४२ वर्षीया ईश्वरी भुजेलको ०८३ जेठ २२ गते हत्या गरेको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका–६ लोलाङ, पैँयुटारका ४२ वर्षीय ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले पैँयुटारमा स्कुटीमा सवार रहेको अवस्थामा पत्नीलाई टाउकोमा रड प्रहार गरी घाइते बनाएकोमा तत्काल उपचारका लागि तारकेश्वर अस्पताल लगिएको र थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा चिकित्सकले भुजेललाई मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न भएको भएको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाँउपालिका–४ घर भइ काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका–६ लोलाङ, पैँयुटार बस्ने ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्ला जिल्ला हिमा गाउँपालिका–१ घर भई काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपलिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्यलाई जेठ २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितहरुविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय काठमाडौँमा जेठ २४ गते उजुरी दिएको थियो । प्रहरीले गिरफ्तार गरिएकाहरुलाई काठमाडौँ जिल्ला अदालतबाट थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।
शवको पोष्टमार्टम जेठ २५ गरिएको त्रिवि शिक्षण अस्पतालमा गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एस्.पी पवन भट्टराइले बताउनु भयो । प्रहरीका अनुसार पति–पत्नीबीच सम्बन्ध विच्छेदको तयारी भइरहेको थियो ।