डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिएको उपभोक्ताको गुनासो
जुम्लाका व्यापारीले पसलमा राखेका डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिनु परेको उपभोक्ताले गुनासो गरेका छन् । नापतौल विभागको प्रमाणीकरण पश्चात मात्र खरिद विक्री गर्न पाइने भएपनि बिना प्रमाणीकरण जुम्लाका अधिकांश खाद्य तथा किराना पसलहरूमा डिजिटल ढक तराजु चलाएको पाइएपछि आफूहरू ठगिएको उपभोक्ताले गुनासो गरेका हुन् । तातोपानी गाउँपालिका-४ का धनबहादुर…
लक्षित वर्गको रकमबाट महिनावारी भएका महिलाले नुहाउने धारा निर्माण
कनकासुन्दरी गाउँपालिका-२ साविकको मालिकाबोता गाविसले लक्षित वर्गको रकम महिलाको 'छुई' नुहाउने धारा निर्माणमा खर्च गरेको छ । साविकको तीन ओटा वडामा छुई नुहाउने धारा निर्माणमा खर्च भएको स्थानीयले बताएका छन् । साविकको मालिकाबोता गाविस-२, ३ र ६ मा छुई नुहाउने धारा निर्माण भएको स्वास्थ्य चौकीका अहेव जानदेवि बुढाले बताइन् ।…
मानव अधिकार संरक्षणका लागि विधिको शासन हुनुपर्नेमा जोड
मानव अधिकार संरक्षणका लागि राज्यमा विधिको शासन हुनुपर्ने राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाका निमित्त उपक्षेत्रीय निर्देशक रमेशकुमार थापाले जोड दिए । आयोगद्वारा आयोजित मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताए । उनले मानव अधिकार संरक्षण र सम्वर्धनमा सबै सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहने बताउँदै यसमा…
आयुर्वेद औषधालयमा डेढवर्ष देखि डाक्टर विहिन, सेवाग्राही मर्कामा
साविकको कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्ला करिव डेढ वर्षदेखि डाक्टर विहीन भएपछि सेवाग्राही मर्कामा परेका छन् । यहाँ कार्यरत डाक्टर रमेश केसी ०७२ मङ्सिर महिनामा सरूवा भई गएपछि औषधालय डाक्टर विहीन भएका हो । आयुर्वेद औषधालयका निमित्त प्रमुख वरिष्ठ बैद्य नन्दबहादुर न्यौपानेले करिव १८ महिना औषधालयमा डाक्टर नभएपछि शल्याक्रियाका काम…
शैक्षिक सत्र सुरु भएको चार महिनासम्म पाठ्यपुस्तक नपाएको विद्यार्थीको गुनासो
चन्दननाथ गुरुकल पाठशालाका बालबालिकालले शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । उक्त गुरुकुल पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले शैक्षिक सत्र सुरु भएको पहिलो हप्तामा पाठ्यपुस्तकका लागि माग गरिएको भएपनि जेठ १९ गतेसम्म प्राप्त नभएको बताए । उनले भने-'पाठ्यपुस्तक नभएपछि पठनपाठनमा समस्या भएको छ ।…
मानव अधिकारको अवस्था सन्तोषजनक छैनः प्रतिवेदन
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको १७ औँ स्थापना दिवसको अवसरमा यस्तो प्रतिवदेन सार्वजनिक गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख कुमारी महराले आयोगको कार्यक्षेत्र जुम्ला, मुगु र कालिकोट…
८७ वटै मतदान केन्द्र अति सम्वेदनशील
जिल्लाका ८७ वटै मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र सात वटा गाउँपालिका भित्र रहेका ८७ वटै मतदान केन्द्रमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । स्थानीय तहको चुनावको विरोध गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचन…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता वीरबहादुर कठायतलाई वैशाख २९ गते गिरफ्तार गरेको छ । पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीका युवा दस्ताका इञ्चार्ज कनकासुन्दरी गाउँपालिका-९ का ३० वर्षीय वीरबहादुर कठायतलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पातारासी…
सशस्त्र प्रहरीको लाठी चार्जबाट १२ जना घाइते
चन्दननाथ नपा-९ बयालकाटियागाउँका स्थानीयबासी र सशस्त्र प्रहरीको झडपमा १२ जना स्थानीयबासी घाइते भएका छन् भने चार जना प्रहरी घाइते भएका छन् । चन्दननाथ नपा-९ का वयालकाटियागाउँ र तलिउम गाउँबिच शम्भुनाथ पारिपाल्त भन्ने सामुदायिक वनको विषयमा वैशाख ११ गते विवाद भएपछि न्यायका लागि प्रशासन कार्यालय आउँदा सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज…
प्रमुख निर्वाचन आयुक्त डा. यादवको पुतला दहन
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जुम्लाले वैशाख ५ गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको पुत्ला जलाएको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नु अराजनैतिक र असंवैधानिक कार्य भएको आरोप लगाउँदै राप्रपा जुम्लाले प्रमुख निर्वाचन आयुक्त डा. यादवको पुत्ला जलाएको हो । निर्वाचन…