एमाले कार्यकर्ताको कुटपिटबाट कांग्रेसका कार्यकर्ता घाइते भएको पीडित पक्षको आरोप
त्रिपुरासुन्दरी नगरपालिका–८ दागिनका नेपाली कांग्रेसका कार्यकर्ता ३७ वर्षीय लोकन्द्र शाहीलाई पुस ३० गते नेकपा एमालेका कार्यकर्ता त्रिपुरासुन्दरी नगरपालिका–७ छलघरका ३५ वर्षीय किशु रोकाया, ३७ वर्षीय हिरा रोकाया, ४० वर्षीय जयलाल रोकाया, २७ वर्षीय विष केसी र ३९ वर्षीय विरसिं बुढाको कुटपिटबाट घाइते भएको पीडित पक्षको आरोप छ । त्रिपुरासुन्दरी नगरपालिका–७…
उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा न औषधी न स्वास्थ्यकर्मी
उत्तरी सिमा क्षेत्रसंग जोडिएका उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा पुसको पहिलो सातादेखि औषधी अभाव छ । शे फोक्सुण्डो गाउँपालिका अन्तरगतका स्वास्थ्य चौकीहरुमा औषधीको अभाव भएको हो । शे फोक्सुण्डो गाउँपालिका वडा नम्बर १ र ८ मा पर्ने साल्दाङ्गस्थित निजालमा रहेको स्वास्थ्य चौकी र फोक्सुण्डो स्वास्थ्य चौकीमा…
मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ७ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि विष्णुकुमार देवकोटाले ०७८ पुस १७ गतेदेखि ०७९ मङ्सिर २७ गतेसम्म सङ्कलन गरिएका ११ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको छ ।…
एमाले र माओवादी कार्यकर्ताबीच झडप: नौ जना घाइते
जगदुल्ला गाउँपालिकामा–३ स्थित थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ता बीच दोहोरो झडप हुँदा दुबै तर्फका नौ जना कार्यकर्ता घाइते हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय, डोल्पाका डिएसपी निरन्जन थापाका अनुसार मङ्सिर २५ गते राती ९.३० बजे भएको झडपमा जगदुल्ला गाउँपालिका ३ का एमाले कार्यकर्ता ३३ वर्षीया जालापा…
निर्वाचनमा खटिएका कर्मचारी र म्यादी प्रहरी उपल्लो डोल्पामा अलपत्र
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उपल्लो डोल्पाका तीन गाउँपालिकामा खटिएका कर्मचारी र म्यादी प्रहरी अलपत्र परेका छन । निर्वाचन सम्पन्न भएर मतदान अधिकृत र मतपेटिका नेपाली सेनाको हेलिकप्टरले मङ्सिर ७ गते सदरमुकाम दुनै ल्याएपनि कर्मचारी र म्यादी प्रहरी नल्याउदा भने उपल्लो डोल्पामा कर्मचारी र म्यादी प्रहरी अलपत्र परेका हुन…
जाडोले डोल्पामा मतपेटिका सुरक्षामा सकस !
मतदान भएको तिन दिन बितिसक्दा समेत भौगोलिक विकटताका कारण मतपेटिका समयमै मतगणनास्थलमा नआएपछि सुरक्षामा सकस देखिएको हो । मङ्सिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपनि चीनसँग सिमा जोडिएका उपल्लो डोल्पामा पर्ने शेफोक्सुण्डो गाउँपालिकाका–४ मा पर्ने मोती आधारभुत विद्यालय धुङदार वडा नम्बर २ मा पर्ने कराङ गाजो…
स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन नै लोकतन्त्रको आधार –सचिव दुवाडी
निर्वाचन आयोगका सचिव दुर्गामणि दुवाडीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन नै लोकतन्त्रको आधार भएको बताउनु भएको छ । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन नभए लोकतन्त्र नै धरापमा पर्ने सचिव दुवाडीको भनाई थियो । स्वच्छ, निष्पक्ष, भयमुक्त र विश्वसनीय वातावरणमा सबै मिलेर निर्वाचनलाई सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै…
निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसारमा संलग्न शिक्षकलाई कारवाहीको माग
मुड्केचुला गाउँपालिका अन्तरर्गतको एक सरकारी विद्यालयमा कार्यरत शिक्षकले निर्वाचन आचारसंहिता विपरित राजनीतिकदलको प्रचारप्रसार गरेको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन । मुड्केचुला गाउँपालिका – ९ होर्तमा हरेको चन्दनाथ आधारभुत विद्यालयमा कार्यरत शिक्षक रामेश्वर चौधरी र मुड्केचुला गाउँपालिकाका निमित्त शिक्षा शाखा प्रमुख तथा महादेव आधारभुत विद्यालयका मुड्केचुला गाउँपालिकाका –६ का शिक्षक…
निर्वाचन आचारसंहिता विपरित गठबन्धन दलको विद्यालयमा सभा
निर्वाचन आचारसंहिता विपरित सत्तागठबन्धन दलले डोल्पाका विद्यालयमा चुनावी सभा गरेको पाइएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी (एस) ले विद्यालयहरूमा चुनावी सभा गरेका हुन । सत्तागठबन्धन दलका उम्मेदवारको पक्षमा मत माग्न विभिन्न गाउँमा जाने क्रममा त्रिपुरासुन्दरी नपा–१० दापुस्थित कान्जिरोवा आधारभूत विद्यालय, ठूलीभेरी नपा–५ माझफालस्थित विद्यामन्दिर माध्यमिक…
आचारसंहिता विपरीत कार्य गरेको आरोपमा जनप्रतिनिधिलाई आयोगले सोध्यो स्पष्टिकरण
निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा संलग्न रहेको मौखिक सूचना आयोगमा गएपछि जिल्लाका स्थानीय तहका बहालवाला जनप्रतिनिधिलाई निर्वाचन आयोगले ०७९ कात्तिक २१ गते स्पष्टिकरण सोधेको छ । जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकाका प्रमुख– उपप्रमुख लगायत वडाअध्यक्ष र सदस्यहरू आफ्नो आस्था रहेको पार्टीका उम्मेदवारको पक्षमा मतमाग्न थालेको गुनासो आयोगमा आएपछि स्पष्टिकरण…