स्वास्थ्य सेवा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समूहको सहकार्यमा (इएलपी) परियोना अन्तर्गत असोज १३ गते स्वास्थ्य सेवा र सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम कृष्णपुर नगरपलिका–१ निगाली सामुदायिक स्वास्थ्य इकाईमा सम्पन्न भएको छ ।
निगाली सामुदायिक स्वास्थ्य इकाईका प्रमुख आशा भण्डारीले नेपाल सरकारले जारी गरेको मापदण्ड अनुसार प्रभावकारी सेवा प्रवाह गर्नका लागि स्वास्थ्य इकाईमा कर्मचारी दरबन्दी तथा भौतिक संरचनाको अभाव रहेका कारण समस्या रहेको बताउनु भयो ।
महिला स्वास्थ्य स्वयमसेविका डम्बरी पाठकले मुलुक सङ्घीयतामा गइसकेपश्चात आफूहरुलाई कुनै किसमको क्षमता अभिबृद्घि तालिम तथा गोष्ठीहरुमा सहभागि नगराइएको बताउनु भयो ।
निगाली सामुदायिक स्वास्थ्य इकाई व्यावस्थापन समितिका अध्यक्ष मोहनबहादुर बस्नेतले नगर कार्यपालिकामा राजनीतिक रुपमा पुर्वाग्रही भएर न्यून बजेट तथा कार्यक्रम विनियोजन गर्ने गरिएकोले व्यवस्थापन गर्न कठिनाइ भएको बताउनु भयो ।
कोमलनिरन्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…