हिंसा न्यूनीकरण गर्न सबै तहबाट सहयोग हुनुपर्छ : वडाध्यक्ष गुरुङ
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रममा आफ्नो धारणा राख्दै फेदीखोला गाउँपालिका वडा नम्बर ५ की वडाध्यक्ष देउकुमारी गुरुङले सो कुरा भन्नुभएको थियो ।
उहाँले देशमा अहिले रहेको तीन तहको सरकारले आ–आफ्नो स्थानबाट समाजमा रहेको हिंसालाई कम गर्न प्रयास गर्नुपर्ने र हिंसा न्यूनीकरण गर्न सबै तहबाट सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठन गरिएको मानव अधिकार समुह, फेदिखोला गाउँपालिका र मानव अधिकारकोलागि महिला, एकल महिला समूह कास्कीको संयुक्त आयोजनामा राष्ट्रिय नाराः लैड्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको एक्यवद्धता विषयकमा लैड्गिक हिंसाविरुद्ध को १६ दिने अभियान कार्यक्रम फेदिखोला गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडाध्यक्ष गुरुङले वषौदेखि मनाइदै आइएको हिंसाविरुद्धको १६ दिने अभियानको महत्व र उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।
उहाँले भन्नुभयो–‘सन १९८१ बाट मनाउन सुरू गरिएको यो हिंसाविरुद्ध को कार्यक्रम अहिलेसम्म पनि नेपालमा विभिन्न माध्यमबाट मनाइँदै आइएको छ, यो कार्यक्रमले हिंसामा परेकाहरूलाई सचेत गर्ने कार्य गर्छ भने हिंसा निवारण गर्न हामी प्रतिबद्ध छौ भन्ने सन्देश दिन्छ ।’
एकल महिला समूह कास्कीकी अध्यक्ष जमुना केसीले प्रतिवेदन पेश गर्नुभएको थियो ।
उहाँले हिंसा अन्त्य गर्नकालागि महिला मात्र नभएर पुरूष तथा समलिङ्गीहरूका बिचमा पनि कार्यक्रम गर्न अत्यन्तै आवश्यक भएको कुरा बताउनुभयो ।
उहाँले एकल महिलामाथि विभिन्न ठाँउमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हिंसा भइरहेको कुरा भन्नुभएको थियो ।
कार्यक्रममा फेदिखोला गाउँपालिकाका उपाध्यक्ष देवि थापाले घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ र फेदिखोला गाउँपालिकाको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँले स्याङ्जामा ०६२ साल भन्दा पहिले ७८ जना एकल महिलाहरूलाई रातो वस्त्र धारण कार्यक्रमपनि हिंसाविरूद्धको अभियानमा गरिएको र त्यसपछि एकल महिलाहरू विभिन्न माध्यमबाट अगाडि बढेको कुरापनि बताउनुभयो ।
कार्यक्रममा फेदिखोला गाउँपालिका मानव अधिकार न्यायीक समूह अध्यक्ष लेखनाथ पराजुलीले हिंसा आफ्नै घरमा र नातेदारबाट नै हुने गरेको बताउनुभयो । महिला माथि अमानवीय व्यवहार भएको कुरा बताउनुभयो ।
फेदिखोला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिमालय जङ्ग बानियाले महिलामाथि हिंसाको रूपमा अमानवीय व्यवहार भएको घटनाहरूपनि बढ्दै गएको बताउनुभयो ।
सामाजिक विकास समिति संयोजक ज्ञानुमाया पौडेलको अध्यक्षता भएको उक्त कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…