था नहुँदा भेरी नदीको पानी खाने गरेको कैदी डाबा लामाले गुनासो गरेका हुन् । कारागार नजिक रहेका निजी व्यक्तिको घरबाट पानीको व्यवस्था मिलाइएको भएपनि निजी व्यक्तिले पानीको धारा नखोल्दा प्रायः…

April 13, 2018  
आन्दोलनको समाचार सम्प्रेषण नगरेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार

डोल्पाको सदरमुकाम दुनैमा आन्दोलनकारीहरूले जिल्लामा रहेका पत्रकारहरूमाथि आक्रमण गरेका छन् । ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरूले जिल्लामा क्रियाशील पत्रकारहरूमाथि फागुन १९ गते दिउँसो आक्रमण गरेका हुन् । आन्दोलनको प्रचारप्रसार नगरेको र नगरप्रमुख गणेशबहादुर शाहीसँग मिलेको आरोपमा पत्रकारहरूमाथि आक्रमण गरेको जनाइएको छ । आन्दोलनकारीको आक्रमणबाट नेपाल…

March 3, 2018  
स्वास्थ्य केन्द्रमा औषधिको चरम सङ्कट

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका पाँच ओटा स्वास्थ्य चौकीहरूमा औषधिको चरम सङ्कट परेको छ । त्रिपुराकोट स्वास्थ्य चौकी, पहाडा ,लिकु, ल्हाँ र सुऊका स्वास्थ्य चौकीहरूमा गएको मङ्सिर महिनादेखि औषधिको चरम सङ्कट परेको हो । 'जिल्ला अस्पताल डोल्पाले असोजको पहिलो सातामा पठाएको १ लाख ५० हजार रुपियाँ बराबरको औषधिले मङ्सिर महिनाको दोस्रो सातासम्म…

February 17, 2018  
नेकपाका कार्यकर्ताद्वारा निकुञ्ज संरक्षण अधिकृतलाई दुर्व्यवहार

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई मोसो दलेर दुर्व्यवहार गरेका छन् । शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुलिगाडस्थित कार्यालयमा पुस २१ गते अनुहारमा मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । निकुञ्जमा रहेर आर्थिक अनियमितता गरेको र बारम्बार चेतावनी दिँदासमेत…

January 5, 2018  
डोल्पाका दुई गाउँपालिका नेपाल कम्युनिष्ट पार्टीले 'कब्जा' गरेको दावी

सदरमुकाम दुनैदेखि दुई दिनको पैदल दुरीमा पर्ने तल्लो डोल्पाका जगदुल्ला र मुडकेचुला गाउँपालिकाको कार्यालयमा मङ्सिर १८ गते स्थानीय सरकारका साइनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीले आफ्नो साइनबोर्ड र झण्डा टाँसेको छ । 'दलाल पुँजिवादी र संसदीय राज्य व्यवस्था'को विरोध गरी दुई स्थानीय तह आफूहरूले कब्जामा लिई स्थानीय सरकारको साइनबोर्ड फ्याँक्नुका साथै…

December 5, 2017  
एमालेका कार्यकर्ताद्वारा काङ्ग्रेसका कार्यकर्ता कुटिए

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणमा हुन गइरहेको निर्वाचनमा एजेन्ट बस्ने कार्यकर्ताको एजेन्ट पत्र लिएर छार्काताँगसोग गाउँपालिकास्थित काककोटमा पुगेका काङ्ग्रेस कार्यकर्ता सुर्य टमटा र जीवन भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताले मङ्सिर ६ गते साँझ कुटपिट गरेको आरोप छ । जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका एमालेका शेरबहादुर बुढा र काइके…

November 23, 2017