पाठयपुस्तक विना विद्यालयमा जानुपर्ने बाध्यता
सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा एकका विद्यार्थी पुस्तक विना नै विद्यालयमा पढ्न जाने गरेका छन् । जुम्ला लगायत हिमाली जिल्लामा पर्ने मुगु, कालिकोट, डोल्पा र हुम्लामा नयाँ शैक्षिक सत्र २५ माघदेखि सुरु हुने भएपनि यहाँका सामुदायिक विद्यालयका विद्यार्थीले फागुन तेस्रो हप्तासम्म पुस्तक नपाएकाले पुस्तक विना विद्यालय जाने गरेका हुन् । सिंजा…
जुम्लाका २६ प्रतिशत बालबालिका खोपबाट बञ्चित
जुम्लामा नौ महिनादेखि ५ वर्षमुनिका २६ प्रतिशत बालबालिका रुवेला रोग विरुद्धको खोप लगाउनबाट बञ्चित भएको स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । त्यसैगरी १० प्रतिशत बालबालिका दादुरा विरुद्ध रोगको खोप लगाउन बञ्चित भएको स्वास्थ्य कार्यालय जुम्लाले तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल जुम्लामा दादुरा विरुद्ध रोगको खोप…
विपन्न लक्षित छात्रवृत्ति पाउनबाट विद्यार्थी बञ्चित
विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यालयले चासो नदेखाएपछि आर्थिक वर्ष ०७५\०७६ मा विपन्न विद्यार्थीले छात्रवृत्ति पाउनबाट बञ्चित भएका छन् । जिल्लाको एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहका ४६ सामुदायिक विद्यालयको कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने ६ हजार ५ सय ७८ जना लक्षित तथा विपन्न वर्गका विद्यार्थी वञ्चित भएका…
प्रसुति भत्ता नपाएको सुत्केरी महिलाको गुनासो
कनकासुन्दरी गाउँपालिकाका सुत्केरी महिलाले प्रसुति भत्ता नपाएको गुनासो गरेका छन् । सुत्केरी महिलाहरूले ०७५ सालदेखि प्रसुति भत्ता नपाएपछि यस्तो गुनासो गरेका हुन् । गर्भवतीले चारपटक स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराएबापत आठ सय रुपियाँ र सुत्केरी पश्चात तीन हजार रुपियाँ प्राप्त गर्ने सरकारी प्रवधान छ तर ०७६ फागुन ४ गतेसम्म नपाएको…
प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन, सेवाग्राही मर्कामा
हिमा गाउँपालिकाको कालिकाखेतुस्थित प्राथमिक स्वास्थ्य केन्द्र दुई वर्षदेखि चिकित्सक विहीन अवस्थामा रहेको छ । ०७४ सालदेखि चिकित्सक रत्नविर सुनार अध्ययन विदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन भएको हो । तीन शैयासम्म अस्पताल सञ्चालन गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा अहेव अनमीले नै उपचार गर्ने गरेका छन् । हिमा गाउँपालिका…
स्वास्थ्य सस्थामा एक महिनादेखि औषधि अभाव सेवाग्राही मर्कामा
जिल्लाको सिञ्जा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिका अन्तर्गत रहेका पाँच ओटा स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । स्थानीय तहले समयमा औषधि खरिद नगर्दा औषधि अभाव भएको सेवाग्राहीले गुनासो गरेका छन् । गाउँपालिकाले समयमा औषधि खरिद नगर्ने र गाउँपालिकाको स्टोरमा भएको औषधि स्वास्थ्य संस्थामा नपठाउने समस्या…
क्यान्सर पीडित महिलाको निशुल्क उपचार हुने
विगत तीन वर्षदेखि स्तन क्यान्सरको पीडाले थलिएकी तातोपानी गाउँपालिका–२ की ६५ वर्षीया पुम्फा दमाईको निशुल्क उचार हुने भएको छ । क्यान्सरको पीडा खेपेर घरमै बसेकी पुम्फाको विषयमा समाचार प्रकाशन भएपछि उपचारका लागि राहत जुटेसँगै निशुल्क उपचार हुने भएको हो । घरको गरिबी र विपन्नताले गर्दा क्यान्सरको पीडाले थला पेरेकी पुम्फाको…
आर्थिक अभावले पुम्फाको स्तन क्यान्सरको उपचार भएन
तातोपानी गाउँपालिका–२ जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमाइले आर्थिक अभावले स्तन क्यान्सरको उपचार हुन नसकेको गुनासो गर्नु भएको छ । विगत तीन वर्षदेखि स्तन क्यान्सरको पीडाले छटपटिएकी पुम्फाको आर्थिक अभावले अहिलेसम्म उपचार हुन नससेको हो । तीन वर्ष पहिले स्तनमा सानो घाउ थियो, त्यही बेला साहेत उपचार भएको भए आज यो…
चार वर्षदेखि औषधालय चिकित्सकविहीन, सेवाग्राही मर्कामा
आयुर्वेद औषधालयमा चार वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाक्टर रमेश केसी ०७२ मङ्सिरमा सरूवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायी रूपमा आएपनि नियमित एक महिना काम नगरेरै गएपछि औषधालय डाक्टरविहीन अवस्थामा रहेकाले सेवाग्राही मर्कामा परेका हुन् । अहिले वैद्य गोर्खबहादुर रावतको भरमा औषधालय चलिरहेको छ ।…
छाउगोठमा बस्नेले राज्यको सेवासुविधा नपाउने
छाउगोठमा बस्ने र बस्न बाध्य पार्ने दुवैको सेवासुविधा रोक्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार छाउपडी प्रथा समाजमा विकराल भन्दै गएपछि यस कुप्रथाको उन्मुलनका लागि यस्तो उपाया अपनाईएको हो । स्थानीय प्रशासनले महिनावारी बार्ने र बार्न बाध्य पार्नेलाई राज्यको सेवासुविधाबाट बञ्चित गराउने र…