नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कास्की कारागारबाट फरार भएका पोखरा महानगरपालिका–९ का ५४ वर्षीय लक्ष्मण मगरार्ती भन्ने कृष्ण बहादुर सार्कीलाई प्रहरीले ०८३ जेठ २२ गते गिरफ्तार गरेको छ ।
सार्कीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले बेनी नगरपालिका–९ गलेश्वर बाट गिरफ्तार गरेको हो ।
सार्कीलाई सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय बेनी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो ।
सार्की बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ ।