शिक्षकको हत्या गरेको कसुरमा जन्मकैदको फैसला
मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बीसीको हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया मुना राना खड्कालाई चैत ८ गते जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश बलराम लम्सालको इजलासबाट कसुरदार मुनालाई जन्मकैद र मुनाका २५ वर्षीय पति डम्बर खड्कालाई सफाइ दिएको अदालतका श्रेस्तेदार इन्द्रबहादुर…
स्ववियुको निर्वाचनमा झडप हुँदा दुई जना घाइते
सान्नित्रिवेणी गाउँपालिकामा रहेको जनचेतना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका क्रममा झडप भएपछि चैत ५ गते दुई जना घाइते भएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताहरुले आक्रमण गरेपछि पलाता गाउपालिका–७ निवासी अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य रविन्द्र शाही र एमाले कर्णाली प्रदेश कमिटि सदस्य लक्ष्मण बम घाइते हुनु भएको छ । अखिल (क्रान्तिकारी)…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको अवसरमा इन्सेकले चैत ५ गते दैलेखमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । ‘नागरिक समाजका अगुवाले बोल्नु…
इन्सेकको पहलमा चंखेलीका प्रकोप पीडितले पाए राहत
अनौपचारिक क्षेत्र इन्सेक (इन्सेक) को नियमित पहलमा चंखेली गाउँपालिकाले प्रकोप पीडितलाई राहत सहयोग गरेको छ । गएको असोज १९ गते परेको अबिरल वर्षासँगैको बाढी पहिरोबाट ज्यान गुमाएका बाढी पीडितहरूका घर परिवार र गएको जेठ १८ गते लागेको आगलागी पीडितहरूका लागि गाउँपालिकाले राहत वितरण गरेको हो । गाउँपालिकाले गत कात्तिक महिनामा…
मार्ने धम्की दिएको आरोपमा प्रहरीमा उजुरी
सिमकोट गाउँपालिका–५ घरभई जिल्ला वार एशोसियसनका सचिव ३६ वर्षीय अधिवक्ता राजन चन्दलाई सोही ठाउँका मिदि जाग्मु लामाले मार्ने धम्की दिएको भन्दै चन्दले चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । अधिवक्ता चन्द र स्थानीय लामाको घरसँगै रहेकाले जग्गाको विषयमा उठेको विवादका कारण दुई पक्षबीच यसअघि जिल्ला अदालतमा…
मानव अधिकारका सवालमा इन्सेकसँग सहकार्य गर्ने : प्रमुख सचिव डा. खनाल
मानव अधिकारका सवालमा इन्सेकसँग सहकार्य गर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव डा. गोपीकृष्ण खनालले प्रतिवद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ चैत १ गते वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशको मानव अधिकार अवस्थाका विषयमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचिव डा. खनालले यस्तो प्रतिवद्धता…
सार्वजनिक सरोकारका सवालमा सामाजिक सङ्घ संस्थाले प्रभावकारी पैरवी गर्नुपर्नेमा जोड
सार्वजनिक सरोकारका सवालमा सामाजिक सङ्घ संस्था र नागरिक समाजका अगुवाले प्रभावकारी पैरवी गर्न इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जोड दिनुभएको छ । कर्णाली प्रदेशको मानव अधिकार अवस्था सम्बन्धमा फागुन ३० गते वीरेन्द्रनगरमा सामाजिक सङ्घ संस्थाका अगुवासँगको छलफलमा अध्यक्ष अर्यालले उक्त विषयमा सामाजिक सङ्घ संस्थाका अगुवालाई आग्रह गर्नु भएको हो ।…
मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि कानुन आवश्यक छः अध्यक्ष अर्याल
मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि प्रदेश सरकारले कानुन बनाउनु पर्ने आवश्यकतामा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जोड दिनु भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मासँगको भेटमा अध्यक्ष अर्यालले उक्त कुरामा जोड दिनु भएको हो । समाजमा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका…
कामदाहरूले एक वर्ष सम्म पनि ज्याला पाएनन्
त्रिपुरासुन्दरी नगरपालिकामा सम्पन्न भएको एक योजनामा काम गरेका कामदाहरूले एक वर्ष सम्म पनि ज्याला नपाएको गुनासो गरेका छन । त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिरको क्षेत्रफलमा पर्यटन प्रवर्धनात्मक कार्यक्रम अन्तरगत पर्यटन प्रवेशद्वार खानेपानी धारा तथा पर्खाल निर्माण योजनामा काम गर्ने कामदारले योजना सम्पन्न भएको एक वर्ष वितिसक्दा समेत ज्याला नपाएका…
१० दिनदेखि स्वास्थ्य चौकी बन्द हुँदा सेवाग्राही मर्कामा
मुगुम कार्मारोङ गाँउपालिका–१ डोल्पु गाँउस्थित डोल्पु स्वास्थ्य चौकी १० दिनदेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन । डोल्पु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू फागुन २० गतेदेखि समुदायलाई कुनै जानकारी नदिएर आ–आफनो घर हिडेपछि स्वास्थ्य चौकी बन्द हुँदा डोल्पु गाँउका स्थानीयबासी मर्कामा परेका हुन । डोल्पु गाँउ मुगुम कार्मारोङ गाँउपालिकाको अति दुर्गम…