हिंसा पीडित महिलाको राहत कोष स्थापना गर्न नगरप्रमुखको ध्यानाकर्षण
मानव अधिकार रक्षक सञ्जाल तथा नागरिक अगुवाको टोलीले चन्दननाथ नगरपालिका जुम्लाका प्रमुखसहित नगर कार्यसमिति समक्ष हिंसा पीडित महिलाको राहत कोष स्थापना गर्न ध्यानाकर्षण गराएको छ । मानव अधिकार रक्षक सञ्जाल तथा नागरिक अगुवा संयोजक राजबहादुर महतसहितको टोलीले असार ९ गते ध्यानाकर्षण गराएको हो । आगामी आर्थिक वर्ष ०७९/८० को लागि…
समयमा ढुवानी नभएपछि नुनको अभाव
जुम्लामा नुन अभाव भएको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ढुवानी समयमा नभएपछि जुम्लामा नुन अभाव भएको हो । जुम्लाको सदरमुकाम खलंगासहित नराकोट र गोठीज्यूला गरी तीन वटा नुनका डिपो रहेका छन् । सिंजा गाउँपालिका–२ चुलेल गाउँका रतन वडले नराकोटस्थित डिपो नुन अभाव भएपछि रित्तो हातमा घर फर्किनु परेको गुनासो…
जनप्रतिनिधिमाथि कुटपिट, आरोपित विरुद्ध उजुरी
सिंजा गाउँपालिका–२ का ३५ वर्षीय वडाध्यक्ष तीर्थ वडलाई सोही गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका नेता देवलसिंह रावलले असार ५ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । आफूलाई पूर्व अध्यक्ष रावलले बहालवाला अध्यक्षकै कार्यकक्षमा कुटपिट गरेको भन्दै वडाध्यक्ष वडले असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको…
सिंजा क्षेत्रमा मालपोत र नापी कार्यालय नहुदाँ सेवाग्राही मर्कामा
संघीय संरचना अनुसार सार्वजनिक सेवा मालपोत र नापी कार्यालय स्थानीय तहमा स्थापना गर्नुपर्ने हो । तर जुम्लामा अन्य सार्वजनिक सेवाका कार्यालय स्थानीय तहमा स्थापना भएपनि मालपोत र नापी कार्यालय स्थापना तथा संघीयताको मर्मनुसार स्थापना नभएपछि सेवाग्राही मर्कामा परेका हुन् । संघीय संरचना भएको लामो समय वितिसक्दा पनि नापी र मालपोत…
जुम्लाकोटमा खानेपानी अभाव ः १ सय ७२ घरधुरीको दुई धारा मात्रै
तिला गाउँपालिका–८ जुम्लाकोट जुम्ला जिल्लाको विकट बस्ती हो । त्यस गाउँमा पुग्नका लागि सडक खनिए पनि रारालिहिस्थित तिला नदीमाथि पक्की पुल निर्माणाधिन अवस्थामा रहेकाले सवारी साधन चल्ने गरेका छैनन् । कच्ची सडक भत्काइएको छ । त्यो क्षेत्रका मालबाहक सवारी साधन भनेकै खच्चर र मानिस नै हुन् । विकास निर्माणका सामग्रीदेखि…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जुम्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १ गते सम्पन्न भएको छ । जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको हो । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७८ पुस १७ गतेदेखि ०७९ जेठ ३१ गतेसम्म करिव…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा सिंजा गाउँपालिका–२ विष्टवाडाका ५५ वर्षीय अग्नीप्रसाद धमला शर्मालाई प्रहरीले जेठ २४ गिरप्mतार गरेको छ । प्रहरीले आरोपितकै घरबाट गिरफ्तार गरेको हो । पीडित महिलालाई आरोपित शर्माले ०७८ साउन २२ गते जुम्लादेखि नेपालगंज हुँदै काठमाडौँ उपचार गर्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षले उजुरीमा…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
१७ वर्षीया एक बालिकालाई गुठीचौर गाउँपालिका–५ का दुई जनाले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन् । सोही गाउँपालिका–३ स्थित खेतमा पानी सिचाई गर्न गएको अवस्थामा जेठ २३ गते साँझ २० वर्षीय विवेक गिरी र २० वर्षकै पारस देवकोटाले बलात्कार गरेको…
पाठ्यपुस्तक समयमा नपाउदा पठनपाठन प्रभावित
कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पा जिल्लामा प्रत्येक वर्ष फागुन पहिलो हप्तादेखि शैक्षिक सत्र सुरु हुने गर्दछ । मङ्सिर अन्तिम हप्तासम्म बार्षिक परीक्षा सकेर एक वर्षको शैक्षिक सत्र सम्पन्न हुने गर्दछ । शैक्षिक सत्र सुरु भएको चार महिना भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक समयमा नपाउदा पठनपाठन प्रभावित…
आर्युर्वेद स्वास्थ्य केन्द्रमा पाँच महिनादेखि कार्यालय प्रमुख नहुँदा औषधि अभाव
आर्युर्वेद स्वास्थ्य केन्द्र, जुम्लामा पाँच महिनादेखि कार्यालय प्रमुख नुहँदा काम काज प्रभावित भएको छ । कार्यालय प्रमुख देवेन्द्र ठाकुर ०७८ पुस ६ गते जिल्ला बाहिर गएपछि अर्को कार्यालय प्रमुख नआउदा काम ठप्प भएका छन् । प्रमुख ठाकुर ०७८ पुसदेखि जाजरकोटको रमाना लिएर गएपछि अर्को प्रमुख नआउदा आर्थिक कारोेवार सबै बन्द…