बिजुली नहुँदा अस्पतालको सेवा प्रभावित

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४८ वर्षीय परिमल सार्की गाई गोठालो गएको अवस्थामा गोडा भाँचिएपछि उपचारको लागि जिल्ला अस्पताल दुनैमा जानु भयो । तर, अस्पतालमा विद्युत नहुँदा उहाँको गोडाको एक्सरे हुन सकेन । जिल्लामै उपचार हुने अवस्था हुँदाहँुदै पनि महङ्गो हवाई भाडा तिरेर उहाँलाई नेपालगन्ज ल्याएर आफन्तले उपचार गरे । अस्पतालमा रहेको…

April 10, 2022  
त्रिपुरासुन्दरी नगर क्षेत्रका ज्येष्ठ नागरिकले पाएनन् सामाजिक सुरक्षा भत्ता

त्रिपुरासुन्दरी नगरपालिकाका ज्येष्ठ नागरिकले आठ महिना बित्दासमेत सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । प्रत्येक महिनाको अन्त्यमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता यो वर्षको अन्त्य सम्म पनि नपाएका हुन । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ज्येष्ठ नागरिक देविकृष्ण उपाध्यायले एक वर्ष बित्न लागिसक्दा समेत सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्नु भयो ।…

March 14, 2022  
घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–२ रुम गाउँकी २५ वर्षीया सम्झना बिकलाई कुटपिट गरेको आरोपमा फागुन २८ गते २७ वर्षीय पति धनकेसे बिकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २७ गते साँझ कुटपिट गरेपछि पीडितले सोही राति १० बजे प्रहरी चौकी त्रिपुराकोटमा कारवाहीको लागि निवेदन दिनु भएको थियो । पतिले प्रहार…

March 13, 2022  
कुटपिट घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–१ मद्दुकी ३५ वर्षीया कमला थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले पति ४० वर्षीय नरेन्द्र थापालाई ०७८ पुस १६ गते घरबाटै गिरफ्तार गरेको छ । गर्भवती भएको समयमा पतिले मदिरा सेवन गरेर पटक पटक कुटपिट गरेपछि माइती घरमा बसिरहेको अवस्थामासमेत ०७८ पुस १५ गते बेहोस हुनेगरी कुटपिट गरी मार्ने धम्की…

January 3, 2022  
अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जिल्ला अस्पताल दुनैमा औषधिको अभाव भएपछि सर्वसाधारणको उपचारमा समस्या भएको छ । आर्थिक वर्ष ०७८/०७९ मा स्वास्थ्य सेवा कार्यालयले नियमित रूपमा खरिद गर्नु पर्ने औषधि खरिद नगरेकाले औषधिको अभाव भएको हो । सरकारले उपलब्ध गराउने ७२ प्रकारका औषधि भएपनि डोल्पामा ३५ प्रकारका औषधि पठाउने गरेको डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनुभयो…

November 12, 2021  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कात्तिक १४ गते आठविसकोट नगरपालिका–११ रूकुम पश्चिमका ४२ वर्षीय रबी थापा भनिने रामबहादुर विकलाई गिरफ्तार  गरेको छ । आरोपितले ०७८ कात्तिक १४ गते राती ९ बजे बलात्कार प्रयास गरेको भन्दै पीडितले सोहि दिन जिल्ला प्रहरी कार्यालय डोल्पामा उजुरी दिएपछि आरोपितलाई डोल्पास्थित डेराबाट…

November 3, 2021  
सहुलियतको खाद्यान्न नहुँदा सर्वसाधारण मर्कामा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा वितरण गरिने सौलियतको खाद्यान्न अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । कम्पनीका डोल्पास्थित शाखा र डिपोहरूमा खाद्यान्नको मौज्दात न्यून भएपछि सर्वसाधारणले महङ्गोमा खाद्यान्न किन्नु परेको छ । वर्षायामको कारण बजारमा बिक्रि गरिने खाद्यान्नको मुल्य महङ्गो भएको र सहुलियत दरमा ढुवानी अनुदानमा पाइने खाद्यान्न नभएपछि…

October 8, 2021  
नगरपालिकाको कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयमा नेकपा माओवादी (केन्द्र) ले चार दिनअघि लगाएको ताला नखुल्दा सेवाग्राही मर्कामा परेका छन् । नगर सूचना प्रविधि अधिकृत हेमन्त बोहरालाई निलम्वन गरेको विषयमा माओवादी केन्द्रले ०७८ असोज ३ गते नगरपालिका कार्यालयको मुल ढोकामा तालाबन्दी गरेको थियो । नगरपालिका उपप्रमुख चन्द्राकुमारी बुढाले राजनीतिक पूर्वाग्रह राखेर बोहरालाई निलम्वित गरेको…

September 23, 2021  
डोल्पाका ग्रामीण वस्तीमा खाद्यान्न अभाव

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा र डिपोहरूमा खाद्यान्नको मौज्दात न्यून भएपछि ग्रामीण वस्तीहरूमा खाद्यान्न अभाव भएको छ । वर्षायामको कारण बजारमा बिक्री गरिने खाद्यान्नको मुल्य महङ्गो भएको र सहुलियतमा ढुवानी अनुदानमा बिक्री हुने खाद्यान्न नभएपछि ग्रामीण वस्तीका सर्वसाधारण मर्कामा परेका हुन् । उपल्लो डोल्पामा गत आर्थिक वर्षको चामल…

September 15, 2021  
ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिकले आर्थिक वर्षको दोस्रो महिना सकिन लाग्दा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले ७० वर्ष माथिका नागरिकलाई मासिक ४ हजार रूपियाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएपनि साविक कर्णालीमा ६५ वर्ष माथिका पुरूष र ६० वर्ष माथिका महिलालाई सामाजिक सुरक्षा…

September 15, 2021