कर्णालीबासी कुपोषणको शिकार कहिले सम्म ?
'मसान हटाउन झारफुक गर्नसम्म गरियो । गाउँभरिका धामीझाँक्री कोही बाँकी छैनन् । निको भएन ।'-नौ महिने छोराको उपचारका लागि सुर्खेत आएकी धौलागोह-३, कालिकोटकी सीता विकले स्वास्थ्य चौकी पुगेपछि मात्र बच्चा कुपोषित भएको थाहा पाइन् । आफ्नो बच्चाको अवस्थाबाट चिन्तित् सीताले भनिन्-'कुपोषणसँग हामी कहिलेसम्म लड्ने ? उनको भनाइबाट सीताको भनाइले कर्णालीमा…
जिल्ला अस्पतालमै अत्यावश्यक औषधिको अभाव भएपछि बिरामीलाई समस्या
जिल्ला अस्पताल कालिकोटमा जाडो महिनामा अति आवश्यक पर्ने औषधिको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । जाडो महिनाका लागि अत्यावश्यक औषधिहरू सिटामोल, डिकोल्ड, वुस्कोपान, मेट्टो, एसिलक्स, वुस्कोपान इन्जेक्सन, कोटि्रललगायतका औषधिहरूको अभाव रहेको जिल्ला अस्पताल कालिकोटका निमित्त प्रमुख मोहम्मद ओजिर आलमले जानकारी दिए । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि गाउँका स्वास्थ्य…
बालिका बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित दाहा गाविस-४ का ५८ वर्षीय नमराज शाहीलाई मङ्सिर २२ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ । बालिकालाई कात्तिक १८ गते बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै जिल्ला…
अपाङ्गता परिचय-पत्र नपाउँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित
निवेदन दिएको एक वर्षसम्म अपाङ्गता परिचय-पत्र नपाएपछि दाहा गाविस-९ की १४ वर्षीया लक्ष्मी मल्ल सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकी छन् । जिल्ला अस्पताल कालीकोटले ०७२ मङ्सिर ७ गते शरीरको तल्लो भाग नचल्ने भएकाले पीडित लक्ष्मी मल्ललाई परिचय-पत्र दिन सिफारिस गरेको भए पनि महिला तथा बालबालिका कार्यालय प्रमुख सीता थापासँग सामान्य…
कुपोषणका कारण बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्रीको चासो
कुपोषणबाट मृत्यु भएकी सिप्खाना गाविस-४ की १४ महिने सुशीला योगीको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक ३० गते स्वास्थ्यमन्त्रीसमक्ष चासो राखेका छन् । पीडित बालिकाको कात्तिक २६ गते कुपोषणबाट मृत्यु भएको उनका घरपरिवारले बताएको समाचार सञ्चारमाध्यामहरूमा आएपछि प्रधानमन्त्रीले चासो राखेका हुन् । आवश्यक मात्रामा पौष्टिक आहार नपाएपछि कुपोषण…
समाचार लेखेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप
प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष एवम् नागरिक दैनिकमा कार्यरत २८ वर्षीय पवित्र शाही र कारोबार दैनिकमा कार्यरत ३२ वर्षीय रमेश रावललाई समाचार लेखेको आरोपमा प्रहरी टोलीले असोज ९ गते दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन् । पत्रकारद्वय आफ्नो कोठामा सुतेको अवस्थामा प्रहरीले घरबाट बाहिर निकाली सरकारी कार्यालयको समाचार लेख्ने भन्दै…
सुत्केरी महिलाले सामाजिक सुरक्षा भत्ता पाएनन्
नेपाल सरकारले सुत्केरी महिलालाई दिने गरेको सामाजिक सुरक्षा भत्ता फोइमहादेव गाविसका महिलाहरूले नपाएको गुनासो गरेका छन् । फोइमहादेव गाविस–४ की २५ वर्षीया कमला कटुवालले गाउँमा रहेको बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी भएपनि सो बापत पाउने १ हजार ५ सय रुपियाँ सुत्केरी भत्ता र अस्पतालमा नियमित गर्भवति अवस्था चेकजाँच गराएवापत थप चार…
क्षमता भन्दा दोब्वर थुनुवा, बसोबासमा समस्या
जिल्ला प्रहरी कार्यालय कालिकोटमा हिरासतको क्षमता भन्दा दोब्वर थुनुवा भएपछि बसोबासमा समस्या भएको थुनुवाहरूले गुनासो गरेका छन् । जीर्ण अवस्थामा रहेको थुनुवा कक्षमा महिला पाँच जना र पुरुष पाँच जनाको क्षमता छ । तर, अहिले हिरासतमा १५ जना पुरुष, पाँच जना महिला गरी २० जना थुनुवा र दुई जना नाबालक…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भर्ता गाविस-१ का २८ वर्षीय धोजे विकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले असोज ५ गते गिरफ्तार गरेको जनाएको छ । पीडित महिलालाई आरोपितले असोज ५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीलाई मौखिक उजुरी गरपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी…
खाद्य सङ्कटलगायतका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
कर्णाली क्षेत्रमा हुने गरेको खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्नका लागि भूगोल र हावापानी सुहाउँदो सिञ्चाई प्रविधिको विकास र तत् सम्बन्धि कार्यक्रम र्सार्वजनिक गर्नुपर्ने मागसहित कालीकोटबासीले भदौ २९ गते प्रधानमन्त्रीलाई आठबुँदे ज्ञापन पत्र बुझाएका छन् । कर्णालीका नागरिकहरूकोतर्फबाट कर्णाली कृषि तथा खाद्य सरोकार समूह, सञ्चारकर्मी, अधिकारकर्मी र नागरिक समाजको टोलीले जिल्ला…