न्यायको पहुँच सर्वसाधारणसम्म पुर्याउनु पर्ने
न्यायको पहुँच ग्रामीण भेगका र्सवसाधारणसम्म पुर्याउनु पर्नेमा सर्वेच्च अदालतका न्यायाधीश गोविन्दकुमार उपाध्यायले जोड दिएका छन् । न्यायमा र्सवसाधारणको पहुँचको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरामा जोड दिएका हुन् । उनले भने-'ग्रामीण भेगका र्सवसाधारणहरूलाई न्यायको पहुँचसम्म ल्याउनका लागि न्यायिक तथा अर्धन्यायिक निकाय, नागरिक समाज, पत्रकार, मानव अधिकारकर्मी, सरकारी तथा गैरसरकारी…
शैक्षिक सत्र सुरु भएको आठ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो
शैक्षिक सत्र सुरु भएको आठ महिना बितिसक्दा पनि जिल्ला सदरमुकाम खलङ्गा बजारमा अवस्थित चन्दननाथ गुरुकुल पाठशालामा पाठ्यपुस्तकको अभाव रहेको विद्यार्थीहरूले गुनसो गरेका छन् । जुम्लालगायत कर्णाली अञ्चलमा फागुनदेखि शैक्षिक सत्र सुरु हुने गर्दछ । विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थीहरू वञ्चित भएको सो विद्यालयका प्रद्यानाध्यापक विश्वराज उपाध्यायले बताए । उनले भने-'पाठ्यपुस्तक…
बालिका हत्या घटनाका आरोपित गिरफ्तार
लाम्रा गाविस–७ धौलापानीगाउँकी १७ वर्षीया मन्नु न्यौपानेको हत्या गरेको आरोपमा दैलेख जिल्ला तोलीजैसी गाविस–५ का २३ वर्षीय केशव शाहीलाई प्रहरीले ०७३ भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित मन्नुलाई शाहीलगायत पाँच जना बालबालिकाले हत्या गरेको भन्दै मृतकका आफन्तले भदौ ३० गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा किटानी जाहेरी दिएका छन्…
मुख्य न्यायाधीश नहुँदा सेवाग्राही मर्कामा
पुनरावेदन अदालत जुम्लामा विगत तीन महिनादेखि मुख्य न्यायाधीश नहुँदा सेवाग्राही मर्कामा परेका छन् । पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश नहुँदा बेञ्च बस्न नसकेको र मुद्दा फैसला गर्नका लागि दुई जना न्यायाधीश आवश्यक पर्ने भएकाले एकजना न्यायाधीशको अनुपस्थितले इजलास नचलेपछि सेवाग्राही मर्कामा परेका हुन । पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायधीश टङ्कबहादुर…
बहुविवाह घटनाबाट पीडित महिला न्याय खोज्दै सदरमुकाममा
कुडारी गाविस-६ राउतवाडाकी ३२ वर्षीया कमला योगी पतिले दोस्रो विवाह गरेको भन्दै न्यायको खोजीमा भदौ २९ गते सदरमुकाम आएकी छन् । उनका ३५ वर्षीय पति लालुनाथ योगीले भदौ २ गते चन्दननाथ नपा-७ की २० वर्षीया आशा महतसँग बहुविवाह गरेको पीडितले आरोप लगाएकी छन् । पतिले दोस्रो विवाह गरेपछि कान्छी पत्नीसहित…
सीमाङ्कनको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका कुँवरको प्रथम स्मृति दिवस
सङ्घीय संरचनामा कर्णाली अञ्चललाई सुदूरपश्चिमसँग गाभेको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका ताम्ती गाविस-१ सर्मीगाउँका २५ वर्षीय हरिबहादुर कुँवरको सम्झनामा भदौ ६ गते श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेशको मागगर्दै आन्दोलनका क्रममा ०७२ साउन ३१ गते गोली लागेर घाइते भई उपचारको क्रममा शिक्षण अस्पताल काठमाडौमा…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको कसुरमा गज्याङ्कोट गाविस-४ उखाडीगाउँका ३८ वर्षीय कृष्णप्रसाद अधिकारी र सोही गाविस-३ की २५ वर्षीया पार्वती भण्डारीलाई जिल्ला अदालत जुम्लाले दोषी ठहर गर्दै एक/एक वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश कृपासुर कार्कीको साउन २४ गतेको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेले जानकारी दिए । उनीहरूले…
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिला चौरमा सुत्केरी
तातोपानी गाविस-५ डाँगीवाडाकी ३२ वर्षीया विनासी डाँगीलाई सुरक्षित प्रसुति सेवाका लागि साउन २३ गते स्वास्थ्य चौकीमा पुर्याइएपनि तातोपानी गाविसस्थित स्वास्थ्य चौकी र उक्त स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बाहिर खुलाचौरमा सुत्केरी भएकी छन् । सुत्केरी ब्यथाले च्यापेपछि डिाँगीका आफन्तले घरदेखि करिब एक किलोमिटर टाढा रहेको स्वास्थ्य…