तिला नदीको दुषित पानी खान बाध्य छन् कैदीबन्दी
जिल्ला कारागार शाखा जुम्लाका कैदीबन्दीहरू तिला नदीको दुषित पानी खान बाध्य भएका छन् । सुख्खा मौसमका कारण पानीको स्रोत घट्दै गएपछि कारागारमा पानी नपुग्ने भएका कारण कैदीबन्दी लगायत प्रहरी र कर्मचारी नदीको दुषित पानी खान बाध्य भएका हुन् । संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक उल्लेख गरिए पनि स्वास्थ रहनका…
सार्वजनिक बाटोको विषयमा कुरा नमिल्दा स्थानीयले वडा सदस्य माथि कुटपिट गरेको आरोप
तातोपानी गाउँपालिका-२ निवासी सोही वडाका वडा सदस्य मुनबहादुर डाँगीलाई पुस ९ गते दिउँसो सोही ठाउँका विष्णु अधिकारी, प्रेम अधिकारी र टंक अधिकारीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । वडा सदस्यको हैसियतले हिमशिखर माध्यमिक विद्यालय तातोपानीमा योजना तर्जुमा र विविध बैठकमा गएको अवस्थामा सार्वजनिक बाटोको विषयमा कुरा नमिलेकै कारण…
स्वास्थ्य संस्थामा खानेपानी र शौचालय नहुँदा समस्या
तातोपानी गाउँपालिका–५ लाम्रागाउँ स्थित स्वास्थ्य चौकीमा खानेपानी र शौचालय नहुँदा समस्या हुने गरेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राही लगायत स्वास्थ्यकर्मीलाई शौचालय प्रयोग देखि खानेपानीको समेत समस्या छ । स्थानीय तहको स्वास्थ्य प्राणालीमा सुधार गर्न र स्वास्थ्य चौकीबाट उपलब्ध हुने स्वास्थ्य सेवा विषयक रेडियो…
फर्जी मत खसालेको आरोप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी
जुम्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ सिञ्जा क्षेत्रको रोकायवाडा प्राथमिक विद्यालयको मतदान केन्द्रमा एमाले कार्यकता तथा उम्मेदवारले फर्जी मत खसालेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जुम्लमा उजुरी परेको छ । नेपाली काङ्ग्रेसका प्रतिनिधि सभाका उम्मेदवार देवेन्द्र शाहीले उक्त मतदान केन्द्रमा एमालेले फर्जी मत खसालेको भन्दै मङ्सिर १० गते मुख्य…
नेकपा कार्यकताले मतदाता शिक्षा सामग्री जलाए
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री जलाएर नष्ट गरेका छन् । निर्वाचनको विरोधमा रहेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कात्तिक २९ गते हिमा गाउँपालिका-२ रनुखानागाउँमा मतदाता कार्यकर्ताबाट निर्वाचन शिक्षा सामग्री जफत गरी जलाएर नष्ट गरेका हुन् । मतदातालाई निर्वाचन शिक्षा दिनका लागि स्वयम्सेवक जयश्वर चौलागाई र राधा श्रेष्ठ गाउँमा पुगेका…
औषधि अभावका कारण बिरामीले पुर्णडोजको औषधि पाउँदैनन्
स्वास्थ्य संस्थामा औषधि अभावका कारण बिरामीलाई पुर्णडोजको औषधि दिन नसकिएको पातारासी गाउँपालिकास्थित छुमचौर स्वास्थ्य चौकीका प्रमुख प्रकाश सापकोटाले बताए । उनले भने-'अहिले औषधि अभावका कारण १० ट्याव्लेट दिनुपर्ने बिरामीलाई २ ओटा ट्याव्लेट मात्र दिएका छौँ । गाउँपालिकामा औषधि खरिदको बजेट आएको छ भन्ने सुनिए पनि चालु आर्थिक वर्षको पहिलो चौमासिक…
जुम्लाका ४१ मतदानस्थल अति सम्वेदनशील
आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जुम्लाका ४१ मतदान स्थललाई अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ । सुरक्षा सम्वेदनशीलताका आधारमा ७६ ओटा मतदानस्थल मध्ये ४१ ओटालाई अति सम्वेदनशील स्थलका रूपमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको हो । सुरक्षा चुनौतिको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदानस्थलको बर्गिकरण गरेको…
जुम्लाका ५४ दशमलब ५ प्रतिशत बालबालिकालाई कुपोषण
जिल्लाका ५४ दशमलब ५ प्रतिशत बालबालिका अझै पनि कुपोषित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चार वर्षमा जुम्लाका २७ प्रतिशत बालबालिका कुपोषणमुक्त हुँदा पनि तथ्याङ्क यस्तो डरलाग्दो रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार सन् २०१२ मा गरिएको बेसलाइन सर्भेक्षण अनुसार जुम्लाका ८१ प्रतिशत बालबालिकामा कुपोषणको…
वास्तविक द्वन्द्व पीडितले राहत नपाएको गुनासो (कार्यक्रमको फोटोफिचर)
नेपालको १० वर्षे सशस्त्र द्वन्द्वकालमा वास्तविक द्वन्द्व पीडितको छानबिन हुन नसकेको द्वन्द्वपीडितहरूले गुनासो गरे । इन्सेकले पुनःस्थापित गरेका विस्थापितको वर्तमान अवस्था बुझ्न जुम्ला आइपुगेका इन्सेकका क्षेत्रीय संयोजक भोला महत, प्रलेख अधिकृत नारायण सुवेदी, नर्वेजियन राजदुताबासका प्रतिनिधिद्वय राजकुमार ढुङ्गना र क्यारोलिन हार्जीभिन्ससमक्ष कात्तिक ८ गतेको विस्थापितहरूसँग गरिएको छलफल कार्यक्रममा उनीहरूले यस्तो…
बहुविवाहका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले असोज २२ गते तिला गाउँपालिकाको कुडारी बजारबाट दुई जनालाई गिरफ्तार गरेको छ । तातोपानी गाउँपालिका-२ डागीवाडाका ३० वर्षीय विरेन्द्रकुमार डाँगी र गोरखा जिल्लाको फिनाम-४ की २९ वर्षीया इराधा खत्री डाँगीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो । ३० वर्षीया सत्यदेवी डाँगीले आरोपितद्वयले बहुविवाह गरेको भन्दै…