कांग्रेस र माओवादी कार्यकर्ताबिच झडप, १४ जना घाइते
जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोट गाउँमा वैशाख १६ गते नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप हुँदा १४ जना घाइते भएका छन् । घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार पश्चात डिस्चार्ज भएको अस्पताल प्रहरी यूनिटका हवलदार जगनाथ खड्काले बताउनु भयो । उहाँले भन्नु भयो–‘घाइतेहरुलाई सामान्य चोटपटक लागेको थियो…
मानव अधिकारमैत्री घोषणा पत्र बनाउन राजनीतिक दललाई ज्ञापन पत्र
इन्सेक र मानव अधिकार रक्षक सञ्जाल जुम्लाको टोलीले मानव अधिकारमैत्री घोषणा–पत्र बनाउन राजनीतिक दलहरूलाई वैशाख १५ गते ज्ञापन पत्र दिएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरूले घोषणा–पत्र बनाउने क्रममा मानव अधिकारमुखि घोषणा–पत्र बनाउन सञ्जालले नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत, नेपाली कांग्रेसका सभापति कर्ण शाही, नेकपा माओवादीका जिल्ला…
हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबिच झडप, एक जना घाइते
हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबिच झडप हुँदा एक जना घाइते भएका छन् । स्थानीय तहको निर्वाचन उम्मेदवार टिकटको विषयलाई लिएर दुई पक्षबिच झडप भएको प्रहरीले जनाएको छ । नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुई जनाको नाममा टिकट आएपछि दुई पक्षबिच झडप भएको हो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुवन भट्टका अनुसार कल्पना…
नागरिकता नहुँदा सार्वजनिक सेवाबाट वञ्चित
नागरिकता नहुँदा सार्वजनिक सेवाबाट नागरिक वञ्चित भएका छन् । कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोता गाउँकी ३६ वर्षीया लक्ष्मी रावत नागरिकता नहुँदा सार्वजनिक सेवाबाट वञ्चित हुनु भएको छ । ३८ वर्षीय पति सुकराम रावतसँग नागरिकता बनाइदिन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नगरेको उहाँले गुनासो गर्नु भयो । ‘नागरिकता नभएकै कारण मतदाता नामावलीमा मेरो…
पत्नी हत्या घटनाका आरोपितविरूद्ध उजुरी
गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटकी २७ वर्षीया छायादेवी धराला (बुढा) लाई चैत २६ गते कुटपिट गरी हत्या गरेको आरोपमा २८ वर्षीय पति मङ्गल बुढाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा चैत २८ गते उजुरी दिएको छ । छायादेवीलाई कुटपिट गरी हत्या गरेको आशङ्कमा माइती पक्षले प्रहरीमा उजुरी दिएको हो । कृटपिट गरी…
धानवालीको क्षतिपूर्ति नपाएको बाढी पीडित कृषकको गुनासो
गएको कात्तिक पहिलो साता बेमौसमी वर्षात्सँगै आएको बाढीले जुम्लामा ठुलो मात्रामा नोक्सान भएको धानवालीको क्षतिपूर्ति नपाएको बाढी पीडित कृषकले गुनासो गरेका छन् । बाढीले धानवाली क्षति भएपछि किसानले राहतका लागि जिल्ला प्रशासन कार्यालय जुम्ला, जिल्ला विपद् व्यवस्थापन समितिमा निवेदन दिए । तर, उनीहरूले अहिलेसम्म राहत पाएका छैनन् । बेमौसमी वर्षाले…
म्याद नाघेको ट्याङजुस खाँदा २५ जना विद्यार्थी बिरामी, विद्यालय बन्द
जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोर्डिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाँदा बिरामी परेका छन् । व्यापारीले जथाभावी म्याद नाघेका अखाद्य वस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद नाघेका अखाद्य वस्तु ट्याङजुस खाँदा विद्यार्थी बिरामी परेका हुन् । यहाँका गाउँघरतिर सञ्चालनमा रहेका साना बजारमा म्याद नाघेका…
मानव अधिकार उल्लङ्घनकर्तालाई उम्मेदवार नबनाउन राजनीतिक दलहरूलाई पत्राचार
मानव अधिकार उल्लङ्घनकर्तालाई निर्वाचनमा उम्मेदवार नबनाउन राजनीतिक दलहरूलाई राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले पत्रचार गरेको छ । अगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लङ्घनकर्तालाई उम्मेदवार नबनाउन राजनीतिक दलहरूलाई आयोगले पत्रचार गरेको हो । मानव अधिकार उल्लङ्घनकर्तालाई निर्वाचनमा उम्मेदवार नबनाउन कर्णाली प्रदेशका…
विद्यालय भत्किएपछि विद्यार्थीको पठनपाठन खुलाचौरमा
जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरी गाउँस्थित गएको माघ ९ गते हिमपातले नवदुर्गा आधारभुत विद्यालयको भवन भत्किएपछि कक्षाकोठा नहुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा दुई कोठे तीन ओटा भवन छन् । तर, यी भवन यहाँको लागि पर्याप्त छैनन् । भएका भवन समेत निकै जीर्ण र बस्न सकिने छैनन्…
चुनावी गतिविधिमा बालबालिका प्रयोग नगर्न माग गर्दै प्रशासनको ध्यानाकर्षण
स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूबाट चुनावी प्रचारप्रसार गर्ने क्रममा विद्यालय र बालबालिकाको प्रयोग नगरियोस भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाको चैत १० गते ध्यानाकर्षण गराइएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी जिल्लामा रहेका राजनीतिक दलहरूले निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन, १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग र विद्यालयमा आमसभालगायत चुनावी…