यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छेडागाड नपा-१० का ६४ वर्षीय मोती पुनलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असोज २३ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य…

२०७४ आश्विन २६, बिहीबार १३:३१ गते  
भाइरल बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव

जिल्लाका अधिकांश दुर्गम गाउँ तथा बजार क्षेत्रमा भाइरलका बिरामीको सङ्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानीयले बताएका छन् । यहाँका स्थानीयहरू भाइरलबाट ग्रस्त भएकाले पानी दिनेसम्म पनि सारसुहाउँदै नभएको उनीहरूको गुनासो छ । भाइरलका कारण गाउँमा निकै समस्या भइरहेको तर स्वास्थ्य संस्थामा जनशक्ति र औषधि नहुँदा उपचारमा समेत समस्या परेको स्थानीयबासी…

२०७४ भाद्र १६, शुक्रबार २०:५८ गते  
बेपत्ता बनाइएका व्यक्तिको सम्झनामा वृक्षरोपण

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जाजरकोटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम खलङ्गाको ठाँटी बजारमा जम्मा भएका बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यहरूले भदौ १४ गते रानागाउँस्थित नेपाल रेडक्रस भवनको नजिक वृक्षरोपण गरेका हुन । हरेक वर्षबेपत्ता दिवस मनाउँदै आएको नेपाल रेडक्रसले यस वर्षपनि वृक्षरोपण गरेर मनाउने…

२०७४ भाद्र १५, बिहीबार ०९:४७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नगरपालिका-२ पोखराका ६४ वर्षीय केशर परियारलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा मौखिक उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । पीडित…

२०७४ असार २५, आईतवार २०:४६ गते  
कुटपिटमा संलग्न प्रहरीलाई कारबाही गर्न पीडित पक्षको माग

जुनीचाँदे गाउँपालिका-४ का ३८ वर्षीय जयलाल खड्का र उनकी ३७ वर्षीया पत्नी लाला खड्काले कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको माग गरेका छन् । जग्गासम्बन्धी विवाद मिलाउन इलाका प्रहरी कार्यालय गर्खाकोटबाट असार २ गते खटिएका प्रहरी हवल्दार धनबहादुर वलीले जयलाल र लालालाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । घटनाका सम्बन्धमा…

२०७४ असार ७, बुधबार २२:४४ गते  
एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप, एकजना घाइते

भेरी नपा-१ राजगाउँमा स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बिच वैशाख ३० गते राति ८ः३० बजे झडप भएको छ । झडपमा सोही नपा-१ कालेगाउँ निवासी २१ वर्षीय एमाले कार्यकर्ता ज्ञानु रावत घाइते भएका छन् । दाहिने आँखामा चोट लागेका घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको…

२०७४ बैशाख ३१, आईतवार १२:३१ गते  
नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा कुशे गाउँपालिका-५ का एरिया सदस्य कर्णबहादुर थापा, सोही ठाउँका बलबहादुर मल्ल, जिल्ला सदस्य नवराज बिक, मानबहादुर बिक र त्रिवेणी नलगाड नपा-३ घर भई हाल…

२०७४ बैशाख २७, बुधबार १७:५१ गते  
काङ्ग्रेसका उम्मेदवारले मतदातालाई पैसा बाँडेको एमालेको आरोप

छेडागाड नपा-१ मनघाटमा नेपाली काङ्ग्रेसका वडा सदस्यका उम्मेदवार प्रेमबहादुर बस्नेतले वैशाख २५ गते साँझ मतदातलाई पैसा बाँडेको एमालेले आरोप लगाएको छ । एमाले समर्थक महिलाहरूले उम्मेदवार बस्नेतले मतदातालाई रुपियाँ बाँडिरहेको देखेपछि ९० हजार रुपियाँसहित बस्नेतलाई निर्वाचन अधिकृतको कार्यालय छेडागाडमा बुझाएको एमालेका जिल्ला अध्यक्ष करविर शाहीले बताए । काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष…

२०७४ बैशाख २६, मंगलवार २१:३४ गते  
निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग

स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत बालिबालिकाको प्रयोग गरेको अनुगमनका क्रममा पाइएको छ । वारेकोट गाउँपालिकामा एमाले र काङ्ग्रेस पार्टीको झण्डा र टिसर्ट लगाई बालबालिकाहरू निर्वाचन प्रचारमा हिँडेका छन् । राजनीतिक दललाई आचारसंहिता पालना गर्न पटकपटक अनुरोध गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले यस विषयमा…

२०७४ बैशाख २५, सोमबार १०:४३ गते  
निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत निष्पक्ष बन्नुपर्छः आयुक्त शाह

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन मतदान अधिकृतलाई निर्वाचन आयुक्त सुधिरकुमार शाहले निर्देशन दिएका छन् । आयुक्त शाहले वैशाख २३ गते जिल्ला निर्वाचन कार्यालय जाजरकोटले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मतदान अधिकृतहरूका लागि आयोजना गरेको तालिममा सम्बोधन गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन् । आयुक्त…

२०७४ बैशाख २३, शनिबार २१:१६ गते