गाउँमा मौसमी फ्लु फैलियो, स्वास्थ्य संस्थामा औषधि अभाव

जुनिचाँदे गाउँपालिका १० र ११ सिर्फ कोर्ताङमा मौसमी फ्लुका कारण स्थानीयहरू बिरामी परेका छन् । सदरमुकाम खलङ्गा बाट दुई दिनको पैदल दुरीमा रहेको सिर्फा एक हप्तादेखिे मौसमी फ्लु देखा परेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख गौरब ढकालले बताए । जिल्ला सदरमुकामस्थित स्वास्थ्य कार्यालयबाट औषधि पठाउने तयारी भइरहेको भएपनि वर्षात्का कारण…

२०७६ भाद्र १६, सोमबार १५:५० गते  
यौन दुर्व्यवहार गरेको कसुरमा घटनाका आरोपितलाई डेढ वर्षको कैद फैसला

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, जाजरकोटले भारतको उत्तर प्रदेश जिल्ला रामपुर तहशिल सहारा स्थायी घर भई हाल जाजरकोटमा कपडाको व्यापारका लागि आएका ४० वर्षीय व्यापारी सलिम गुड्डुलाई डेढ वर्षो कैद र १५ हजार रुपियाँ जरिबानाको सजाय सुनाएको छ । न्यायाधीश देवकुमार गिरीको इजलासले भदौ ५…

२०७६ भाद्र ५, बिहीबार १६:५१ गते  
महिलामैत्री शौचालय नहुँदा पठनपाठनमा समस्या

जिल्लामा रहेका कुनै पनि विद्यालयहरूमा महिलामैत्री शौचालय नहुँदा पठनपाठनमा समस्या भएको विद्यालयमा पठनपाठन गर्ने शिक्षिका तथा अध्ययनरत छात्राहरूले गुनासो गरेका छन् । महिलामैत्री शौचालय नहुँदा महिनावारी भएका बेला चार दिनसम्म विद्यालय जान नपाउने भएकाले पठनपाठनमा समस्या हुने गरेको उनीहरूको गुनासो रहेको छ । जिल्लामा रहेका ४ सय ५८ सामुदायिक विद्यालय,…

२०७६ श्रावण २६, आईतवार २०:३७ गते  
जनशक्ति र भौतिक संरचना नहुँदा न्यायिक समितिबाट प्रभावकारी काम हुन सकेन

सङ्घीय संरचना संगै स्थानीय तहको निर्वाचन भएर स्थानीय तहमा जनप्रतिनिधिको उपस्थिति भएको पनि साढे दुई वर्ष पुग्न थालेको छ । नगरपालिका तथा गाउँपालिकामा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा स्थानीय तहबाट प्रदान गरिँदै आएको न्यायिक समितिको न्याय सम्पादन सर्वसाधारणका लागि भनै झञ्झटिलो र पीडितमूखी हुन नसकेको न्यायिक समितिका संयोजक तथा सदस्यहरूले समेत…

२०७६ श्रावण २६, आईतवार ०९:०१ गते  
एम्बुलेन्स सेवाको व्यवस्था नहुँदा बिरामीलाई समस्या

जिल्लाका ६ ओटा स्थानीय तहमा एम्बुलेन्स नहुँदा यस क्षेत्रका गम्भीर प्रकृतिका बिरामीहरूले समस्या भोग्नुपरेको छ । नलगाड नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल लैजान समस्या हुने गरेको हो । जिल्ला सदरमुकाममा रहेको जिल्ला अस्पतालसम्म पुग्न पनि स्थानीयतहबाट लामो दुरी रहेकाले…

२०७६ श्रावण २६, आईतवार ०७:१५ गते  
जाजरकोट अस्पतालमा तीन सातादेखि औषधि अभाव

कर्णाली प्रदेश सरकारको मताहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको छ । तीन सातादेखि अस्पतालमा औषधि अभाव भए पनि आपूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ । इन्जेक्सन, सिफेकजन, एमपी, कोलकसा, पाराफ्लाम, डिएफओ जेल इनजेक्सन, घाउमा लगाउने मल्हम, जीवनजल, पेनटपलगायतका औषधि अभाव भएको हो । डाक्टरले लेखिदिएको पुर्जा लिएर अस्पतालको…

२०७६ श्रावण १४, मंगलवार ११:४७ गते  
नगरपालिकाका कर्मचारीमाथि सेवाग्राहीबाट कुटपिट

छेडागाड नगरपालिकाका सव-इन्जिनियर २७ वर्षीय भुपेन्द्र खत्रीमाथि छेडागाड नपा-१० का २९ वर्षीय नविन खड्काले कार्यकक्षमै कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । नगरपालिकाको प्राविधिक शाखामा काम गरिरहेका सव-इन्जिनियर खत्रीमाथि असार २४ गते खड्काले हातपात गरेको पीडित पक्षको आरोप छ । पीडितका अनुसार आरोपित खड्काले उनीमाथि हातपात गर्नुका साथै काम…

२०७६ असार २५, बुधबार ११:२९ गते  
प्रतिबन्धित नेकपाद्वारा विभिन्न स्थानीय तहमा तालाबन्दी

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जाजरकोट जिल्लाका पाँचओटा स्थानीय तहमध्ये दुई ओटा नगरपालिका, एउटा गाउँपालिका कार्यालय र यिनै स्थानीय तहका आठ ओटा वडा कार्यालयहरूमा असार २२ गते राति ताला लगाएको छ । छेडागाड नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको सम्बन्धित कार्यालयले जनाएका छन्…

२०७६ असार २३, सोमबार १६:४८ गते  
दुषित पानीका कारण सदरमुकाममा झाडापखालाको प्रकोप

वर्षात् सुरू भएपछि सदरमुकाम खलङ्गामा वितरण परिने पानीका मुहानहरूमा समेत भेल मिसिने हुँदा सदरमुकामबासीले पिउने पानी दुषित भएपछि विभिन्न खाले रोगको सङ्क्रमण देखिन थालेको छ । जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिका वडा नम्बर ३ र ४ का स्थानीयहरूले पिउँदै आएको पानीको मुख्य मुहान बुदबुदिमा कोलिर्फमको मात्रा अत्याधिक हुँदा सो समस्या…

२०७६ असार २३, सोमबार १६:३६ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भेरी नपा-१२ कुदुका २७ वर्षीय तुला सुनार र २० वर्षीय नैन सुनारलाई जनही तीन वर्षकैद र २०/२० हजार रुपियाँ जरिवानाको सजाय सुनाएको छ । न्यायाधीश देवकुमार गिरीको इजलासले आरोपितद्वयलाई असार १६ गते दोषी ठहर गर्दै सजाय सुनाएको जिल्ला अदालत, जाजरकोटले जनाएको…

२०७६ असार १७, मंगलवार १३:०१ गते