जनमत

१८ भदौ २०६९

बेपत्ता व्यक्तिका परिवारजनहरूको भनाइ


1346662681मेरो नाम मनकुमारी रञ्जित हो मेरो घर काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा पर्छ मेरो श्रीमानकोनाम राजभाइ रञ्जित हो वहाँलाई ०६२ साल भदौ ३० गते माओवादीले भक्तपुरबाट अपहरण गरीवेपत्ता बनाएका हुन् मेरो श्रीमान् बेपत्ता पार्नेले कहिल्यै सुख पाउँदैनन् नपाउन् पनि मलाईश्रीमानलाई किन केका लागि अपहरण गरे थाहा छैन वहाँको अवस्था कहाँ कस्तो त्यो पनिथाहा छैन आफ्नो आँखाले नदेखेसम्म वहाँ जीवित हुनुहुन्छ भन्ने आशा पालेरै बसेकी छु जबसम्मआफूले पत्याउने गरी सत्यतथ्य सार्वजनिक हुँदैन तबसम्म आशामा बसिरहेकी हुन्छु सबैभन्दापहिला बेपत्ता पार्ने सरकारको तर्फबाट सत्यतथ्य सार्वजनिक गर्नुपर्‍यो सत्यतथ्य विश्वासिलोहुनुपर्छ कागजी रुपमा मात्रै तथ्य सार्वजनिक गरेर हुँदैन यदि भने जिउँदो देखाइदिनु पर्‍यो मारिसकेको हो भने चाँहि हामीलाई चिहान नै देखाउनुपर्छ जबसम्म मेरो श्रीमानको चिहान देख्दिन तबसम्म न्याय भएकोमान्दिन पैसा दिएर, क्षतिपूर्ति दिएर न्याय भएको मान्दै मान्दिन

 

1346662763मेरो नाम छम कुमारी बस्नेत हो मेरो घर बाग्लुङ जिल्लामा पर्छ मेरो श्रीमान ढकबहादुरबस्नेतलाई सुरक्षाकर्मीले बेपत्ता बनाएका हुन् वहाँलाई २०५८ सालमा घरैबाट आर्मीले गिरफ्तारगरेर लगेर वेपत्ता बनाएको हो बालबच्चाको विचल्ली बनाएर घरमा ताल्चा ठोकेर श्रीमान् कुनठाउँमा छन् भनेर धेरै ठाउँमा धाएँ प्रहरी, आर्मीका कुनै कार्यालय बाँकी राखिएन सबैका ढोकाढक्ढक्याइसकेको छु सामाजिक सङ्घसंस्थाहरूलाई त्यसपछि मात्रै गुहार्न थालेको हो केहीकुरा सार्वजनिक नभएसम्म वहाँ जिउँदै हुनुहुन्छ भन्ने पूरै आशा सबैभन्दा पहिला बेपत्ताछानबिन गर्ने आयोग बनाए पनि हामीले अलिकति न्यायको अनुभूति गर्नेछौँ त्यसपछि आयोगलेसत्यतथ्य कुरा निष्पक्ष भएर बाहिर ल्याइदियोस् जुन कुरा विश्वास योग्य पनि हुनुपर्छ सबै कुरा बाहिर आइसकेपछि दोषीलाईकारबाही हुनुपर्छ दोषीलाई गरिएको कारबाहीले हामीलाई न्यायको निकै अनुभूति हुन्छ त्यसपछि हामीलाई राज्यले गाँस,बास, कपासको सुविधा दिनुपर्छ राज्यले रोजगारी पनि दिनुपर्छ

 

