सरकारी कार्यालय सदरमुकामबाट सरेपछि सेवाग्राहीलाई सास्ती
सरकारी कार्यालय सदरमुकामबाट गाँउमा सरेपछि सेवाग्राहीले सास्ती पाउन थालेका छन् । नागरिकसँग सम्बन्ध राखेका मालपोत, नापी शिक्षा तथा समन्वय इकाइ कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयहरु भेरी नगरपालिका–४ बोहरागाँउबाट सेवा प्रवाह गर्न थालेपछि सेवाग्राहीलाई समस्या भएको हो । विगत वर्षदेखि सदरमुकाम खलङ्गामा भाडाका घरबाट सेवा दिदै आएका सरकारी…
भूकम्प पीडित अझै सम्म त्रिपालमुनि बास, पहिलो किस्ता नपाएको गुनासो
२० वर्ष देखि भाडाका घरमा बस्दै आएका भूकम्प पीडित अहिले सम्म त्रिपालमुनिको बस्दै आएका छन्। भेरी नगरपालिका–१ रिम्नाबजारका भूकम्प पीडित श्रम रोजगारी गरि जिविकोपार्जन गरेका चार घरपरिवारलाई सरकारले अस्थायी आवासका लागि दिएको पहिलो किस्ता रकम नपाएपछि त्रिपालमुनि रात बिताउनु परेको पीडितले गुनासाे गरेका छन् । भेरी नगरपालिका–१ रिम्नाबजारमा श्रम रोजगारी…
भूकम्पपछि साँझ बिहानको छाक टार्न महिला गिट्टी कुटेर परिवार पाल्दै
भूकम्पपछि साँझ बिहानको छाक टार्न जाजरकोटका महिला गिट्टी कुटेर परिवार पाल्न थालेका छन् । सदरमुकामका स्थानीयबासीले आवास निर्माणको काम गर्न थालेपछि स्थानीय महिलाले निर्माण कार्यमा चाहिने गिट्टी कुट्न थालेका हुन् । भूकम्प अघि श्रम रोजगारी गरी जिविकोपार्जन गरेका सर्व साधारणलाई बिहान बेलुकाको छाक टार्न मुस्किल भएको छ । भूकम्पले घर…
कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा समस्या
जिल्ला कारागारमा क्षमता भन्दा बढी बन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ३५ जना कैदी बन्दी क्षमता भएको कारागारमा ७७ जना कैदी बन्दी राख्नु पर्दा बसाई व्यवस्थापनमा समस्या भएको हो । कारागार कार्यालय ०५० सालमा निर्माण भएको बन्दी सुधार गृहको क्षमता ३५ जनाको मात्र सोहि भवनमा अदालतको फैसलाले कैद तोकेका…
नलगाड नगरपालिकाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो
नलगाड नगरपालिका कार्यालय मातहतका १८ ओटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले तलब नपाएको गुनासो गरेका छन् । नलगाड नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक भगवती बोहोराका अनुसार करारका स्वास्थ्यकर्मीले ६ महिनादेखि र दरबन्दीमा रहेका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन । स्वास्थ्यकर्मीले ६ महिनादेखि मासिक तलव भत्ता नपाउँदा मर्कामा परेका छन् । महिनाभर…
अस्थायी आवासमा क्षति पुगेपछि भूकम्प पीडित चिन्तित
भूकम्प पीडितले ऋण खोजेर बनाएका अस्थायी आवासका छाना हावाहुरीले उडाएपछि भूकम्प पीडित थप समस्यामा परेका छन् । गत कात्तिक १७ गतेको भूकम्पले घरवारविहिन भएका भूकम्प पीडितको अस्थायी आवासका छाना चैत १८ गते आएको हावाहुरीले उडाएपछि उनीहरू थप चिन्तामा परेका छन् । अस्थायी आवासमा भएपनि रात काटौला भन्ने आशाले निमार्ण गरिएका…
भूकम्प पीडितबाट सहयोग स्वरुप रकम असुल्दै वडा कार्यालय
सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माणमा दिएको रकम मध्येबाट नलगाड नगरपालिकाको ३ नम्बर र ७ नम्बर वडा कार्यालयले सहयोग स्वरुप लाभग्राहीबाट रकम असुल्न थालेपछि भूकम्प पीडित मर्कामा परेका छन् । विद्यालय, स्वास्थ्य, सार्वजनिक भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्न नलगाड नगरपालिकाको ३ नम्बर वडा कार्यालयले प्रति व्यक्ति भूकम्प पीडितबाट…
अस्थायी आवास निर्माण : पहिलो किस्तामा ढिलासुस्ती
गत कात्तिक १७ गते मध्यरात जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले घरवारविहीन नागरिकले १ सय ३० दिन वित्दा पहिलो किस्ता रकम अझै पाउन सकेका छैनन् । ढिलासुस्तीका कारण ५ हजार ६ सय ६९ जना लाभग्राहीले पहिलो किस्ता रकम लिन मुस्किल भएको छ । स्थानीय तहको ढिला सुस्तीका कारण सरकारले…
चार महिनादेखि एम्बुलेन्स विग्रिएपछि बिरामीलाई सास्ती
शिवालय गाँउपालिकाको बिरामी बोक्ने एम्बुलेन्स चार महिनादेखि विग्रिएपछि बिरामीले सास्ती पाएका छन् । समयमा मर्मत सम्भार नगरेपछि उक्त एम्बुलेन्स हाल इलाका प्रहरी कार्यालयको चौरमा थन्किएको छ । पालिका भित्रका जटिल तथा गर्भवति सुत्केरीलाई समयमा सुविधा सम्पन्न अस्पतालमा पु¥याउन खरिद गरिएको एम्बुलेन्स मर्मत नगर्दा बिरामीले नीजि सवारी साधन प्रयोग गर्दै आएका…
भूकम्प प्रभावित पालिकालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा
नेपाल सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्री परिषदको फागुन १४ गते बसेको बैठकले सो निर्णय गरेको हो । जिल्ला विपत् व्यवस्थापन समितिको बैकठले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरि पूननिर्माणको काम अघि बढाउन माग गरेको थियो । भूकम्पले आर्थिक, सामाजिक,…