स्वास्थ्यचौकीमा उपचार नपाएपछि औषधि पसलेको भर

स्वास्थ्यचौकीमा उपचार सेवा नपाएपछि औषधि पसलेको भर परेर उपचार गर्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् । मालिकाठाँटा गाविस-१ पुरू गाउँकी ४५ वर्षीया पाल्के नेपालीले बिरामी हुँदा मेडिकलमा महङ्गो उपचार गराउनु परेको बताइन् । उनले भनिन्- 'कात्तिक २१ गते बिरामी हुँदा गाउँकै स्वास्थ्य संस्थामा उपचार नभएपछि छिमेकीले स्टेचरमा बोकेर गाउँदेखि…

२०७३ कार्तिक २५, बिहीबार ०६:५३ गते  
सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

नेपालीहरूको महान चाड दशैँ तिहारमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको चन्दननाथ नगरपालिकका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । चन्दननाथ नपा-१५ बोहोरागाउँका ६५ वर्षीय नुन्या कामीले सामाजिक सुरक्षा भत्ता नपाएकाले दसैँ तिहार जस्ता ठूला चाड खल्लो भएको बताए । उनले भने-'राज्यले बैङ्कमार्फत रकम वितरण…

२०७३ कार्तिक २४, बुधबार १४:४१ गते  
चैतमा स्थानीय तहको निर्वाचन हुन सक्दैनः प्रमुख आयुक्त यादव

चैत महिनामा स्थानीय तहको निर्वाचन हुन नसक्ने निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले बताएका छन् । निर्वाचन कानुनहरू बन्न नसकेका कारण चैतमा चुनाव गर्ने ढोका बन्द भएको उनले बताएका हुन् । प्रमुख निर्वाचन आयुक्त यादवले सरकारलाई चुनावका लागि पठाएका ६ ओटा कानुनहरू मध्ये ३ ओटा कानुन पारित हुन ढिलाइ भएकाले…

२०७३ कार्तिक २०, शनिबार १४:०८ गते  
जुम्लामा ४ दशमलब ५ प्रतिशत खाद्यान्न अपुग

जिल्ला कृषि विकास कार्यालयले जुम्लामा ४ दशमलब ५ प्रतिशत अर्थात १ हजार ४ मेट्रिक टन खाद्यान्न अपुग हुने भएको जनाएको छ । जुम्लाको प्रक्षेपित जनसङ्ख्या १ लाख १६ हजार ६१ रहेको उल्लेख गर्दै कार्यालयले प्रति वर्ष १ सय ९१ किलोग्राम खाद्यान्न प्रतिव्यक्तिलाई आवश्यकता हुने जनाएको छ । यो हिसाबले २२…

२०७३ कार्तिक १२, शुक्रबार १७:४६ गते  
जुम्लाका आठ हजार बढी घरधुरी गरिब परिवारको सूचीमा

जुम्लाका ८ हजार १ सय ९१ जना गरिब घर परिवारको सूचीमा परेका छन् । सरकारले गरिब घर पहिचान तथ्याङ्क सङ्कलनका लागि सुरूवात गरिएको कार्यक्रम अन्तर्गत जुम्ला जिल्लामा उक्त सङ्ख्यामा गरिबको सूचीमा परेका घरधुरीलाई जिल्लाबाट अन्तिम स्वीकृत गरी केन्द्रमा पठाइएको जिल्ला गुनासो सुनुवाइ समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले बताए…

२०७३ कार्तिक ८, सोमबार ००:०२ गते  
दसैँ विदा सकिसक्दा पनि विद्यालयमा पठनपाठन भएन

दसैँ विदा सकिसक्दा पनि विद्यालयमा पठनपाठन सुरू भएको छैन । दसैँ विदापछि असोज ३० गतेबाट विद्यालय खुलेर पठनपाठन हुनुपर्ने भएपनि कार्तिक ५ गते सम्म पनि विद्यालयमा पठनपाठन हुन नसकेको शभ्मुनाथ ज्ञानकुञ्ज माध्यामिक विद्यालयका प्रधानाध्यापक तुलाराज न्यौपानेले बताए । उनले भने-'विद्यालय खुला भए पनि विद्यार्थी आउँदैनन् अब तिहारपछि मात्र पूर्ण रूपमा…

२०७३ कार्तिक ७, आईतवार ००:५६ गते  
इलाका प्रशासनको सेवा प्रवाह पुनः सुचारू गर्न माग

इलाका प्रशासन कार्यालय नराकोट सिञ्जा जुम्लाको सेवा प्रवाह ठप्प भएको भन्दै सिञ्जा भेगका ११ गाविसका स्थानीयबासीले क्षेत्रीय प्रशासक कृष्ण देवकोटालाई ध्यानाकर्षण पत्रमार्फत सेवा पुनः सुचारूका लागि माग गरेका छन् । क्षेत्रीय प्रशासक प्रमुख जुम्ला आएको अवसरमा सिञ्जाबासीले कात्तिक ५ गते इलाका प्रशासन कार्यालयद्वारा वितरण हुने सेवा प्रवाह ठप्प भएको भन्दै…

२०७३ कार्तिक ७, आईतवार ००:५१ गते  
न्यायको पहुँच सर्वसाधारणसम्म पुर्‍याउनु पर्ने

न्यायको पहुँच ग्रामीण भेगका र्सवसाधारणसम्म पुर्‍याउनु पर्नेमा सर्वेच्च अदालतका न्यायाधीश गोविन्दकुमार उपाध्यायले जोड दिएका छन् । न्यायमा र्सवसाधारणको पहुँचको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरामा जोड दिएका हुन् । उनले भने-'ग्रामीण भेगका र्सवसाधारणहरूलाई न्यायको पहुँचसम्म ल्याउनका लागि न्यायिक तथा अर्धन्यायिक निकाय, नागरिक समाज, पत्रकार, मानव अधिकारकर्मी, सरकारी तथा गैरसरकारी…

२०७३ कार्तिक ७, आईतवार ००:४५ गते  
शैक्षिक सत्र सुरु भएको आठ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो

शैक्षिक सत्र सुरु भएको आठ महिना बितिसक्दा पनि जिल्ला सदरमुकाम खलङ्गा बजारमा अवस्थित चन्दननाथ गुरुकुल पाठशालामा पाठ्यपुस्तकको अभाव रहेको विद्यार्थीहरूले गुनसो गरेका छन् । जुम्लालगायत कर्णाली अञ्चलमा फागुनदेखि शैक्षिक सत्र सुरु हुने गर्दछ । विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थीहरू वञ्चित भएको सो विद्यालयका प्रद्यानाध्यापक विश्वराज उपाध्यायले बताए । उनले भने-'पाठ्यपुस्तक…

२०७३ आश्विन २४, सोमबार १४:५१ गते  
बालिका हत्या घटनाका आरोपित गिरफ्तार

लाम्रा गाविस–७ धौलापानीगाउँकी १७ वर्षीया मन्नु न्यौपानेको हत्या गरेको आरोपमा दैलेख जिल्ला तोलीजैसी गाविस–५ का २३ वर्षीय केशव शाहीलाई प्रहरीले ०७३ भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित मन्नुलाई शाहीलगायत पाँच जना बालबालिकाले हत्या गरेको भन्दै मृतकका आफन्तले भदौ ३० गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा किटानी जाहेरी दिएका छन्…

२०७३ भाद्र ३१, शुक्रबार १४:५२ गते