स्थानीय तहका जनप्रतिनिधिद्वारा सुरक्षाको माग

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधिलाई तत्काल राजीनामा दिन दबाव दिएपछि स्थानीय तहका जनप्रतिनिधिद्वारा फागुन २० गते स्थानीय प्रशासनसँग सुरक्षाको माग गरेका छन् । जनतासँग 'जथाभावी कर सङ्कलन' नगर्न आग्रह गर्दै राजीनामा दिएर जनसत्तालाई सहयोग गर्न नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेपछि जनप्रतिनिधिहरूले स्थानीय प्रशासनसमक्ष सुरक्षाको माग गरेका हुन् ।…

२०७४ फाल्गुन २१, सोमबार २०:२२ गते  
वडा कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड

तातोपानी गाउँपालिका-५ स्थित वडा कार्यालयमा अज्ञात समूहले फागुन १४ गते राति तोडफोड गरेको छ । तोडफोडबाट कार्यालयका ल्यापटप कम्प्यूटर एक थान, ल्यापटपको चार्जर एक थान, मल्टिपलक एक थान, क्याल्कुलेटर एक थान र रजिष्टर पाँच थान चोरी भएको वडा सचिव एकराज चौलागाईले बताए । उनले भने-'कार्यालय तोडफोड गर्नेले किला ठोक्ने हम्बरले…

२०७४ फाल्गुन १५, मंगलवार २२:१४ गते  
सदमुकामका स्वास्थ्य संस्थामै औषधिको अभाव

जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका भित्र पर्ने स्वास्थ्य चौकीमा औषधिको चरम अभाव देखिएको छ । चालु आर्थिक वर्ष २०७४/०७५ मा औषधि खरिदका लागि जिल्ला स्वास्थ्य कार्यालयमा न्यून बजेट विनियोजन हुनु र स्थानीय तह नगरपालिकाले औषधि खरिदमा बजेट विनियोजन नगरी सबै बजेट विकास निर्माण कार्यमा विनियोजन गरेका कारण स्वास्थ्य संस्थामा औषधिको…

२०७४ फाल्गुन १५, मंगलवार १६:१० गते  
महिनौँ स्थानीय विकास अधिकारी नहुँदा सेवाग्राही मर्कामा

जिल्ला समन्वय समिति जुम्लामा महिनौँदेखि स्थानीय विकास अधिकारी जिल्लामा नहुँदा सेवाग्राही मर्कामा परेका छन् । स्थानीय विकास अधिकारी ७ महिनादेखि कार्यालयमा हाजिर नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । गत आर्थिक वर्ष २०७३/०७४ को अन्तिमतिर (असार दोस्रो साता) स्थानीय विकास अधिकारी हरिनारायण बेलवासे जुम्लाबाट गएपछि कार्यालय स्थानीय विकास अधिकारीविहिन भएको हो…

२०७४ माघ १३, शनिबार ०८:५२ गते  
अनुदानको चामल गाउँमा दोब्बर मूल्यमा विक्री वितरण

नेपाल खाद्य संस्थान शाखा जुम्लाले दिएको अनुदानको चामल पातारासी गाँउपालिकामा दोब्बर मुल्यमा विक्री वितरण गर्ने गरेको पाइएको छ । पातारासी गाँउपालिकाका व्यापारीले स्थानीयलाई प्रयोग गरेर एकै पटक १/२ क्विन्टलसम्म चामल खाद्य संस्थान जुम्लाबाट खरिद गर्ने गरेको पाइएको छ । खाद्य संस्थान जुम्लामा अरुवा मोटो चामल ३० केजीको ९ सय ५०…

२०७४ माघ ४, बिहीबार २१:१९ गते  
गैरकानुनी रूपमा भारत लैजाँदै गरेका बालबालिकाको उद्धार

गैरकानुनी रूपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजाँदै गरेको अवस्थामा २० जना बालबालिकालाई प्रहरीले पुस २५ गते तिला गाउँपालिकास्थित कुडारीबाट उद्धार गरेको छ । बालबालिकाले भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारत लैजाने कुनै आधार नभेटिएपछि बालबालिकाको उद्धार गरेको हो । गैरकानुनी रूपमा जिल्ला बाहिर लैजाँदै गरेको आरोपमा…

२०७४ पुष २६, बुधबार २०:१८ गते  
तिला नदीको दुषित पानी खान बाध्य छन् कैदीबन्दी

जिल्ला कारागार शाखा जुम्लाका कैदीबन्दीहरू तिला नदीको दुषित पानी खान बाध्य भएका छन् । सुख्खा मौसमका कारण पानीको स्रोत घट्दै गएपछि कारागारमा पानी नपुग्ने भएका कारण कैदीबन्दी लगायत प्रहरी र कर्मचारी नदीको दुषित पानी खान बाध्य भएका हुन् । संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक उल्लेख गरिए पनि स्वास्थ रहनका…

२०७४ पुष १३, बिहीबार २०:५३ गते  
सार्वजनिक बाटोको विषयमा कुरा नमिल्दा स्थानीयले वडा सदस्य माथि कुटपिट गरेको आरोप

तातोपानी गाउँपालिका-२ निवासी सोही वडाका वडा सदस्य मुनबहादुर डाँगीलाई पुस ९ गते दिउँसो सोही ठाउँका विष्णु अधिकारी, प्रेम अधिकारी र टंक अधिकारीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । वडा सदस्यको हैसियतले हिमशिखर माध्यमिक विद्यालय तातोपानीमा योजना तर्जुमा र विविध बैठकमा गएको अवस्थामा सार्वजनिक बाटोको विषयमा कुरा नमिलेकै कारण…

२०७४ पुष ११, मंगलवार २१:२७ गते  
स्वास्थ्य संस्थामा खानेपानी र शौचालय नहुँदा समस्या

तातोपानी गाउँपालिका–५ लाम्रागाउँ स्थित स्वास्थ्य चौकीमा खानेपानी र शौचालय नहुँदा समस्या हुने गरेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राही लगायत स्वास्थ्यकर्मीलाई शौचालय प्रयोग देखि खानेपानीको समेत समस्या छ । स्थानीय तहको स्वास्थ्य प्राणालीमा सुधार गर्न र स्वास्थ्य चौकीबाट उपलब्ध हुने स्वास्थ्य सेवा विषयक रेडियो…

२०७४ मंसिर २०, बुधबार २२:४० गते  
फर्जी मत खसालेको आरोप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

जुम्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ सिञ्जा क्षेत्रको रोकायवाडा प्राथमिक विद्यालयको मतदान केन्द्रमा एमाले कार्यकता तथा उम्मेदवारले फर्जी मत खसालेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जुम्लमा उजुरी परेको छ । नेपाली काङ्ग्रेसका प्रतिनिधि सभाका उम्मेदवार देवेन्द्र शाहीले उक्त मतदान केन्द्रमा एमालेले फर्जी मत खसालेको भन्दै मङ्सिर १० गते मुख्य…

२०७४ मंसिर ११, सोमबार २१:१५ गते