जाजरकोटका १ सय २७ विद्यालयमा दरबन्दी शून्य
भेरी नपा–१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेपनि तर कक्षा ९ र १० मा शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राखेर १० वर्षदेखि पठनपाठन भइरहेको छ । निजी श्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई निकै भार परिरहेको विद्यालयका प्रधानाध्यापक विनोद सहनीले बताए । ‘विद्यार्थीबाट एकमुष्ट…
हत्या घटनाका आरोपित गिरफ्तार
भेरी नपा-१ पिपेकी ४८ वर्षीया लिला रानाको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देउरानी सगुनी रानालाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । गाईवस्तुलाई घाँस काट्न भन्दै कात्तिक २ गते बिहान सगुनीसँगै जङ्गल गएकी लिलाको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको भन्दै परिवारजनले मृतकको शवको कात्तिक ३ गते दाहसंस्कार…
सत्तारूढ नेकपा नेतालाई प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा कुटपिट गरेको आरोप
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट सहइञ्चार्ज निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरबहादुर सिंहलाई कात्तिक ६ गते बिहान ७ बजे नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबिन्धित नेकपाका कार्यकर्ताले कुटपिट गरेको पीडित पक्षको आरोप छ । सत्तारूढ नेकपाको बारेकोट गाउँपालिका समितिका पदाधिकारीहरूको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा जाने…
जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा
छेडागाड नपा–१३ थानबाडाकी तीलसरी खत्री छातिसम्बन्धी समस्या लिएर जिल्ला अस्पताल, खलंगा पुगिन् । तर, विशेषज्ञ डाक्टर अस्पतालमा नहुँदा उपचार हुन नसकेपछि उनले कोहलपुरस्थित मेडिकल कलेजमा गएर उपचार गराइन् । भेरी नपा–३ मा रहेको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा तीलसरी जस्तै अन्य बिरामी पनि सेवा नपाएपछि अन्यत्र गएर उपचार गराउँछन् ।…
हत्या गरेको कसुरमा १० वर्ष जेल सजायको फैसला
नेपाल विद्यार्थी सङ्घका पुर्व केन्द्रिय सदस्य रविन्द्र शमसेर शाहको हत्या गरेको कसुरमा कुसे गाउँपालिका–५, दम्दालाका ३२ वर्षीय बलबहादुर मल्ल पौरखलाई जिल्ला अदालत जाजरकोटले १० वर्षको जेल सजायको फैसला गरेको छ । न्यायाधीश देवकुमार गिरीको एकल इजलासले रविन्द्र शमशेरको हत्या गरेको कसुरमा बलबहादुर मल्ललाई असोज २९ गते १० वर्षको जेल सजायको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा–३ थाप्लेका २० वर्षीय प्रवेश शाह र २१ वर्षीय रविन परियारलाई असोज २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर केशरबहादुर कार्कीले बताए । पीडित बालिकालाई आरोपितले असोज १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा…
एम्बुलेन्स बिग्रिएपछि चार महिनादेखि बिरामीलाई सास्ती
जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स बिग्रिएको चार महिना बितेपनि बजेट अभावमा मर्मत नहुँदा बिरामीलाई उपचारमा समस्या परेको छ । दैनिक जसो बिरामीलाई अस्पताल लैजान र अस्पतालबाट घरसम्म पुर्याउन तथा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उपचारका लागि जिल्ला बाहिर लैजान सेवा दिँदै आएको एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई सास्ती भएको छ । एम्बुलेन्स अभावमा…
श्रम गरेको ज्याला नपाएको मजदुरको गुनासो
नलगाड नपा–१० का अनक नेपालीले काम गरेको ज्याला माग्दै, ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । दुई वर्षदेखि ज्यालाका लागि सम्बन्धित निकाय धाएको भएपनि यो अवधिमा काम गरेको ज्याला नपाएको र काम लगाउने ठेकेदारलाई नै पनि भेट्न नपाएको नेपाली बताउँछन् । ‘काममा साक्षी पठाएर काम गर्न लगाए । अहिले…
जाजरकोट अस्पतालमा औषधि अभाव, उपचारमा समस्या
जाजरकोट जिल्ला अस्पतालमा सरकारले निःशुल्क दिने भनेका सामान्य खालका औषधि पनि पाइन छोडेको छ । जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव हुँदा उपचारमा समस्या भएको हो । दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकीलगायतका बिरामीको चाप बढ्दै गएको भएपनि औषधि नहुँदा समस्या भएको स्वास्थ्यकर्मीको भनाई छ । अस्पतालले नयाँ आर्थिक वर्ष…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २२ गते जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा मौखिक उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपित बालकलाई गिरफ्तार गरी घटनाको अनुसन्धान…