नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेका भएका सप्तरीका खड्क नगरपालिका–१० का ५४ वर्षीय विश्वासनाथ भगतलाई ०८३ जेठ २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
भगतलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले मालिका गाउँपालिका–७ भारवाङबाटबाट गिरफ्तार गरेको हो ।
भगतलाई सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय बेनी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो ।
भगत लागुऔषध मुद्दामा दुई वर्ष एक महिना कैद फैसला भई नख्खु कारागारमा कैद भुक्तानी गरिरहेकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ ।