बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
शारीरिक रूपमा अशक्त ४९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नलगाड नपा–३ कैनाबजारका २१ वर्षीय दिपक बिकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २९ गते उजुरी दिएको छ । राम्रोसँग बोल्न नसक्ने, बोल्दा लर्बराउने तथा शारीरिक अवस्था कमजोर रहेकी ती महिलालाई आरोपितले भदौ २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित…
उपचारमा लापरवाही गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार
छेडागाड नपा–१० की ३८ वर्षीया पञ्चकला नाथ योगीको उपचारका क्रममा स्वास्थ्यकर्मीको लापरवाहीबाट मृत्यु भएको भन्दै स्थानीयबासी र आफन्तले कारबाहीको माग गरेपछि घटनाका आरोपित सोही नपा–५ थलहबजारस्थित जयलक्ष्मी मेडिकल फर्मका सञ्चालक तिलकबहादुर बोहोरालाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । ज्वरो आउने गरेपछि उपचारका लागि जयलक्ष्मी मेडिकल फर्म गएकी योगीको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा–५ का २६ वर्षीय गोपाल कामीलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा भदौ…
मापदण्ड पूरा नगरी सञ्चालित औषधि पसललाई बन्द गर्न स्थानीय प्रशासनको चेतावनी
मापदण्ड पूरा नगरी सञ्चालित भएका औषधि पसललाई तत्काल बन्द गर्न स्थानीय प्रशासनले चेतावनी दिएको छ । जिल्ला सदरमुकाम, नलगाड नपास्थित कालिमाटी, छेडागाड नपास्थित थलह बजार र कुशे गाउँपालिकाको पाँचकाटियामा सञ्चालनमा रहेका अधिकांश औषधि पसल मापदण्ड पूरा नगरी सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोट सदरमुकाम भित्र रहेका…
दुई महिनादेखि ढुवानी नहुँदा बारेकोटमा खाद्यान्न सङ्कट
बारेकोट गाउँपालिकामा दुई महिनादेखि खाद्यान्न सङ्कट देखिएको छ । असिनापानीले हिउँदेबाली नष्ट गरिदिएको, खाद्य डिपोमा चामल नभएको र बाटो बिग्रिएकाले खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न सङ्कट भएको हो । गाउँपालिकामा किनेर खाने अन्न समेत पाउन छाडेपछि स्थानीयबासी चरम खाद्यान्न सङ्कटको चपेटमा परेका छन् । सक्ला, नायकवाडा, रामीडाँडा र रोकायगाउँका बासिन्दा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा साउन २८ गते गरिएको थियो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा-४ का ३३ वर्षीय सविन चन्दलाई साउन १६ गते गिरफ्तार गरेको छ । आरोपितले साउन ७ र ८ गते पीडितलाई बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । त्यसैगरी सोही दिन १५ वर्षीया अर्की बालिकालाई…
स्वास्थ्यकर्मीद्वारा नगरपालिका कार्यालयमा धर्ना, सेवाग्राही प्रभावित
पाँच महिनादेखि तलब नपाएको भन्दै जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले असार २७ गते भेरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । स्वास्थ्यकर्मीहरूले जिल्ला अस्पतालको सम्पूर्ण सेवा ठप्प गरेर नगरपालिकामा धर्नामा सहभागी भएपछि सेवाग्राही प्रभावित भएका हुन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले यस विषयमा असार २६ गते जिल्ला प्रशासन कार्यालयमा र असार २७ गते…
शिशु हत्याको कसुरमा जन्मकैदको फैसला
नवजात शिशुको हत्या गरेको कसुरमा नलगाड नपा-१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश देवकुमार गिरीको इजलासले 'अवैध सम्बन्ध'बाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित असार १९ गते जन्मकैदको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए । शिव व्यवसायिक माध्यमिक…
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बाँके जिल्ला कोहलपुर नपा-१२ मसुरीखेतका २७ वर्षीय हेमराज खड्कालाई जिल्ला अदालत जाजरकोटले असार १७ गते पाँच वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश देवकुमार गिरीको इजलासले हेमराजलाई पाँच वर्षकैद सजाय र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार मेघनाथ चपाईले जानकारी…