हिंसामुक्त नगर बनाउन नगरपालिकाले अभियान चलाउने

  सल्यान । ०७६ माघ १५

जिल्लामा बालविवाह बाट निम्तिने विभिन्न खाले घटनालाई न्यूनीकरण गर्न शारदा नगरपालिकाले अधिकारका क्षेत्रमा कार्यरत संस्थासँग सहकार्य गरेर काम गर्ने बताएको छ ।

जिल्लामा संचालित बालविवाह न्यूनीकरणको अभियानलाई सघाउने गरी मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर हिंसामुक्त नगरपालिका बनाउनेतर्फ लाग्ने उहाँले बताउनुभयो ।

माघ १५ गते इन्सेक र रेस नेपाल सल्यानको संयुक्त आयोजनामा जिल्लामा महिला तथा बालबालिकाका अधिकारका विषयमा सरोकारवालासँग भएको छलफलमा नगर प्रमुख अधिकारीले यस्तो बताउनु भएको हो ।

छलफल कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले सानै उमेरमा विवाह हुने र पछि गएर विभिन्न कारणले मानसिक तनाव हुने भएकाले हिंसा, दुव्र्यवहार र आत्महत्या लगायतका घटना हुने भएकाले मानसिक परामर्शको समेत आवश्यकता रहेको बताउनु भयो । मानसिक समस्याले गर्दा विभिन्न हिंसात्मक घटना भई रहेकाले ग्रामिण क्षेत्रमा मानसिक स्वास्थ्य सम्बन्धि चेतना विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

जवाफमा नगर प्रमुख अधिकारीले मानव अधिकार स्थापित गर्न नगरपालिकाले इन्सेक लगायत अधिकारकर्मी सङ्घसंस्थासँग सहकार्य गरेर क्रियाकलाप संचालन गर्ने बताउनुभयो । कार्यक्रममा इन्सेक सहजकर्ता रामचन्द्र रेग्मीले नगरपालिकाले मानव अधिकारको क्षेत्रमा क्रियाशिल इन्सेकसँगको सहकार्य उपलब्धीमुलक बनाउन सकारात्मक भएकोमा नगरप्रमुखलाई धन्यवाद दिनु भयो । कार्यक्रममा मानव अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Salyan Salyan 2

मिना बुढाथोकी