साढे चार महिनादेखि जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवाग्राही प्रभावित
जिल्ला अस्पतालका प्रमुख डेन्टल सर्जन डा. चाँदनी जैसवाल साढे चार महिनादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । स्वास्थ्य सेवा विभागमा काजमा रहेकी जैयसवाल हाल वैदेशिक भ्रमणमा गएकी छन् । अस्पतालमा प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कामकारवाहीमा समेत समस्या आएको जिल्ला अस्पतालले जनाएको छ । कार्यालय प्रमुख मात्र होइन अस्पतालमा कार्यरत मेडिकल…
आठ महिनादेखि चामल ढुवानी नहुँदा बारेकोट क्षेत्रमा खाद्यान्न सङ्कट
प्रत्येक वर्षखाद्य सङ्कट झेल्दै आएको बारेकोट क्षेत्र र जिल्लाको पश्चिम क्षेत्रमा यो आर्थिक वर्षको लागि आठ महिनादेखि चामल ढुवानी नहँदा उक्त क्षेत्रमा खाद्यान्न सङ्कट परेको छ । नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डिपो, रग्दाको चौखा डिपो र पश्चिमको पजारुको घोगी तथा दशेरा डिपोमा यो आर्थिक वर्षो साउनदेखि नै चामल…
विश्व खाद्य कार्यक्रमद्वारा वितरित चामलमा ढुसी देखिएपछि चामल नष्ट
जाजरकोटका विद्यालयमा विश्व खाद्य कार्यक्रमले दिँदै आएको चामलमा ढुसी आएको फेला परेको छ । लिम्सा वितरण केन्द्रमा जनप्रतिनिधिकै सामुन्ने ढुसी लागेर खान अयोग्य एक बोरा चामल नष्ट गरिएको छ भने त्यस गोदाममा रहेका अन्य बोरा चामल हाललाई वितरणमा रोक लगाइएको छ । विश्व खाद्य कार्यक्रमले शिक्षाका लागि खाद्य कार्यक्रम इकाई…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जाजरकोटको आयोजनामा मानव अधिकार वर्ष पुस्तक-२०१८ को वार्षिक पूर्व समीक्षा कार्यक्रम खलङ्गामा पुस २ गते सम्पन्न भएको छ । जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिकलाई सचेतना गराउनु पर्नेमा जोड दिँदै जिल्ला जिल्लामा हुने मानव अधिकार उल्लङ्घनका घटनालाई इन्सेकले सङ्कलन गरी प्रत्येक…
मतपेटिका ल्याउँदै गरेको टोलीमाथि बम प्रहार एक जना घाइते
प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणमा सम्पन्न निर्वाचन अन्तरगत कुशे गाउँपालिका-१ को मतपेटिका बोकेर सदरमुकाम ल्याउँदै गरेको कर्मचारीको टोलीमाथी मङ्सिर ११ गते बिहान लक्षित गरी बम विष्फोट भएको छ । विष्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भाबेश रिमालले बताए । कुशे गाउँपालिका-१…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकताद्वारा वडाध्यक्ष अपहरण
कुशे गाउँपालिका-१ घरभई सोही वडाका वडाअध्यक्ष ३४ वर्षीय गोपाल नेपालीलाई मङ्सिर ९ गते बिहान नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेका छन् । बिहान २ बजे कुशे गाउँपालिका कार्यालय नजिक आफन्तको घरबाट नेपाल कम्युनिष्ट पार्टीका चार जनाको सङ्ख्यामा आएका सो पार्टीका कार्यकर्ताले अपहरण गरेको वडाध्यक्षका भाइ प्रमोद नेपालीले जानकारी दिए ।…
मतदातालाई कुटपिट गरेको आरोपमा उम्मेदवारलाई गाउँलेले लखेटे
बाजा बजाएको आरोपमा दलितमाथि कुटपिट गरेको भन्दै छेडागाड नपा-१२ र १३ का मतदाताले नेपाली काङग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजिवविक्रम शाह, प्रदेश सभा सदस्य जाजरकोट २ का उम्मेदवार दिपकजङ्ग शाह तथा उनीहरूको प्रचारप्रसारका लागि खटिएका कार्यकर्ताको टोलीलाई मङ्सिर ५ गते लखटेको स्थानीयबासीले बताएका छन् । वाम गठबन्धनको कार्यक्रममा बाजा बजाएको…
चुनावी सभामा गएको भन्दै कुटपिट
वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएर सहभागी भएको आरोप लगाउँदै नेपाली काङ्ग्रेसका कार्यकर्ताले छेडागाड नगरपालिका-१२ कार्कीगाउँकी ४३ वर्षीया मन्दरी दमाई र ४२ वर्षीय भाइ पृथी दमाईलाई कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । कार्कीगाउँकै मनघाटमा भएको वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएको भन्दै काङ्ग्रेसका कार्यकर्ताले कुटपिट गरी घाईते…
जिल्ला अस्पतालमा एक महिनादेखि औषधि अभाव
औषधि खरिदका लागि नगरपालिकाबाट बजेट निकाशा नभएपछि बिगत एक महिनादेखि जिल्ला अस्पताल जाजरकोटमा औषधि अभाव भएको छ । जिल्ला अस्पतालमा गज, कटन, ग्लोप्स, आरएल, सिप्रो, सिटामोल, मेट्रोलगायतका औषधि अभाव भएको जिल्ला अस्पतालका स्टोर किपर दशरथ लामिछानेले बताए । जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सरकारको नीति भएपनि हाल…
हिंसापीडित महिला न्याय खोज्दै सदरमुकाममा
कुशे गाउँपालिका-५ खुर्पाकी २३ वर्षीया जानुका सिंह घरेले हिंसाबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम खलङ्गामा भौँतारिइरहेकी छन् । उनलाई २४ वर्षीय पति दिपबहादुर सिंहले प्रायजसो कुटपिट गर्ने जानुकाले सुनाइन् । सधैँजसो मदिरा सेवन गरेर आउने र आफूलाई कुटपिट गर्ने गरेको पीडित महिलाको आरोप छ । पतिले गर्दै आएको…