लाभग्राही परिचय पत्र वितरणमा पक्षपात गरेको भूकम्पपीडितको आरोप
तथ्याङ्क विभागले भूकम्पपीडित लाभग्राही परिचय पत्र वितरणमा लापरबाही र पक्षपात गरेका कारण वास्तविक पीडितको नाम छुटेकोले सबै पीडितको नाम समावेश नभएसम्म अनुदान सम्झौता नगर्ने भूकम्पपीडितहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाले भदौ १ गते चरिकोटमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सहभागी भूकम्पपीडितहरूले यस्तो बताएका हुन् ।…
निबन्ध प्रतियोगिताको पुरस्कार वितरण
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा दिगो शान्ति, सद्भाव र एकताका लागि जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगिताका विजेता तथा सहभागीलाई वैशाख १० गते प्रमाणपत्र एवम् पुरस्कार वितरण गरिएको छ । जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले सफल प्रतियोगीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै दिगो शान्ति, सद्भाव र एकताका लागि प्रत्येक व्यक्तिको…
वार्षिक समीक्षा बैठक सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असार ३१ गते इन्सेकद्वारा पूर्वाञ्चलमा सञ्चालित कार्यक्रमको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । समीक्षा वैठकमा इन्सेक केन्द्रीय कार्यालयको मानव अधिकार शिक्षा कार्यक्रमकी व्यवस्थापक गीता गौतमले समग्र कार्यक्रमको उपलब्धी र प्रभावको खोजी गर्दै आगमी दिनमा यस कार्यक्रमलाई अझ शसक्त र उपयोगी बनाउन लाग्नुपर्ने बताइन्…
वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
इन्सेकद्वारा मध्यपश्चिमाञ्चल क्षेत्रमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम असार ३१ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले सञ्चालन गरेको इलपी कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएकोले आगामी दिनमा पनि जिम्मेवार निकायलाई जवाफदेही बनाउने खालका कार्यक्रम गर्ने योजना रहेको बताए । निर्देशक गौतमले इन्सेककर्मीहरूलाई…
क्षेत्रीय स्तरमा वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय, धनगढीको आयोजनामा क्षेत्रीय स्तरमा सञ्चालित कार्यक्रमहरूको वार्षिक समीक्षा असार ३० गते धनगढीमा सम्पन्न भएको छ । समीक्षामा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले सञ्चालन गरेका विभिन्न क्रियाकलापमा आबद्ध रहेर वर्षभरी कार्य सम्पादन साफलताका साथ गरेको भन्दै क्षेत्रीय कार्यालयमा कार्यरत कर्मचारी, जिल्ला प्रतिनिधि…
इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
इन्सेकद्वारा पश्चिमाञ्चलमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा असार ३० गते पोखरामा सम्पन्न गरिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) पश्मिाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा सम्पन्न समीक्षा बैठकमा बैठकमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल(इएलपी) कार्यक्रम सञ्चालन गरिएका कास्की, पर्वत र तनहुँका स्थानीय सहजकर्ताहरूले कार्यक्रमले पारेको प्रभाव र स्थानीय तहमा…
इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गत आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालित विभिन्न कार्यक्रमहरूमाथि वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा असार २९ गते सो समीक्षा बैठक सम्पन्न भएको हो । बैठकमा बोल्दै क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले नागरिकसँग प्रत्यक्ष जोडिएको आर्थिक,सामाजिक तथा…
मानव अधिकार रक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा मानव अधिकार रक्षकका लागि दुई दिने तालिम असार २७ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ । तालिममा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले पत्रकारहरूले नागरिकका अधिकार उल्लघङ्न र ज्यादतीका सवालहरू उठान गर्नुपर्ने बताउँदै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र द्वन्द्व पीडितहरूका पीडाको…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा र मानव अधिकार निगरानी समूह कास्कीको संयुक्त आयोजनामा पोखरामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा क्षेत्रीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरूले राज्यको तहबाट नागरिकका मौलिक अधिकार तथा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी राज्यका नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो…
सामाजिक चेतनाको अभिबृद्धिले मानव अधिकारको प्राप्तिः क्षेत्रिय प्रशासक पाण्डे
समाजमा फरकफरक बुझाई भएका नागरिक हुने भएकाले सामाजिक चेतनाको विकासले मात्रै मानव अधिकारको प्रत्याभूती दिलाउन सजिलो हुने सुदूरपश्चिम क्षेत्रिय प्रशासन कार्यालय दिपायलका क्षेत्रीय प्रशासक लोकहरी पाण्डेले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीद्धारा असार २२ गते सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा आयोजना गरिएको शिक्षा, स्वास्थ्य र…