राष्ट्रिय परिचय पत्र नबनाए भत्ता नपाउने सूचनाले ज्येष्ठ नागरिकहरुलाई सास्ती

राष्ट्रिय परिचय पत्र नबनाए भत्ता नपाउने सूचनाले ज्येष्ठ नागरिकहरुलाई सास्ती भएको छ ।  राष्ट्रिय परिचय पत्र नबनाएमा सरकारले दिने सामाजिक सुरक्षा भत्ता नदिने सूचना पाएपछि परिचय पत्र बनाउनका लागि ज्येष्ठ नागरिकहरुलाई बर्खाकाे समयमा सास्ती खेप्नु परेकाे हाे । सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता राष्ट्रिय परिचय पत्र नभएका ज्येष्ठ नागरिकले…

२०८१ असार २३, आईतवार १८:०५ गते  
नेपाल मानव अधिकार वर्षपुस्तक अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकर वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरेका मानव अधिकार सम्बन्धिका घटनाहरुको अर्धवार्षिक समीक्षा असार १३ गते सम्पन्न गरिएको हो । जिल्लामा मानव अधिकार उलंङ्घनका घटनाका बारेमा सरोकारवाला निकाय समक्ष प्रस्तुत गरिएको थियो । इन्सेका जिल्ला प्रतिनिधि बासुदेव शर्माले सन् २०२४ जानवरी देखि जुन सम्म ६ महिना भित्र…

२०८१ असार १३, बिहीबार १७:३६ गते  
बाल विवाह न्युनीकरणकाे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र

इन्सेकको अगुवाइ तथा बाल विवाह विरुद्ध साझा अभियानको संयुक्त टोलीले बालविवाह न्युनीकरणकाे माग गर्दै असार ६ गते शिवालय गाँउपालिकाकामा ध्यानाकर्षण पत्र बुझाइएको छ । गाँउ बस्तीमा बाल विवाहको समस्यालाई स्थानीय सरकारको न्युनीकरणमा ध्यान नपुगेपछि गाँउपालिकाको ध्यानाकर्षण गरि आगामी गाँउ सभाबाट बाल विवाह विरुद्धका कार्यक्रमलाई प्रभावकारी बनाउन शिवालय गाँउपालिकाका अध्यक्ष शेरबहादुर…

२०८१ असार ७, शुक्रबार १४:१६ गते  
एक हप्तादेखि अवरुद्ध विद्युत् सेवा सुचारु नहुँदा सेवा प्रवाह सँगै सेवाग्राहीलाई समस्या

एक हप्तादेखि अवरुद्ध विद्युत् सेवा सुचारु नहुँदा इलाका प्रशासनको  सेवा प्रवाह सँगै सेवाग्राहीलाई समस्यामा भएको छ । छेडागाड नगरपालिका–५ स्थित चंखेलीमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा केन्द्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएपछि एक हप्ता देखि सेवा प्रवाहमा र सेवाग्राहीलाई समस्या भएको हो । इलाका प्रशासन कार्यालयमा विद्युत् नहुँदा वैकल्पिक सोलार…

२०८१ जेष्ठ २६, शनिबार १२:५७ गते  
जुनीचाँदे गाउँपालिकामा खाद्यान्न सङ्कट

जुनीचाँदे गाउँपालिकाममा खाद्यान्न सङ्कट भएको छ । गाउँपालिकाको  जुर्क, निपाने, मैनपाखा, ढडगाँउ र साकीयाँ गाउँमा खाद्यान्न सङ्कट भएको हो । ज्यालामजदुरीबाट जिविकोपार्जन गरेका स्थानीयबासीलाई खाद्यान्न सङ्कट परेपछि सास्ती पाउन थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री केन्द्रमा चालम नभएपछि नागरिकहरु रित्तो फर्किने गरेका छन् । जिल्ला खाद्य…

२०८१ जेष्ठ १८, शुक्रबार १६:०१ गते  
अधिकारकर्मीद्वारा जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र

न्यायका लागि राष्ट्रिय महिला अभियान र इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालकाे संयोजनमा जेठ १६ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ । महिला अधिकारसम्बन्धी कानुनी व्यवस्था भएपनि सरकारले केही ऐन संशोधन, न्याय प्रणालीको प्रभावकारी कार्यान्वयन लगाएतका विषय समेटेर तयार गरी १७ औँ गणतन्त्र दिवस तथा राष्ट्रिय महिला अधिकार दिवसको…

२०८१ जेष्ठ १७, बिहीबार १३:३४ गते  
पाँच महिनादेखि तलब नपाएको शिक्षकहरुको गुनासो

जुनीचाँदे गाउँपालिकामा नेपाल सरकारको अनुदान दरबन्दीमा कार्यरत शिक्षकहरुले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । जुनीचादे गाउँपालिका–६ भानुभक्त हिमालय माध्यमिक विद्यालयमा कार्यरत नेपाल सरकारको अनुदान दरबन्दीका १२ जना शिक्षकहरुले पाँच महिनादेखि तलब नपाएपछि गुनासाे गरेका हुन् । सङ्घीय सरकारको अनुदान दरबन्दीमा काम गरेका १२ जना शिक्षकले तलब विहीन काम…

२०८१ जेष्ठ ११, शुक्रबार १२:५० गते  
सात महिनादेखि स्वास्थ्य सेवा त्रिपालमुनिबाट, सेवाग्राहीलाई समस्या

नलगाड नगपालिकाको प्राथमिक नगर अस्पतालले त्रिपालमुनिबाट सेवा प्रवाह गरिरहेको छ ।  गत वर्ष कात्तिक १७ गते मध्यरात गएको विनाशकारी भूकम्पले नलगाड नगरपालिका स्थित नगर अस्पताल भवन भत्किएपछि ७ महिना वित्दासमेत मर्मत नभएपछि त्रिपालमुनिबाट सेवा प्रवाह दिदै आएको हो । त्रिपालमुनिबाट सेवा प्रवाहमा सेवाग्राहीलाई समस्या भएको छ । ६ बर्षीया छोरी…

२०८१ जेष्ठ ८, मंगलवार १४:४२ गते  
बाल विवाह न्यूनीकरणका लागि नगर उपप्रमुखलाई ध्यानाकर्षण पत्र

इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जाल र बाल विवाह विरुद्ध साझा अभियानले बालविवाह न्यूनीकरणका लागि जेठ ६ गते भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । गाउँबस्तीमा बाल विवाहको समस्यालाई स्थानीय सरकारले न्यूनीकरणमा ध्यान नपुगेपछि ध्यानाकर्षण गर्न नगरकार्यपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । समाजमा गरिब, विपन्न, आर्थिक अवस्था कमजोरीका…

२०८१ जेष्ठ ७, सोमबार १६:५२ गते  
मुहान सुक्न थालेपछि खानेपानीको समस्या

मुहान सुकेपछि गाउँबस्तीमा खानेपानीको समस्या भएको छ । भूकम्पले ठाउँ ठाउँमा जमिन भासिएकाे कारण याे सुक्खा खडेरीमा मुहानमा पानी सुकेपछि खानेपानीको समस्या भएको हो । भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका विभिन्न गाउँ बस्तीमा पानीका मुहान सुकेपछि खानेपानीको हाहाकार भएको हो । गत कात्तिक १७ गते मध्यरात…

२०८१ बैशाख २४, सोमबार १२:५५ गते