1346662801मेरो नाम अञ्जना तामाङ (डिम्डुङ) हो मेरो घर ललितपुर जिल्लाको देवीचौर गाविसमा पर्छ मेरोश्रीमान् अशोक लामालाई माओवादीले ०६२ साल असार २३ गते घरैबाट अपहरण गरेर लगेकाअहिलेसम्म ल्याएका छैनन् वहाँ पनि माओवादी नै हुनुहुन्थ्यो भोलि फर्काउँछौं विशेष काम भनेरलगेका निर्दयीहरूले अहिलेसम्म वहाँको अवस्थाका बारेमा समेत बताएका छैनन् कोही कसैले मारिसकेको भन्ने पनि सुनाए आफूले नदेखेसम्म विश्वासै लाग्दोरहेनछ मलाई कुनै दिन वहाँअञ्जनाभन्दै बोलाउन आइपुग्नुहुन्छ जस्तो लाग्छ सबै भन्दा पहिला जस्तो मान्छे लगेको हो त्यस्तै ल्याएमात्रै मैले न्याय पाएको ठान्छु यदि होइन भने हाम्रो बालबच्चाको भविष्यका लागि भएपनि सरकारलेआर्थिक सहयोग हामीलाई रोजगारीको व्यवस्था गरिदिनुपर्छ मेरो श्रीमानलाई किन के कारणलेबेपत्ता बनाएको हो माओवादीले जवाफ दिनुपर्छ हाम्रो बोलिदिने मान्छे नभएर उनीहरूले केही नभनेका हुन् छोराछोरी ठूलाभएपछि लैजाने मान्छेसँग उत्तर लिन्छन् अहिले सानै छन्

 

1346662848मेरो नाम रामकुमार भण्डारी हो मेरो घर लम्जुङ जिल्लाको सिमपानी गाविस मा पर्छ नेपालप्रहरीले गिरफ्तार गरी ०५८ पुस १६ गतेदेखि बेपत्ता पारेको मेरो बुबा तेजबहादुर भण्डारीकोस्थितिका विषयमा खोजी गर्न थालेको ११ वर्षभैसक्यो एक्लैएक्लै आ-आफ्ना परिवारकाबेपत्ताजनलाई खोज्दा कठिन हुँदो रहेछ त्यसपछि संगठन बनाएर जानुपर्छ भन्ने आवश्यकता बोधभएपछि राज्यद्वारा बेपत्ता पारिएका नागरिक खोजीका लागि संगठित बन्यौं राज्यले होस् वामाओवादीले बेपत्ता पारिएका नागरिकका परिवारका आँशुको रङ उस्तै रोदन उस्तै भन्नेमहसुस गरी अहिले दुवै पक्षबाट बेपत्ता पारिएका नागरिकका परिवारहरू एकै ठाउँमा छौं अहिले बेपत्ता परिवार समाजको अध्यक्ष पनि छु हामीलाई सबैभन्दा पहिला हाम्रा आफन्तजनको अवस्थाको सूचना चाहिएको बेपत्ता पार्ने काममा संलग्नहरूलाई कारबाही पीडित परिवारलाई क्षतिपूर्ति हाम्रो चाहना हो सरकारले दिएको लाखरुपियाँले सूचना लुकाउने षडयन्त्र हुँदैछ हामी पनि वेपत्ता पार्ने काममा संलग्न अधिकारीहरूलाई लाख मोल तिरेर बदलालिन्छौं के यो ती अधिकारीहरूले सहन सक्छन् ? त्यसैले सूचना पहिलो हाम्रो अधिकार हो यो अधिकारलाई राज्यले स्थापितगर्नुपर्छ

 

रमेशप्रसाद तिमल्सिनासँगको कुराकानीमा आधारित

जनमतहरू

स्मारक वा पार्क बनाएर मृतकहरूको सम्झनालाई चीरस्थायी बनाउनुपर्छ-द्वन्द्वपीडित

दश वर्षे माओवादी सशस्त्र द्वन्द्वको अन्त्य २०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन ....

स्थानीय न्यायिक समितिमा छिटो न्याय पाउने आशा

छिटो, सस्तो र सहज न्याय पाउने आशामा ‘स्थानीय न्यायिक समिति’ मा विवादित विषयहरू....

महिला हिंसा अन्त्य गर्न र महिलाको सशक्तिकरणका लागि जनप्रतिनिधिको योजना के छन् ?

 दैनिन्दिन समाजमा महिला हिंसाका घटनाहरू बढिरहेका खबरहरू अखबारहरूमा प्रकाशित, र....

कृष्णप्रसाद अधिकारीको हत्या घटना अनुसन्धान प्रक्रियाका विषयमा को के भन्छन् ?

कृष्णप्रसाद अधिकारी हत्याको अनुसन्धान गर्न मानवअधिकार अयोगले सरकारलाई गराएको ध्यानाकर्षण र सरकारलेसम्बन्धित नि....






Top