काँगेस र माओवादी कार्यकर्ता बीच झडप, ६ जना घाइते
तातोपानी गाउँपालिका–३ तिलाकोटस्थित मतगणना स्थल नजिक काँग्रेस माओवादी केन्द्रका कार्यकर्ता बीच झडप हँुदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका २४ वर्षीय प्रेमसागर रावल, ५० वर्षीय रामदेवि रावल, १८ वर्षीय धर्मराज रावल, २१ वर्षीय अजित कामी र २१ वर्षीय प्रकाश सुनार रहेका छन् । सोही गाउँपालिका १…
काँग्रेसका वडाध्यक्ष उम्मेदवारले कार्यकर्ता कुटेको आरोप
चन्दननाथ नगरपालिका–८ बाट काँग्रेसका वडाध्यक्ष उम्मेदवार रुपबहादुर रोकायाले पार्टीभित्र अन्तरघात गरेको आरोपमा सोही ठाउँका काँग्रेस कार्यकर्ता कुमार शाही र कमल बोहरालाई वैशाख ३१ गते घरभित्र थुनेर कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएका छन् । काँग्रेसका वडाध्यक्ष उम्मेदवार रोकायाले पार्टीभित्र अन्तरघात गरी भोट नहालेको र धोका दिएको भन्दै कुटपिट…
मौन अवधिमा निर्वाचन आचारसंहित उल्लङ्घन बढ्दो
मौन अवधिमा निर्वाचन आचारसंहित जुम्लामा बढेको छ । मौन अवधिमा यहाँका विषेशगरी ठूला दलका नेताहरू राति गाउँबस्तीमा पस्ने गरेका छन् । ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र समाजवादी पार्टीका नेताहरूले निर्वाचन आचारसंहित उल्लङ्घन गर्दै आएको मानव अधिकार रक्षक सञ्जाल, जुम्लाका अध्यक्ष राजबहादुर महतले बताउनु भयो…
निर्वाचन सामग्रीसहित मतदान स्थलमा खटिए कर्मचारी
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका आठ ओटा स्थानीय तहमा आवश्यक सामग्री सहित ४ सय ९६ जना कर्मचारी परिचालन गरिएको छ । जिल्लाका आठ ओटा स्थानीय तहका ७९ मतदान स्थलका १ सय २ मतदान केन्द्रमा ४ सय ९६ जना कर्मचारी खटाइएका हुन् । मतपेटिका…
आचारसंहिता विपरीत शिक्षक चुनावी कार्यक्रममा सहभागी
जिल्लास्थित विभिन्न विद्यालयमा अध्यापन गराउँदै आउनु भएका शिक्षकहरूले निर्वाचन आचारसंहिता विपरीत निर्वाचन गतिविधिमा संलग्न भएको मानव अधिकार रक्षक सञ्जाल जुम्लाले जनाएको छ । । आसन्न वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार तथा चुनावी कार्यक्रममा जुम्लामा विशेषगरी ठूला राजनीतिक दलका शिक्षक सङ्घ सङ्गठनमा आवद्ध शिक्षकहरूले निर्वाचन आचारसंहिता विपरीत…
मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्यौँलमा
स्थानीय तह निर्वाचन–२०७९ नजिकै जाँदा मतदाता शिक्षा सञ्चालन नगरिएका कारण मत बदर हुने डर रहेको जिल्लास्थित मतदाताहरुले गुनासो गर्नु भएको छ । चुनाव आउन अब सात दिन मात्रै बाँकी छ । तर मतदाताले नमूना मतपत्र समेत देख्न नपाउदा अन्यौलमा परेका हुन् । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले भोट माग्ने गरेको…
हिमा गाउँपालिकामा एक हप्तादेखि टेलिफोन अवरुद्ध, निर्वाचन सूचना आदनप्रदानमा समस्या
हिमा गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अबरुद्ध हुँदा निर्वाचनसँग सम्बन्धीत सूचना आदनप्रदानमा समस्या भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिकाको कुडु गाउँस्थित रहेको टावरको हर्नमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । निर्वाचनको समयमा टेलिफोनमा अवरुद्ध हुँदा सूचना आदनप्रदान गर्न समस्या भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, जुम्लाका…
अति संवेदनशील मतदान स्थलबाट मतपेटी ल्याउन हेलिकप्टरको माग
आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लाका ७९ वटा मतदान स्थल र १ सय २ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार सुरक्षाको दृष्किोणबाट ७९ मतदान स्थलहरूमध्ये ४१ ओटा मतदान स्थललाई अति संवेदनशील, १५ ओटा मतदान स्थललाई संवेदनशील र…
जुम्लामा विद्युतीय नक्सामार्फत स्थानीय निर्वाचन सुरक्षा
आसन्न वैशाख ३० गते हुने दोस्रो स्थानीय तह निर्वाचन सुरक्षाका लागि जुम्लामा विद्युतीय नक्सा तयार गरिएको छ । मतदान केन्द्र र मतदानस्थलको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले विद्युतीय नक्साको आधारमा हरेक क्रियाकलापको निगरानी राख्ने गरी विद्युतीय नक्सा तयार पारेको हो । निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि…
जुम्लामा स्थलमार्गबाट पुग्यो ७६ हजार मतपत्र
स्थानीय तहको निर्वाचनका लागि जुम्लामा मतपत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्लामा ७६ हजार मतपत्र आईपुगेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले १ सय ५२ प्याकमा ७६ हजार मतपत्र जुम्ला आइपुगेको बताउनु भयो । अब केही दिनपछि मतदान केन्द्रमा निर्वाचनका लागि…