कर्मचारीमाथि हातपात गर्ने घटनाका आरोपित गिरफ्तार
पातारासी गाउँपालिका प्राविधिक शाखा प्रमुख इन्जिनियर ३५ वर्षीय नविन शाहीमाथि कार्यकक्षमै हातपात गर्ने आरोपित सोही गाउँपालिका – ६ उर्थुगाउँका २८ वर्षीय विष्णु विष्टलाई प्रहरीले गाउँपालिका कार्यालयबाट जेठ १६ गिरफ्तार गरेको छ । सडक निर्माण आयोजनाको प्राविधिक विल भन्दा बढी भुक्तानी लिने खोजेपछि विवाद हुँदा ठेकेदार विष्टले इन्जिनियर शाहीमाथि हातपात गरेका…
भाडगाउँका एक दलित परिवारको उठीबास,क्षतिपूर्तिकाे माग
सिंजा गाउँपालिका – ६ भाडगाउँमा स्थायी रुपमा बसोबास गर्दै आएका ३७ वर्षीय प्रेमबहादुर दमाई दलित समुदायका एक विपन्न व्यक्ति हुन् । उहाँका तीन भाईको ११ जनाको घरपरिवार छ । उहाँको सम्पत्तिका नाममा २५ वर्गमिटर जमिन (जग्गा) मात्रै रहेको छ । उहाँका बुवा ०५२ सालमा चन्दननाथ नगरपालिका – ८ जुम्लादेखि सिंजा…
यार्सा टिप्न विद्यार्थीहरु लेकतिर गएपछि पठनपाठन प्रभावित
पातारासी गाउँपालिकाका धेरैजसो विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ । ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका १ सय २१ जना, गंगा माध्यमिक विद्यालय पेरेका २ सय ६० जना, गंगादेवी आधारभूत विद्यालय स्याला गडिगाउँका १५ जना, आधारभूत विद्यालय हुरीमहरीका ६ जना, आधारभूत विद्यालय लुमका ३० जना, मालिका माध्यमिक विद्यालय…
जातीय विभेद घटनाका कसुरदारलाई दुई महिना कैद फैसला
सिंजा गाउँपालिका – ६ का ३२ वर्षीय नविन बुढालाई जातीय विभेद गरेकाे कसुरमा उच्च अदालत सुर्खेत जुम्ला इजलासले वैशाख ३१ गते दुई महिना कैद, २० हजार रुपियाँ जरिबाना र २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश गोकर्ण डाँगीको इजलासले तत्कालीन…
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे छ । तातोपानी गाउँपालिकाले दुर्गम वडा नम्बर ७ र ८ का गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । आउन जानमै बढी खर्च हुने भएपछि ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई गाउँमै भत्ता…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी तिला गाउँपालिका–१ रारालिहिकी २७ वर्षीया सर्मा रावतलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वैशाख ३० गते आर्थिक सहयोग गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्ला शाखाका प्रमुख धनराज शाहीले पीडित महिलालाई आर्थिक सहयोगको चेक हस्तान्तरण…
सदरमुकाम खलङ्गामा खानेपानी अभाव
जिल्ला सदरमुकाम खलङ्गामा खानेपानी अभाव भएको छ । अध्ययनका लागि सदरमुकाम खलंगामै बस्दै आएकी सिंजा गाउँपालिका –६ की नमिता रावत पिउने पानीका लागि दैनिक तीन घण्टा दुरी तय गरी मालालिभिड र खोलीकोट गाउँ धाउन बाध्य भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ‘पढाइ भन्दा पनि खानेपानी समस्याकाे चिन्ताले पिरोल्दै आएको छ…
मानव अधिकार आयोगको कार्यालय जुम्लामा पुनस्थापना गर्न माग
राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय जुम्लामा पुनस्थापना गर्न माग गरिएको छ । प्रतिनिधि सभा सांसद कान्तिका सेजुवाल र संविधान सभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीसहित नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही, मानव अधिकारकर्मी इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल, प्रेस युनियनका केन्द्रीय सचिव तथा कान्तिपुर रिपोटर एलपी देवकोटाको टोलीले राष्ट्रिय मानव…
खडेरीले कृषि बाली नष्ट, स्याउका फूल बोटमै सुक्न थालेपछि किसान चिन्तामा
जिल्लामा पुस र माघमा पनि खासै हिउँ परेन । लामो समयसम्म पानी पनि परेको छैन । लामो समयसम्मको खडेरीले हिउँदे बाली सुकेर नष्ट भएको छ । पानी नपरेर तुवाँलो लागेर दिउँसै रात परे जस्तो देखिन्छ । यस जिल्लाकाे मुख्य आयस्रोतको रुपमा उत्पादन हुने स्याउ पनि नष्ट भएको छ । साउन…
सौतेनी आमाको हत्या घटनाका आरोपित छोरी गिरफ्तार
पातारासी गाउँपालिका – ३ छुमगाउँकी ५६ वर्षीया सुवा महताराको हत्या गरेको आरोपमा छोरी नाता पर्ने २६ वर्षीया हाँसु ऐडीलाई प्रहरीले वैशाख १६ गते छुमगाउँबाट गिरफ्तार गरेको छ । छोरी नाता पर्ने ऐडीले सौतेनी आमा महतारालाई वैशाख १५ गते साँझ ढुङ्गा र धान कुट्ने मुसलले प्रहार गरीे हत्या गरिएको जिल्ला प्रहरी…