अनुशीर्षक देखाउनुस/ हटाउनुस
ताजा समाचार
सबै समाचारकोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ९ गते)
जेठ ९ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार २ सय ३३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ९ सय ९१ जना निको भएका छन्....
बालिकालाई यौन जन्य हिंसा गरेको घटनाका आरोपित गिरफ्तार
आठ वर्ष अघि १६ वर्षीया बालिकालाई यौन जन्य हिंसा गरेको आरोपमा काठमाडौंँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–१० बस्ने ४५ वर्षीय मनोज पाण्डेलाई वैशाख ७ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुबाट गिरफ्तार गरेको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भ....
नेपाली कांग्रेसको वडा पार्टी कार्यालय तोडफोड
भरतपुर महानगरपालिका वडा नं. ४ को नेपाली कांग्रेस पार्टी कार्यलयमा ०७९ जेठ ७ गते राती तोडफोड भएको छ । अज्ञात पक्षले गरेको तोडफोबाट कार्यालय भित्रको कुर्ची र टेवलमा क्षति पुगेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । नेपाली कांग्रेस जिल्ला समितिले घटनामा संलग्नको खोजी गरी कारबाही गर....
ऋण खोजेर सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
चंखेली गाउँपालिका–५ की ३५ वर्षीया तुला तामाङ्गलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । जेठ ५ गते सुत्करी भएकी तामाङलाई तीन दिनदेखि रक्तश्राव भएपछि जेठ ७ गते जिल्ला अस्पताल हुम्लामा माउण्टेन हेलिकप्टरद्धारा उद्धार गरिएको विरामीका आफन्त सिङ्ग तामाङ्गले जानकारी दिनु भएको छ । सोही दिन बच्चा जन्माए लगतै तुलाको....
भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट, एक जनाको मृत्यु, आरोपित गिरफ्तार
जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय रेशमबहादुर खड्काको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यू भएको थियो । घटनामा परी अन्य दुईजना घाइते ३२ वर्षीय बिर्खबहादुर खड्का र ३३ वर्षीय चक्रबहादुर खड्काको व....
वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप
राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४० जनाको समूहले ०७८ वैशाख ३० गते निर्वाचनको दिन कुटपिट गरी घाइते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा पटक–पटक उजुरी ....
फिचर
निर्वाचनप्रति नागरिकको आस्था (फोटो फिचर)
एउटा चिनियाँ उखान छ–‘हजार माइल यात्रा पार गर्न पहिलो एक माइलको यात्रा तय गर्नुपर्छ ।’ यो वर्ष तीनै त....
रोकिएन आचार संहिता उल्लङ्घनको क्रम (फोटो फिचर)
राजनीतिक दलहरूले आचार संहिता उल्लङ्घनका क्रियाकलापहरू रोकेको पाइएन । दलहरूले निर्वाचन आचार संहिता वि....
राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दो (फोटो फिचर)
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा सुर्खेतमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएका....
इन्सेक गतिविधि
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आय....
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिका....
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको....
अन्तर्वार्ता
सबै हेर्नुहोस्सामन्ती चिन्तनले मानव अधिकारको संरक्षण, सम्बर्द्धन र प्रवर्धनलाई बाधा पुर्याउँछ
सुबोधराज प्याकुरेल इन्सेकका निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँसँग मानव अधिकारको क्षेत्रमा काम गरेको लामो अनुभव छ । उहाँ लोकतन्त्र र सङ्घीयताका पक्षमा विगत लामोसमयदेखि वकालत गर्ने सीमित अभियन्तामा पर्नुहुन्छ । नयाँ संविधान जारी भएपछि गठन गरिएको प्रदेश १ सरकार अन्तर्गतको नीति तथा योजना आयोगको उपाध्यक्षका रूपमा कार्यसम्पादन गर्नुभएका प्याकुरेलसँग इन्सेक अनलायनका लागि सम्पादक रमेशप्रसाद तिमल्सिनाले गर्नुभएको कुराकानीको सम्पाद....
जनमत
सबै हेर्नुहोस्जातीय विभेद अन्त्यका लागि दलित र गैरदलित समुदायको अवाज एक हुन जरुरी छ
५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन चैत ८ गते काठमाडौँमा सम्पन्न भयो । सातै प्रदेशका १ सय २० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनले जातीय विभेद उन्मुलनका लागि १६ बुँदे घोषणापत्र जारी गर्यो । सम्मेलनको पहिलो दिन तराई मधेशका दलित र उनीहरूको अवस्थाबारे पत्रकार एवम् अभियन्ता भोला पासवान र जातीय छुवाछुत अन्त्यका लागि भए....
विचार मञ्च
सबै हेर्नुहोस्सबै मिलेर जातीय विभेद अन्त्य गर्नु जरूरी
इन्सेकको स्थापनापछि पहिलो प्राथमिकता रहेको कार्यक्रम जातीय विभेद विरुद्धको अभियान एक हो । पहुँच र नीति निर्माणको तहमा दलितको उपस्थिति नहुँदा आज पनि मुलुकमा अझै पनि मानिस–मानिसका बीचमा विभेद कायम छ । दलित भएको आरोपमा देशका धेरै मानिसहरू अझै पनि समाजको मूल प्रवाहीकरणबाट बाहिरै छन् । जातपातका आधारमा मानिस–मानिसबीच गरिने यस्तो विभेद कानुनतः अक्षम्य भए पनि यो प्रथा, संस्कृति, धर्म, परम्परा, विचार आदि कारणबाट समाजमा विद्यमान छ ....
सम्पादकीय
सबै हेर्नुहोस्स्थानीय निर्वाचनः जनताको घरदैलोमा सरकारको निरन्तरता !
नेपाली जनताले पहिलो पटक आफैँले निर्वाचित गरेको संविधान सभाका प्रतिनिधिबाट निर्माण गरिएको नेपालको संविधान २०७२ साल असोज ३ गतेदेखि लागू भएको छ । त्यसयता नेपाल सङ्घीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रुपान्तरित भएको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्यशक्तिको प्रयोग तीनै तहले संविधान र कानून बमोजिम गर्ने व्यवस्था गरेको छ । सङ्घ....
मुख्य समाचार
रेडियो कार्यक्रम
भिडियो
यो महिनाको प्रतिनिधि

मनोहरकुमार पोखरेल
सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आउनु भएका पोखरेल २०७९ वैशाख महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । पोखरेल मानव अधिकारका समसामयिक विषय र आधारभूत तहका मानिसहरूको अधिकारका सवालमा कलम चलाउनुका साथै पीडितको न्याय प्राप्तिका लागि वकालत गर्नु हुन्छ ।