स्वास्थ्य, खाद्य अधिकारका लागि मानव अधिकार समूहको अभियान
इन्सेक कालिकोटद्वारा शुभकालिका गाउँपालिकामा गठित मानव अधिकार समूहले स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकारका लागि अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकाका ८ वडामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका समस्याहरूको समाधानका लागि विभिन्न क्रियाकलाप गर्दै अभियान सञ्चालन गरेको मानव अधिकार समूहका अध्यक्ष सुस्मिता विकले बताउनुभयो ।
अध्यक्ष विकका अनुसार अभियान अन्तर्गत पुस २२ गते मानव अधिकार समूहको बैठक तथा समस्या सवाल पहिचान, पुष २३ गते खाद्य र आवासको अधिकार सम्बन्धी गोष्ठी र शुभकालिका गाउँपालिका–४ दलित बस्तीमा खानेपानीको समस्याका विषयमा मागदावी पेस गरेको छ ।
गाउँपालिकाभित्र रहेका दलित बस्ती र विद्यालयहरूमा खानेपानीको समस्या रहेपनि हालसम्म स्थानीय सरकारले समाधानमा चासो नदिएको भन्दै मानव अधिकार समूह, स्थानीय समुदायका अगुवाहरूले राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाहीलाई निवेदन दिएका छन ।
उक्त मागपत्रमा दलित बस्तीमा भएको खानेपानी समस्या समाधानका विषयमा गाउँपालिकामा पटक–पटक ध्यानाकर्षण पत्र बुझाउँदा पनि ध्यान नदिएको गुनासो गरिएको छ ।
निवेदन ग्रहण गर्दै आयोगका सदस्य शाहीले शुभकालिका लगायत जिल्लाको खानेपानी, स्वास्थ्य समस्याको विषय योजना आयोगको वैठकमा छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
यसैबीच शुभकालिका गाउँपालिका स्थित चन्द्रसूर्य मावि हाउडीमा गठन भएको बाल अधिकार चेतना समूहलाई इन्सेकले आर्थिक सहयोग गरेको छ ।
बाल अधिकारका लागि चेतना समूहले बनाएको कार्ययोजना कार्यान्वयनका लागि पुस २३ गते इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले संरक्षक शिक्षक यसोधा भट्टराइको रोहवरमा समूहका पदाधिकारीहरूलाईर ७ हजार ३ सय ७१ रूपियाँ नगद प्रदान गर्नु भएको हो ।
उक्त रकमले बाल अधिकारका लागि जनचेतना मुलक देउडा प्रतियोगिता, हाजिरी जबाफ प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता लगायतका क्रियाकलाप सम्पन्न गर्ने समूहका अध्यक्ष शान्ति आचार्यले जानकारी दिनुभयो ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…