अस्पतालमा विशेषज्ञ र उपकरणको अभावमा सेवाग्राही प्रभावित
जाजरकोट जिल्ला अस्पताल स्तरवृद्धि भएको पाँच महिनासम्म पनि कुनै विशेषज्ञ सेवा सुरु हुन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् । भेरी मालिका नपा–१ कालेगाउँका जसवीर परियार सर्पले टोकेपछि अस्पताल पुगेपनि अस्पतालमा सर्पको टोकाइबाट बच्ने औषधि एण्टी स्नेक भेनम भएपनि आफूलाई मिसन अस्पताल चौरजहारीमा उपचारका लागि पठाइएको बताए । आफूलाई अस्प्पतालमा उपचार…
बलात्कार घटनाका फरार आरोपित ३२ वर्षपछि गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत जाजरकोटद्वारा दोषी ठहर गरिएका भेरीमालिका नपा-६ का ६८ वर्षीय प्रताप वलीलाई प्रहरीले गिरफ्तार गरी कैद भुक्तानीका लागि कात्तिक २ गते कारागार चलान गरेको छ । जिल्ला अदालत जाजरकोटले दोषी ठहर गर्दै तीन वर्षको कैद सजायको फैसला सुनाएको ३२ वर्षपछि असोज ३० गते…
बारेकोट क्षेत्रमा खाद्यान्न अभाव, दसैँ मनाउन कठिन हुने उपभोक्ताको गुनासो
नजिकै आइरहेको दसैँको समयमा बारेकोट क्षेत्रमा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि दसैँ कसरी मनाउने भन्ने चिन्ता थपिएको स्थानीयबासीले गुनासो गरेका छन् । नायकवाडा गाविसस्थित खाद्य संस्थानको डिपो कार्यालयमा चामल लिन पुगेका नायकवाडा गाविसका स्थानीयबासी लोकबहादुर सिंहले डिपोमा चामल नभएपछि खाली हात फर्किनु परेको बताएका छन् । नेपाल…
नवजात शिशुको हत्या गरेको घटनाका आरोपित गिरफ्तार
नवजात शिशुको हत्या गरेको आरोपमा भेरीमालिका नपा-१३ इमेचौरकी २६ वर्षीया कमला विकलाई असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ । नवजात शिशुलाई आरोपितले असोज ६ गते गाउँबाट केही टाढा झाडीमा फालेको आरोपमा कमलाका ससुरा रामबहादुर विकले असोज ७ गते प्रहरी चौकी कुदुमा उजुरी दिएका थिए । आमाले झाडीमा फालेको नवजात…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दशेरा गाविस-८ का १८ वर्षीय भरत शाही र सोही ठाउँका १८ वर्षीय चन्द्रबहादुर शाहीलाई प्रहरीले भदौ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ १५ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए…
आमालाई बन्चरो प्रहार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार
सक्ला गाविस-१ लैखमकी ६५ वर्षीया देउती खत्रीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा ३८ वर्षीय छोरा बुद्धिबहादुर खत्रीलाई प्रहरीले भदौ ३ गते गिरफ्तार गरेको छ । जग्गासम्बन्धी विवाद भएपछि साउन २२ गते आमालाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर हिक्मत बोहोराले…
बाढीले विद्यालय बगाएपछि बालबालिका बगरमा अध्ययन गर्न बाध्य
लहँ गाविस-४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयको भवन बाढीले बगाएपछि उक्त विद्यालयमा अध्ययरत विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत असार १६ गते आएको अविरल वर्षातका कारण बाढीपहिरो जाँदा विद्यालय भवन बगेपछि अध्ययनका लागि कक्षा कोठाको समस्या भएको हो । बाढीले विद्यालयका दुई ओटा भवन, शौचालय र खानेपानी ट्याङ्कीसमेत…
बाढीले विद्यालय बगाएपछि बालबालिका बगरमा अध्ययन गर्न बाध्य
लहँ गाविस-४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयको भवन बाढीले बगाएपछि उक्त विद्यालयमा अध्ययरत विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत असार १६ गते आएको अविरल वर्षातका कारण बाढीपहिरो जाँदा विद्यालय भवन बगेपछि अध्ययनका लागि कक्षा कोठाको समस्या भएको हो । बाढीले विद्यालयका दुई ओटा भवन, शौचालय र खानेपानी ट्याङ्कीसमेत…