हिंसापीडित महिलालाई मानव अधिकार सहायता कोषबाट सहयोग
मानव अधिकार सहायता समिति सुदुरपश्चिम र इन्सेक धनगढीले मङ्सिर १४ गते हिंसापीडित महिलालाई कानुनी सहायताका लागि १० हजार रुपियाँ सहयोग प्रदान गरेको इन्सेक सुदूरपश्चिम प्रदेशका प्रमुख खडकराज जोशीले बताउनु भयो ।
डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कोषबाट सहयोग गरिएको प्रदेश प्रमुख जोशीले बताउनु भयो ।
जिल्ला अदालत, कञ्चनपुरमा पतिविरुद्ध कानुनी लडाइँको प्रक्रियामा रहनु भएकी भिमदत्त नपा–१९ की कञ्चन खडायतले आर्थिक अवस्था कमजोर रहेको र कानुनी प्रक्रियाका लागि मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरलाई आग्रह गर्नुभएको थियो ।
त्यसपछि सञ्जालको सिफारिसमा पीडित खडायतलाई कानुनी सहायताका लागि रकम सहयोग गरिएको सञ्जालका सदस्य उद्धवराज भट्टले बताउनु भयो ।
कोमलनिरन्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…
इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…