अस्पतालमा बिरामीको चाप बढेपछि भुँइमा राखेर उपचार

जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले अस्पतालले बिरामीलाई भुँइमा राखेर उपचार गराउँदै आएको छ । ५० शैयाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुँइमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डाक्टर महेश सिलवालले बताए । अस्पतालमा अहिले झाडापखाला र टाउको दुखाई लगायत रोगका बिरामी उपचारका लागि बढी आउने गरेको उनले…

२०७५ चैत्र ९, शनिबार १९:५४ गते  
अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

नलगाड नपा–१ जुरेली स्थित एनसेलको टावरमा फागनु ११ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । एनसेलको टावरमा आगजनी गरेको विषयमा कसैले जिम्मेवारी नलिएको प्रहरीले जनाएको छ । अज्ञात पक्षले राति एनसेलको टावरमा आगजनी गरेपछि राति करिब ११ बजे स्थानीयबासीले आगो निभाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम खत्रीले जानकारी दिए…

२०७५ फाल्गुन १४, मंगलवार ११:३५ गते  
तालिमपछि व्यवसायिक बन्दै जाजरकोटका कैदीबन्दी

जिल्ला कारागार जाजरकोटका कैदी बन्दी तालिमपछि व्यवसायिक बन्दै गएका छन् । जसले गर्दा कारागारमा कैद भुक्तान गरी रहेका कैदी बन्दीको दिनचर्या परिवर्तन भएको छ । शिवालय गाउँपालिका–५ थलारैकरका ४० वर्षीय जयबहादुर शाहीले कारागारका कैदीबन्दीले तयार गरेका फर्निचर र अन्य सामग्रीको रेखदेख गर्दै आएका छन् । उनले कारागार प्रशासनसँग समन्वय गरी…

२०७५ माघ २०, आईतवार ०८:४० गते  
क्षमता भन्दा चौब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार जाजरकोटको क्षमता भन्दा चौब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । १५ जनाको क्षमता भएको जिल्ला कारागारमा हाल ५९ जना कैदीबन्दी रहेको कारागार प्रमुख तेजविक्रम शाहले बताए । शाहका अनुसार महिला र पुरुषका लागि छुट्टै भवन नभएको र एउटै भवनमा रहेका दुई ओटा हलमध्ये एउटामा…

२०७५ पुष १०, मंगलवार १३:२१ गते  
शिक्षकको पिटाइबाट विद्यार्थी घाइते

छेडागाड नगरपालिकाका एक शिक्षकले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन् । छेडागाड नगरपालिका–११ को बाल मावि झाप्राका शिक्षक पृथीबहादुर सिंहले रजिष्ट्रेशनको विषयलाई लिएर कक्षा ९ मा अध्ययनरत १५ वर्षीय शेरबहादुर बस्नेतलाई मङ्सिर ९ गते कुटपिट गरी रक्ताम्य बनाएका छन् । विद्यालयमा खुलेको रजिष्ट्रेशन फर्म भर्ने समयमा विद्यालयमा धेरै दिनसम्म अनुपस्थित रहेको…

२०७५ मंसिर ११, मंगलवार १३:४७ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम खलङ्गामा मङ्सिर ६ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका २५ ओटा घटना प्रस्तुत गरेका थिए ।…

२०७५ मंसिर ७, शुक्रबार २१:५२ गते  
अस्पतालमा डेढ महिनादेखि औषधिको अभाव

जिल्ला अस्पतालको फार्मेसी र स्टोरमा डेढ महिनादेखि अत्यावश्यक औषधि नहुँदा बिरामी निजी मेडिकलबाट महङ्गोमा खरिद गरेर उपचार गर्न बाध्य भएका छन् । जिल्ला अस्पतालका स्टोर किपर सुनिल शाहका अनुसार अस्पतालमा ब्रोफिन, सिटामोट, डाइजिन, मेट्रोमिडाजल, बुस्कोपान, जिवनजल, आर–एल, एन–एसलगायतका सलाइन र अत्यावश्यक औषधि ४५ दिनदेखि नभएको बताए । सरकारले बिरामीलाई निशुल्क…

२०७५ कार्तिक ११, आईतवार १९:१९ गते  
विशेषज्ञ चिकित्सक जिल्लामा नबस्दा स्वास्थ्य सेवा प्रभावित

जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थामा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी नबस्दा सर्वसाधारण गुणस्तरीय सेवाबाट वञ्चित भएका छन् । त्यस्तै स्वास्थ्य संस्थामा औषधि अभाव, उपकरण, भौतिक पूर्वाधारको कमीले स्थानीयबासीले जिल्ला भित्रै उपचार पाउन सकेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा र गर्खाकोटमा पाँच महिनादेखि डाक्टर छैनन् । लिम्सामा…

२०७५ आश्विन १२, शुक्रबार ०६:२१ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

शारीरिक रूपमा अशक्त ४९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नलगाड नपा–३ कैनाबजारका २१ वर्षीय दिपक बिकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २९ गते उजुरी दिएको छ । राम्रोसँग बोल्न नसक्ने,  बोल्दा लर्बराउने तथा शारीरिक अवस्था कमजोर रहेकी ती महिलालाई आरोपितले भदौ २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित…

२०७५ भाद्र ३०, शनिबार ०९:५२ गते  
उपचारमा लापरवाही गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

छेडागाड नपा–१० की ३८ वर्षीया पञ्चकला नाथ योगीको उपचारका क्रममा स्वास्थ्यकर्मीको लापरवाहीबाट मृत्यु भएको भन्दै स्थानीयबासी र आफन्तले कारबाहीको माग गरेपछि घटनाका आरोपित सोही नपा–५ थलहबजारस्थित जयलक्ष्मी मेडिकल फर्मका सञ्चालक तिलकबहादुर बोहोरालाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । ज्वरो आउने गरेपछि उपचारका लागि जयलक्ष्मी मेडिकल फर्म गएकी योगीको…

२०७५ भाद्र ३०, शनिबार ०९:४३ गते