पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
नलगाड नपा–१ चिउरी निवासी ४२ वर्षीया भगवती शाहीको हत्या भएको घटनाका आरोपित ४५ वर्षीय पति लेकबहादुर नेपालीलाई प्रहरीले ०७९ असार १३ गते गिरफ्तार गरेको छ । घटना भएको एक हप्तापछि उक्त घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । चिउरीको जङ्गलमा एक महिलाको शव सडेको अवस्थामा रहेको स्थानीय गाँउलेले खवर गरेपछि…
सडक निर्माणका क्रममा खानेपानीका पाइप भत्किएपछि अस्पतालमा खानेपानीको समस्या
खलंगा–जुम्ला सडक निर्माणका क्रममा डोजरले सडक खन्दा खानेपानीका पाइप भत्किएपछि जिल्ला अस्पताल खंलगामा एक हप्तादेखि खानेपानीको समस्या भएको छ । सदरमुकाम खलंगाको तल्लो थाप्लेमा खानेपानीको अभाव हुँदा त्यस क्षेत्रमा रहेका स्थानीयवासीसँगै, अस्पताल, शिक्षण संस्था र सरकारी कार्यालयमा खानेपानीको समस्या भएको हो । खानेपानीकको समस्या देखिएपछि अस्पतालका विरामी, त्यस क्षेत्रका विद्यार्थी…
अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जाजरकोट जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको अर्ध बार्षिक पूर्व समीक्षा कार्यक्रम सदरमुकाम खलंगामा जेठ २३ गते सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय, जाजरकोटका जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेलले मानव…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भेरी नगरपालिका–१ रिम्नाका ४८ वर्षीय खिमबहादुर रानालाई प्रहरीले जेठ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २२ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडितले जेठ २३ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उजुरी दिएपछि सोही दिन इलाका प्रहरी कार्यालय रिम्नाबाट खटिएको प्रहरीले गिरफ्तार…
नलगाडको एक विद्यालयमा तोडफोड, आरोपित गिरफ्तार
नलगाड नगरपालिका–५ रघुनाथ सेराखेत स्थित श्री जनकल्याण आधारभुत विद्यालयमा जेठ १८ गते राति तोडफोड भएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले नलगाड नगरपालिका–५ रघुनाथका २० वर्षीय जनक ओली र सोही ठाउँका २१ वर्षीय विनोद खत्रीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर पुष्कर पन्तले बताउनु भयो । घटनाको जानकारी पाए…
भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट, एक जनाको मृत्यु, आरोपित गिरफ्तार
जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय रेशमबहादुर खड्काको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यू भएको थियो । घटनामा परी अन्य दुईजना घाइते ३२ वर्षीय बिर्खबहादुर खड्का र ३३ वर्षीय चक्रबहादुर खड्काको विरेन्द्रनगर सुर्खेतमा रहेको प्रदेश…
राजनीतिक दलका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाईफायर
कुशे गाउँपालिका–९ जुर्गेमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता बीचमा भएको झडपमा नेपाली काँग्रेसका कार्यकर्ता कुशे गाउँपालिका–९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएका छन् । ढुङ्गाले टाउकोमा चोट लागेका घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका करिब एक सय…
कानूनी प्रकृयामा जानका लागि इन्सेकद्वारा पीडितलाई सहयोग प्रदान
प्रहरीबाट यौन हिंसामा परेको बताउँदै आएकी ३८ वर्षीया एक महिलालाई कानूनी प्रकृयामा जानका लागि इन्सेकले वैशाख १२ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । जाजरकोटस्थित मानव अधिकार रक्षक सञ्जाल र इन्सेक जिल्ला प्रतिनिधिको सिफारिसमा मानव अधिकार सहायता कक्ष कर्णाली प्रदेश सुर्खेतको निर्णय अनुसार आर्थिक अवस्था कमजोर रहेकी पीडितलाई…
मानव अधिकार उल्लङ्घनका पीडितका लागि रिफरल संयन्त्र गठन
मानव अधिकार रक्षक सञ्जाल जाजरकोटको वैशाख १० गतेको बैठकले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरुको सहयोगको लागि रिफरल संयन्त्र गठन गरेको छ । मानव अधिकार रक्षक सञ्जाल जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहको अध्यक्षतामा बसेको बैठकले मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई सहयोग तथा न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पुर्याउन…
मोसो दलेर दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका तत्कालिन निमित्त व्यवस्थापक टिकाराम जैसीमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष भेरी नगरपालिका–४ का २३ वर्षीय दिपेन्द्र सिंहलाई वैशाख ५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास निरौलाले बताउनु भयो ।…