सशस्त्र द्वन्द्वमा विस्थापित परिवारले अझैसम्म पनि राहत पाएनन्

विगत सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादी पक्षबाट विस्थापित भएका परिवारले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत मृत्यु, बेपत्ता, विस्थापित र अपहरण भएका पीडित तथा परिवारका नाममा राहत रकम निकासा भई आएपनि १ सय ६७ विस्थापित परिवारको नाम छुटेपछि उनीहरूले…

July 20, 2017  
बहुविवाह घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

पलाता गाउँपालिका-६ का ३५ वर्षीय लङ्क बुढाले जुम्ला जिल्लाकी २२ वर्षीया एकु रोकायासँग बहुविवाह गरी भागेको भन्दै लङ्ककी जेठी पत्नी ३२ वर्षीया सूचना बुढाले जिल्ला प्रहरी कार्यालय कालिकोटमा जेठ २५ गते उजुरी दर्ता गराएकी छन् । आरोपित बुढाले जेठ १८ गते एकुसँग विवाह गरेको आरोपमा पीडित महिलाले उजुरी दिएको बताएकी…

June 8, 2017  
गणतन्त्र दिवसका अवसरमा इन्सेककर्मी सम्मानित

१० औँ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा इन्सेक कालिकोटका जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई जेठ १५ गते सम्मान गरिएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गरिएको आन्दोलनका क्रममा मानव अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश केशवकुमार पाण्डेले उनलाई सम्मानपत्र प्रदान गरिएको हो ।

May 30, 2017  
प्रहरी हवल्दारद्वारा म्यादी प्रहरीलाई कुटपिट गरेको आरोप

खाडाँचक्र नपा-३ घरभई जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत म्यादी प्रहरीहरू १९ वर्षीय अविराम पाण्डे, २१ वर्षीय प्रभुजन सेजुवाल, २० वर्षीय लोकेन्द्र न्यौपाने, २० वर्षीया नौरा बुढालाई दैलेख घरभई सोही प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३१ वर्षीय प्रेम चन्दले जेठ ८ गते कुटपिट गरेको पीडितहरूले आरोप लगाएका छन् । पीडित पाण्डेले…

May 23, 2017  
सुरक्षाकर्मीले चलाएको गोली लागि उम्मेदवारको मृत्यु

नरहरीनाथ गाउँपालिका-७ नन्दादेवी मावि शेरापाटा मतदान केन्द्रमा वैशाख ३१ गते सुरक्षाकर्मीले चलाएको गोली प्रहारबाट घाइते भएका सोही ठाउँका राप्रपाका वडा अध्यक्ष उम्मेदवार ३९ वर्षीय धनरुप वटालाको जेठ १ गते मृत्यु भएको छ । सोही ठाउँको नन्ददादेवी मावि शेरापाटा मतदान केन्द्रको मतपेटिका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कब्जा गरेर जलाएपछि उक्त स्थानमा सुरक्षाकर्मीले गोली…

May 15, 2017  
विभिन्न ठाउँमा बम विष्फोट, मतदाता त्रसित

खाँडाचक्र नगरपालिका र पलाता गाउपालिकालगायत विभिन्न ठाउँमा वैशाख ३० गते बिहान बम विष्फोटन भएपछि यहाका स्थानीय मतदाताहरू त्रसित भएका छन् । बिहान १ बजेको समयमा पलता गाउँपालिका थिर्पू धौलागोहलगायतका स्थानमा विष्फोट भएको सोही गाउँपालिका काङ्ग्रेसका अध्यक्ष उम्मेदवार केशरसिंह बमले वताए । उनले बिहानको समयमा बम विष्फोट गरेपछि स्थानीयबासी त्रसित भएको…

May 13, 2017  
चुनावी अभियानमा खटिएका अनेरास्ववियुका कार्यकर्तामाथि माओवादी आक्रमण

पचालझरना गाउँपालिका-६ नानिकोट निवासी अनेरास्ववियु जिल्ला सदस्य २६ वर्षीय युवराज शाहीलाई सोही ठाउँका माओवादी केन्द्रका जिल्ला सदस्य डम्मर टमटा, वाइसिएल केन्द्रीय सदस्य महेन्द्र शाहीलगायतका ११ जनाको समूहले वैशाख २६ गते राति आक्रमण गरी घाइते बनाएको अनेरास्ववियु कालीकोटले जनाएको छ । चुनावी घर दैलो अभियानमा खटिएका अनेरास्ववियु जिल्ला सदस्य शाहीलाई माओवादी…

May 10, 2017  
एमाले उम्मेदवारका घरमा गोली प्रहार

खडाचक्र नपा-८ निवासी एमाले पार्टीका वडा अध्यक्ष उम्मेदवार ३६ वर्षीय आदिचन्द्र चौलागाईँको घरमा ०७४ वैशाख २२ गते राति अज्ञात व्यक्तिको समूहले गोली प्रहार गरेको एमाले कालीकोटले जनाएको छ । घटना सम्बन्धमा एमाले कालीकोटका अध्यक्ष नगेन्द्र शाहीले घोर निन्दा गर्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न प्रशासनसमक्ष माग गरेका छन् ।…

May 6, 2017  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा माओवादी केन्द्रको चुनावी सभामा रोक

माओवादी केन्द्रले जिल्लाको सान्नी त्रीवेणी गाउँपालिकाको मुम्रा गाउँमा सञ्चालन गरेको चुनावी अभियानलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख २१ गते रोक लगाएका छन् । माओवादी केन्द्रका सोही गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलिप शाहीको नेतृत्वमा चुनावी घरदैलो अभियानमा आएको टोलीलाई नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य निर्माणको नेतृत्वमा ३०/४० जनाको समूहमा…

May 5, 2017  
ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

स्थानीय तहको खाता सञ्चालनमा नआउँदा विकास निर्माणको कार्य प्रभावित हुनुका साथै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । जिल्ला विकास समिति, गाउँ विकास समितिको खाता रोक्का गरिएको र जिल्ला समन्वय समिति तथा गाउँपालिकाको नयाँ खाता सञ्चालनमा नल्याइएकाले उनीहरू सामाजिक सुरक्षा…

April 23, 2017